बुधबार, १७ माघ २०७४
एजेन्सी ः पछिल्लो समय मोबाइलबाट सेल्फी दिने क्रममा मृत्यु हुनेको सख्या बढी रहेको छ । केही दिनअघि आन्ध्र प्रदेशको वारङ्गलमा एक जिम प्रशिक्षकले आइरहेको रेलसँग सेल्फी लिने क्रममा रेलको ठक्कर दिएको दर्दनाक सेल्फी सार्वजनिक भएको छ ।
२५ वर्षाीया टी शिवाले पछाडि आउँदै गरेको रेलको लिकमा उभिएर लिएको २१ सेकेन्डको त्यो भिडियो फेसबुसमा हजारौँले सेयर गरेका छन् । उनी नजिक उभिएका व्यक्तिले पटक पटक चेतावनी दिँदा समेत नमानेको भिडियोमा स्पष्ट सुनिएको छ । ’एक मिनेट दाई’ भन्दाभन्दै शिवालाई रेलले ठक्कर दिएको थियो । त्यसपछि उनको मोबाइल भुईँमा खसेको थियो ।
दक्षिण मध्य रेलवेका पुलिस अधीक्षक अशोककुमारले बीबीसी न्यूज तेलुगुसँग भने, ‘ शिवाले आउदै गरेको रेलसँग सेल्फी खिचेर सनसनी फैलाउन चाहान्थ्यो र आफुलाई साहसी देखाउन चाहान्थ्यो ।’ पुलिस अधीक्षक अशोककुमारले युवाहरुले जिन्दगी दाउ राखेर यस्तो हर्कत गर्ने गरेको बताउँछन् ।
पिट्सबर्गका कार्नेज मेलन विश्वविद्यालयमा पीएचडी गर्दै गरेका विद्यार्थी हेमङ्क लाम्बासहितको विद्यार्थीको समुहले सन २०१४ देखि २०१६ सम्म सेल्फी लिने क्रममा मृत्यु हुनेको अध्ययन गरेका छन् । उनीहरुको अध्ययनका अनुसार तीव्र गतिको रेलको अगाडि भिडियो बनाउने र सेल्फी खिच्ने घातक प्रवृति भारतमा बढेको पाइएको छ ।
अक्टोबर २०१७ मा रेलमा सेल्फी लिने क्रममा भारतको कर्नाटकमा तीन र दिल्लीमा दुईजना गरी पाँच किशोरीको मुत्यु भएको छ । अक्टोबरमा नै उडिसाको रायगढ जिल्लामा सेल्फी दिने क्रममा आन्ध्र प्रदेशका २३ र २७ वर्षीया दुई युवती नदी डुबेर मरेका छन् । जुलाई २०१७ मा आन्ध्र प्रदेशको विशाखापटनाको बोर्रा केब्स जङ्क्सनमा गुडिरहेको रेलको अगाडि सेल्फी लिने एक फार्मेसीका छात्रको मृत्यु भएको छ ।
आन्ध्र प्रदेशको रेलको डिब्बामा चढेर सेल्फी लिने क्रममा हाई भोल्टेज तारलाई छुदा करेन्ट लागेर एक इन्जिनियरिङका विद्यार्थीको ज्यान गएको छ ।कार्नेज कलेजका विद्यार्थी तथा दिल्लीको इन्द्रप्रस्थ इन्सिच्युट अफ इन्फरमेसनले गरेको अध्ययनमा विश्वमा १२७ सेल्फीको क्रममा मृत्यु भएको छ जसमा भारतमा मात्रै ७६ जनाको मृत्यु भएको पाइएको छ ।
कसरी रोकिन्न्छ यो सिलसिला
प्रहरीले मृत्यु हुनेको सख्या बढिरहेकोले सेल्फी लिन खतरनाक रहेका मुम्बईका १५ स्थान तोकेको छ । दक्षिण मध्य रेलवेका प्रवक्ता शकील अहमदले रेलको लिकमा चढेर वा आसपासको स्थानमा सेल्फी र फोटो खिच्नु कानुन त अपराध भएको बताए ।
मोबाइल प्रयोगकर्तालााई २०१७ मा सामसुङ कम्पनीले सेल्फी लिने बेलामा सावधान रहन आग्रह गर्दै भिडियो जारी गरेको छ जबकी केन्द्रीय परिवहनमन्त्री नितिन गडकरी पनि यो अभियानका सदस्य हुन् ।
अध्ययन टोलीले सेल्फीका कारण हुने दुर्घटनाको सम्बन्धमा मोबाइल एप लन्च गरेको छ । विजयवाडाको सिद्धार्थ इन्जिनियरिङ कलेजमा प्राध्यापक एवं प्रसुना बलम्तराप हालियाले अहिले समय सेल्फी युग भएको बताउँदै सेल्फीबाट युवाहरुलाई अलग गर्न नसकिने बताउँछिन ।
उनले सेल्फीको कारण ज्यान जोखिममा परिरहेको बताउदै प्रधानमन्त्रीदखि फिल्म स्टारहरुले सेल्फीलाई बढावा दिइरहेको बेला युवालाई सेल्फीको मोहबाट हटाउन नसकिने बताइन् । ‘समाज भावनाको गरिवीले पीडित छ,पुरा समाज किशोरावथामा छ, उनीहरुलाई के राम्रो के नराम्रो थाहा नै छैन’, उनले भनिन ।
हैदरावादका मनोचिकित्सक सी वीरेन्द्रले सेल्फी लिने युवामा ’अटेंशन डेफिसिट हाइपर एक्टिभ डिसअर्डर’बाट पीडित भएको बताए । उनले सेल्फीको लत लागेका युवतीहरु कुनै पनि विषयमा ध्यान केन्दित गर्न नसक्ने पाइएको बताए । ‘सेल्फीको लत लागेका केटीहरुको पढाई विग्रिएको पाइएको छ, उनीहरु कुनै विषयमा ध्यान केन्द्रित नै गर्न सक्दैनन्’, उनले भने ।
अबुधावीका हड्डी रोग चिकित्सक डा. किरणकुमारले सेल्फीका कारण हुने मृत्युको जोखिम रोक्न प्राविधिक जीवनबाट बाहिर आउनुपर्ने बतए । उनले भने, ‘अहिले सफल जीवनमा जसको भावानात्मक समर्थन मिलेको छैन, त्यसकारण मानिसले सामाजिक सञ्जालको साहरा लिन बाध्य भइरहेका छन् ।’