
कर्णाली पोष्ट, जुम्ला
जुम्लामा तारा एयरको विमान धावनमार्गमा दुर्घटना भएको छ । नेपालगज्ज देखि जुम्लाका लागि उडान भरेको नाईन एमएइभी कल साइन भएको तारा एयरको टुइनेटर विमान शनिबार दिउँसो सवा तिन बजे अवतरणको क्रममा अघिल्लो टायर पन्चर भएको धावनमार्गमा दुर्घटना भएको हो ।
नागरिक उड्डेन प्राधिकरण जुम्लाका प्रमुख कैलास शर्माका अनुसार विमान ल्याण्ड गर्नक्रममा अघिल्लो टायर पन्चर हुदाँ विमान अनव्यालेन्स भएर धावनमार्ग छोडेर घासमैदान तिर आएर बारजालीमा भासिएको बताए । उनले भने विमानको अघिल्लो भाग क्षेति भएको छ ।
चालक दलका दुई सदस्यसहित विमानमा १६ जना यात्रु सवार रहेका थिए । विमान दुर्घटना भए पनि मानवीय क्षति भने भएको छैन । ७ महिला, १० पुरुष र २ जना बालबालिका रहेको नागरिक उड्यान कार्यालय जुम्लाले जनाएको छ । विमानका पाईलट जेके निरौलाले उडाएका थिए भने सहचालक हिक्मत रोकाय र एयर होस्टेज रहेका थिए ।
विमानमा सवार यात्रुहरुले ठुलो दुघर्टनाबाट बाचेको प्रतिक्रिया दिएका छन् । लोक सेवा आयोगका परिक्षा दिन आएका कलारी गाउँपालिका ४ कैलालीका टेकराज चौधरीले विमान अवतरणको क्रममा टायर पन्चर भएको थाहा पाएपछि आफुहरु आत्तिएको भएपनि पाईलटको चलाखीका कारण आफु बाचेको बताए । यस्तै लोक सेवा आयोगकै परीक्षा दिन पहिलो पटक जुम्ला आएका विजयकुमार आलेमगरले सुनौलो भविष्यको लागि जुम्ला आएको र भाग्यले बाचेको प्रतिक्रिया दिए ।
गत हप्ता दाङको अमेलीमा जीप दुरर्घटनामा परी उपचार गराएर गृह जिल्ला जुम्ला फर्केका चन्दननाथ नगरपालिका १० का समय समयमा यस्ता दुघर्टनाबाट चन्दननाथ बाबाको कृपायाले बाच्दै आएको बताए । उनले आफुहरुलाई मृत्युको मुखबाट बचाउने पाईलटलाई धन्यावाद व्यक्त गरे ।
यस अघि पनि जुम्लामा तारा एयरको टुईनेटर विमान दुर्घटना भएको थियो भने निकोन एयरको विमान पनि दुर्घटनामा परी ठुलो मानवीय क्षेती भएको थियो । यस पटक ठुलो दुर्घटनाबाट मानवीय क्षेती नभएको प्रति जुम्ला बासीले खुसी यक्त गरेका छन् ।
पुराना जहाजले यात्रु जोखिममा
हवाई यात्रा गर्न त्यति सजह छैन् । त्यसमा पनि यात्रा गर्न ज्यान जोखिममा राखेर कर्णाली बासीको बाध्यता रहेको छ । पुराना तथा खिया लागेका, चेकजाँच नगरेका जहाँजहरु नेपालमा संचालनमा छन् । जो जहाज पत्यार नलाग्ने तरिकाले दुर्घटना हुन्छन् । जुम्लामा अवतरण हुदै गर्दा, तारा एअरको विमानको टायर पन्चर भयो, हुम्लामा दुर्घटना भएको जहाजले बीचमै सम्पर्क विहिन भयो ईन्जीनले काम गर्न छोड्यो, यस्ता यि उदाहरण मात्रै हुन् ।
हवाई दुर्घटनाबाट नेपालीहरुले ठुलो धनजनको क्षेति व्यवहोरी रहेका छन् । आखिर कहिले सम्म पुराना जहाजको भरमा जनताको ज्यान जोखिममा राख्ने भन्दै जुम्लाका आम नागरिकले सरकारसंग प्रश्न गरेका छन् । तारा एअरको विमान हुम्लामा दुर्घटना भयो, चालक दलका दुईजनाले ज्यान गुमाए । अन्य घाईते भए । तर पनि सरकार गम्भीर भएन हुम्लाका टेक शाहीले भने, अब स्थानीय, प्रदेश र केन्द्र सरकारले यस विषय ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।
विमान स्थल स्तरबृद्धि भएन
कर्णालीका असुरक्षित विमान स्थलको स्तरउन्नती वर्तमान अबस्थाका विभिन्न अफ्ठयाराहरुलाई मध्यनजर गर्दै कर्णालीका पाँचै विमान स्थलको स्तरउन्नती गरिने आश्वासन सार्थक भएन । हेर्दा हेदै कर्णालीमा दुई वटा हवाई दुर्घटना भए । तर सरकारको ध्यान गएन । पछिल्लो समय हवाई दुर्घटनाको अबस्था हेर्दा पहिलो कारण मेसिनरी कमजोरी भएपनि र दोस्रो कारण धावन मार्गमा प्रयाप्त जग्गा नहुनुले दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
कर्णालीका विमानस्थलको अबलोकन गर्न गत फागुनमा जुम्ला पुगेको संस्कृति पर्यटन तथा नागरिक उडायन मन्त्रालयको टोलीले अब कर्णाली विमानस्थलका मुहार फेरिने बताएका थिए । मन्त्रालयका सहसचिव सुरेश आचार्यको टोलीले कर्णालीका धावनमार्गको स्थलगत अवलोकन गरेको थियो । मुगुको ताल्चा, हुम्लाको सिमिकोट, डोल्पाको जुफाल कालिकोटको कोटवाडा र जुम्ला विमानस्थलको स्थलगत अवलोकन गरिएको थियो र चाडै स्तरबृद्धि हुने सहसचिव सुरेश आचार्यले आश्वासन दिएका थिए । आखिर आश्वासन जुट सावित भएका छन् । अवलोकन पछि स्तरबृद्धिका कुनै काम भएनन् ।