दाताको सहयोगमा कर्णाली नदीका माछा संरक्षण

जुम्ला ः दाताहरुको सहयोगमा कर्णाली नदीमा पाईने विभिन्न प्रजातीका माछाहरुको संरक्षण गरिने भएको छ । माछाको उपयोगका साथै संरक्षण गर्ने उद्देश्यले जलवायु लचिलो जिविको पार्जनका लागि मध्य कर्णाली जलाशय क्षेत्रमा माछा सञ्चालन हुने भएको छ । त्यस कार्यक्रम संचालनका लागि स्थानीय दिगो रणनीति निर्माण तथा परिचयात्मक कार्यक्रम दैलेख गरिएको थियो ।


माघा विशेषज्ञ डा अनुपप्रसाद बैधका अनुसार रेन्बो टाउन्ड माछा अनुसन्धान केन्द्र, नेपालमा माछाको अवस्थाबारे अध्ययन अनुसन्धान भईरहेको छ । उनले भने बार्षिक प्रतिब्यक्ति १४ केजि माछा खानुपर्ने हो तर २ केजिसम्म पनि कतिपयले मुस्किलले खाने गरेका छन् । २ सय ३० प्रजातीका माछा अहिलेसम्म पाईने तथ्यांक छ, जसमा १६ जातिका माछा नेपालमा मात्र पाइने गरेको उनको अनुभव छ । नेपाल पाईने १६ प्रजातीका माछा मध्ये ५ प्रजातीका माछा कर्णाली नदीमा पाईन्छन् भने त्यसमा ३ प्रजातीका माछा रारा तालमा पाईन्छन् ।
नेपालमा पछिल्लो सयम मानवीय कारणले गर्दा माछा संकटमा पर्दै गएका छन् । उनले भने नदिमा बाँध बाध्ने कामले गर्दा माछा आहाराको क्रममा एक ठाँउबाट अर्को ठाँउमा जाने र क्रमश संख्या कमि हुदै जाने, करेन्ट लगाउने, बिषादि प्रयोग गर्ने, सहरीकरण तथा औधोगिकरण गर्दै जाँदा बालुवा संकलन तथा ढुंगा, माटो जथाभावी फाल्ने काम गर्दा माछा नदीमा कमी हुदै गएको छ ।


जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाका अनुसार खोलाको मात्र माछाको भर नपरेर ब्यवसायिक रुपमा उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले भने तराई भन्दा पहाडमा ब्यवसाय गर्न असहज अवस्था छ । नदीमा बम हान्ने, करेन्ट लगाउने, बिषादि प्रयोग गर्ने लगाएतका क्रियाकलाप गरी माछा मार्नेलाई कानुन बनाएर कारवाहीको दायरामा ल्याउनु पर्ने उनले बताए । डोजर आतंकले, माछा मात्र नभई भुक्षय लगाएतका प्रकोप भित्राउने काम भईरहेको छ त्यसको अन्त्य गर्न आवश्यकता रहेको छ ।
परियोजना टिमलिडिर कमल अधिकारीका अनुसार एक बर्षसम्म संचालन हुने यूएसआइडीको डाई पानी परियोजनाले विशेष गरी मध्ये पहाडी जलाशय क्षेत्रमा माछाको संरक्षण सम्र्बद्धन गर्ने बताए । उनले भने अहिले हामी परियोजनाको पहिलो चरणमा छौँ विशेषगरी कर्णाली नदीमा पाईने माछाको अध्ययन गरिहेका छौँ ।

परियोजना अधिकृत विराज श्रेष्ठले पानीले काम गर्ने क्षेत्र गतरुपमा माछा पनि एक कार्यक्रम भएकाले माछाको अध्ययन अनुसन्धान गरिने बताए । मध्ये पहाडी जलाशय अन्र्तगत अछाम, दैलेख र कालिकोट जिल्लामा कार्यक्रम संचालन हुने उनले बताए । नेपालका ठुलो जलाशय कर्णाली, महाकाली र राप्तीमा नदीवेशमा कार्यक्रम भैरहेको छ । तथ्यांक संकलन, अनुसन्धान, जोखिम निर्धारण, दैलेख २, कालिकोट १ र अछामको १ गाँउपालिकामा काम भैरहेको । माछा ब्यवसायि तथा अन्य क्षेत्रमा पनि छलफल तथा तालिम भैरहेको । फिल्ड संयोजक कमल खत्रीले यस परियोजनाका लक्षित बर्ग भने माछा व्यवसायी कर्णाली नदीको छेउचाउमा बसोबास गर्ने व्यक्तिहरु रहेको बताए । उनले भने माछा संरक्षण संगसंगै लक्षित बर्षको जिविकोपार्जन गर्ने पनि परियोजनाको उद्देश्य रहेको छ ।
यूएसआईडीको सहयोग तथा रिसोर्सेस हिमालयन नेपाल र सर्बाेदय जुम्लाको आयोजनामा संचालित परियोजनाको दैलेखमा भएको परियोजनाको परिचयात्मक कार्यक्रम भएको थियो । कार्यक्रममा दैलेख कालिकोट र अछाम जिल्लाका माछा पालन व्यवसायी र सम्वन्धित सरोकारवाला निकायको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस