जुम्ला प्रशासनमा हेल्प डेक्स देखि ‘स्तपान कक्ष’ (फोटो फिचर)

सागर परियार,

भनिन्छ नि, खुकुरीको पिर अचानोलाई मात्र थाहा हुन्छ भनेर । चन्दननाथ नगरपालिका २ की कृष्ण शाही साउन १ गते ८ महिने बच्चा काखमा च्यापी प्रशासनमा नागरिकता ल्याउन आईन् । काखमा रोहिरहेको बच्चा र कुनै प्रक्रिया थाहा नपाएकी शाहिलाई धेरैपछि प्रशासनमा आउँदा आफ्नै घर आए जस्तो महशसु भएको बताईन् । बच्चालाई दुध खुवाउन स्तपान कक्ष बनेको रैछ, त्यहि भित्र बसेर रोहिरहेको बच्चालाई दुध खुवाई सुताएर सेवा लिन भित्र छिरिन् । सोहि दिन देखि जुम्ला प्रशासनमा आराम तथा स्तनपान कक्ष संचालनमा आएको छ ।

केहि समयमा नागरिकता पाएर फर्किन् । यो सबै प्रशासनको परिवर्तन, नागरिक मैत्री सेवा देख्दा छक्कै परिन । उनले थपिन, कुशल प्रशासक भएपछिकोे नतिजा नागरिक मैत्री प्रशासन हा उनले भनिन । निकै खुसीका साथ, घर फर्किएर गईन् । समृद्ध नेपाल खुसी नेपालीको नारालाई सफल बनाउन यस्तै सरकारी सेवा सबै कार्यालयमा हुन जरुरी छ ।

पहिला आउँदा कता जाने थाहा हुन्थेन, अहिले कुन कामका लागि आएको आउने रहेक सेवाग्राहिलाई सहायता कक्षमा बस्ने कर्मचारीले सोध्छन् । पहिला प्रशासनमा आउँदा सेवा लिनु पहिले बस्ने ठाउँ हुन्थेन,तर अहिले महिला प्रजिअ दुर्गा बञ्जाडे आईसकेपछि ‘आराम तथा स्तनपान कक्ष’,प्रतिक्षालय, लैगिंकमैत्री शौचालय, सहायता कक्ष,चिसो तातो पानी, दर्ता चलानी बाहिरै लगायतका विभिन्न कामहरु भएका छन् ।

जसले गर्दा सुत्केरी, गर्भवती आमा देखि सामान्य नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ । प्रजिअ बञ्जाडेले भनिन, साउन १ गते कृष्णा शाहिबाट स्तपान कक्ष संचालनमा आएको छ । प्रशासनमा सेवाग्राहीको रूपमा आउने गर्भवती र नवआमाको लागि यो सेवा सन्चालमा ल्याईएको हो । उनले थपिन, कार्यालयमा कार्यरत महिला कर्मचारीले समेत यो सेवाबाट लाभान्वित हुनेछन् ।

स्तनपान कक्ष अपांगमैत्री होस भनेर भुई तलामै यो कक्ष सन्चालन गरीएको छ । स्तनपान कक्षामा एकै पटक ३ जनासम्म आमाले स्तनपान गराउन सक्नेछन । स्पतपान कक्ष भित्र बच्चाका लागि विभिन्न खेलौना पनि राखिएको छ । कार्यालयमा आउने जुनसुकै सेवाग्राहिले सहायता कक्षबाट आफुले लिने सेवाका बारे स्पष्ट हुने गरेका छन् ।

प्रशासन कार्यालय आउन, सिडिओ संग बोल्न निकै ग्राहो मान्ने महिलाहरुलाई प्रशासनिक सेवाको पहुँचमा ल्याउन आराम तथा स्तपान कक्ष निर्माण गरिएको उल्लेख गरिन् । नागरिकता लिन आउँदा ९५ प्रतिशत महिला दोस्रोको साहारा लिएर आउँछन् । त्यसमा कोहि भर्खर सुत्केरी भएकी त कोहि गर्भवती भएकी महिला हुन्छन् ।

उनीहरुलाई प्रशासन पनि हाम्रो कार्यालयको हो भन्ने मानसिकता छैन् । जसले गर्दा प्रशासनिक सेवा प्रवाहको प्रभावकारीता मापन गर्ने कुनै आधार छैन् । त्यसैले महिलाहरुको सहजताका लागि आराम तथा स्तपान कक्ष, निरक्षर व्यक्तिहरुका लागि सहायता कक्ष संचालनमा ल्याइएको छ ।

जुम्लामा ४० औ प्रजिअका रुपमा आएकी बञ्जाडेले छोटो समयमा नागरिकले सहशुस गर्ने गरी प्रशासनिक सेवा दिएकी छन् । पहिलो पटक दुर्गमका नागरिकलाई दर्जन बढि प्रशासानिक सेवा पनि उनकै पालामा दिइएको थियो । जसले गर्दा ७५ वर्ष सम्म नागरिक नपाएकाले पनि नागरिकता पाउँदा खुसी थिए ।

२०२४ साल देखि २०७६ सम्म आएका ४० सिडिओ मध्य सबै भन्दा नागरिक संग भिजेर सेवा प्रवाह गर्ने पहिलो सिडिओका रुपमा बञ्जाडेले आफुलाई जुम्लामा स्थापित गरीसकेकी छन् । प्रशासनमा सेवा लिन आउँदा १३ प्रकारका निवेदनका ढाँचाहरू निर्माण गरी राखिएको छ ।
कसैलाई थाहा नभए प्रशासनमै आएर सहायता कक्षमा सोधि निवेदन लेखाई लिने छन् ।

जुम्लामा कानुनको शुन्य सहनशीलता अपाउने प्रतिज्ञा गरी बञ्जाडेले नागरिक मैत्री सेवा शुसासन र प्रशासनलाई एकै साथ अगाडी बढाएकी छन् । राहात उद्दार, शान्ती सुरक्षा देखि नागरिक प्रशासन बीचको सम्बन्धलाई निकै समधुर बनाउने कसरत सिडिओ लागिपरेकी छन् ।

प्रकाशित मिति : २०७६ साउन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस