
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष २९ वर्षयता सबैभन्दा धेरै मुद्धा दर्ता गरेको जनाएको छ । अख्तियारले आर्थिक वर्ष २०७५र०७६ मा २४ हजार ४८ उजुरी मध्ये १५ हजार ६ सय ११ उजुरी फछ्र्यौट गरेको छ । जसमध्ये ९ सय २१ उजुरीको विस्तृत अनुसन्धान गरेको जनाएको छ । राजधानी दैनिकमा समचार छ ।
सोही अबधीमा गत आर्थिक वर्षमा १९ हजार ४ सय ८८ उजुरीमा १२ हजार ४ सय उजुरी फछ्र्यौट गरेको थियो । अख्तियारमा सबैभन्दा थोरै आर्थिक वर्ष २०४८र०४९ र २०५१र०५२मा एउटा मात्रै मुद्धा दर्ता भएको थियो ।
त्यस्तै अख्तियारले सेवाग्राहीको भेषमा आर्थिक वर्ष २०७५र०७६ मा सुक्ष्म निगरानी तथा द्रुत कारबाह्री सम्बन्धी कार्यविधि, २०७५ तयार गरी कार्यान्वयनमा ल्याएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोईरालाले जानकारी दिए । कार्ययोजना बमोजिम भ्रष्टाचारसम्भाव्य निकायहरुमा आयोगका कर्मचारीहरुलाई सेवाग्राहीको रुपमा खटाएर निगरानी बढाएको जनाएको छ । अख्तियारका अनुसार आर्थिक वर्ष २०७५र०७६ मा निर्णय भएका ३ सय ५७ वटा मुद्धा विशेष अदालतमा दर्ता भएको छ । अदालतबाट भएको फैसला मध्ये ८८।५ प्रतिशतमा आयोगले सफलता प्राप्त गरेको आयोगले जनाएको छ ।
अख्तियारको १ सय ४२ वटा रंगेहात कारबाहीमा २ सय जना विरुद्ध मुद्धा दायर गरेको जनाएको छ । जसमध्ये १ सय १६ सरकारी कर्मचारी छन् । मनोनित पदाधिकारी ७ जना र विचौलिया लगायत अन्य व्यक्ति ३२ जना छन् । अख्तियारले निकालेको तथ्याङ्क अनुसार घुससहित रंगेहात पक्राउ पर्नेमा विशिष्ट श्रेणीका दुई जना, सहसचिव वा सो सरह २ जना छन् । उपसचिव वा सो सरहका १० जना कर्मचारी, शाखा अधिकृत ३२ जना रहेका छन् । त्यस्तै नायव सुब्बा ४६ जना, खरिदार २९ जना९जसमा शिक्षक दुई जना, प्रहरी ६ जना छन्० जुनियर प्राविधिक कर्मचारी १५ जना र कार्यालय सहयोगी २४ जनालाई अख्तियारले रंगेहात पक्राउ गरेको जनाएको छ ।
रंगेहातमा पक्राउ पर्नेमा सबैभन्दा धेरै गृह प्रशासनबाट २७ जना छन् । संघीय मामिलातफ्र्र २६ जना, भूमि व्यवस्थामा २२ जना, वन वातावरणमा ११ जना उर्जा जलश्रोत सिचाईमा ९ जना, शिक्षा विज्ञान तथा प्रविधिी मन्त्रालय तर्फ ८ जना, भौतिक पूर्वाधार तथा यातायातमा ७ जना र कानुन न्यायमा ७ जना, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १ जना रहेका छन् ।
अख्तियारले आर्थिक वर्ष २०७५÷०७६ मा अदालतमा दायर गरिएको मुद्धाहरुमा १ हजार पाँच सय देखि सक्टा सिचाई आयोजनामा गुणस्तरहीन निर्माण गरी भएको भ्रष्टाचार भएको अभियोगमा दुई अर्ब १६ करोड १७ लाख ३५ हजार ७ सय ९३ सम्मको विगो मागदावी सहितको विशेष अदालतमा मुद्धा दर्ता गरेको जनाएको छ । त्यस्तै भृकुटीमण्डपमा फन पार्कका लागि जग्गा भाडामा दिंदा भएको भ्रष्टाचार मुद्धामा समाज कल्याण परिषद्का अध्यक्ष बद्रीप्र्रसाद न्यौपाने सहित १४ जना विरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ सय ५७ रुपैयाँ विगो कायम गरी मुद्धा दर्ता भएको थियो ।
पप्पु कन्स्ट्रक्सनमा संलग्न १२ जनालाई बर्दियास्थित जब्दीखोला पुल निर्माणमा भएको भ्रष्टाचार मुद्धामा १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो कायम गरी मुद्धा दर्ता भएको थियो । गैरकानूनी सम्पत्ति आर्जन तर्फ आयल निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्कालाई १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ विगो दावी सहित मुद्धा दर्ता भएको थियो भने विमानस्थल भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठ विरुद्धको भ्र्रष्टाचार मुद्धामा १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ रुपैयाँ विगो कायम गरेर विशेष अदालतमा मुद्धा दर्ता भएको थियो ।