शब्द तस्बिर ः सागर परियार जुम्ला । करिब दशक भन्दा पछाडी कर्णालीमा चैत लागिसक्दा पनि भारी हिमपात भएको छ । कर्णालीमा माघ दोस्रो सातादेखि तातो रिट्ने र हिमपात नहुने गर्दछ । तर जलवायु परिवर्तनकै कारण यो वर्ष भएको करिब १० औ पटकको हिमपात चैत महिनामा हुँदा कर्णालीका किसान खुसी अच्चमीत पनि भएका छन् । प्राय खडेरी पर्ने चैत महिनामा भारी हिमपात हुँदा किसान खुसी नहुने कुरा छैन् ।
स्याउ किसान विष्ण अधिकारी भन्छन, पहिला खडेरी पर्ने समसयमा हिमपात हुनु निकै राम्रो, स्याउ किसानलाई ठुलो राहत भएको बताए । स्याउका क्यारी अर्थात खाडल बनाएर हिउँका डल्ला राख्दा महिनादिनका लागि सिचाई गर्नै पर्दैन, जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले भने, चैतमा हिमपात हुनु नौलो कुरो भएपनि किसानलाई राहत पुग्नु फाईदा हो ।
शुत्रबार देखि मौसममा भएको खराबीका कारणा कर्णालीमा हुने सबै उडान बन्द भएका छन् । साविक कर्णालीका हुम्लाको सिमिकोट, डोल्पाको जुफाल,मुगुको मुगु र जुम्लाको जुम्ला बिमानस्थल शुत्रबार देखि बन्द भएका छन् ।
तीनदिन देखि भएको हिपापातका कारण धावन मार्गमा बाक्लो हिउँ जमेकाले उडान गर्न नसकेका हुन् । शनिवार राती देखि कर्णालीमा भईरहेको हिमपातले गर्दा उडान ठप्प भएको जुम्ला विमानस्थका सूचना अधिकारी रिंकी मल्लिकले बताईन् ।
भारी हिमपातका कारण संचालनमा आएको हप्तादिन नबित्दै फेरि नाग्म गमगडी सडक अबरुद भएको छ । मुगुमा वित्तिय साक्षरता कार्यक्रम गर्ने भनी घुच्ची लेक सम्म पुगेको आर्थिक पत्रकार समाज (सेजन) को टोलि हिमपातले सडक अबरुद भएपछि जुम्ला फर्किएको सेजनका केन्द्रीय अध्यक्ष भिम गौतमले जानकारी दिए ।
यता सडक डिभिजन जुम्लाका प्रमुख लिला बहादुर भण्डारीका अनुसार मौसममा सुधार आउना बित्तिकै सडक सुचारुका लागि हिउँ पन्छाउने काम गरिने छ ।
हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार यो हप्ताभरी फाटफुट वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना छ । चैतमा हिमपात भएका कारण कर्णालीमा चिसो पुस माघ जस्तै भएकाले बालबालिका, जेष्ठनागरिकलाई भने सुरक्षित रहन चिकित्सकको आग्रह छ ।