स्थानीय उत्पादन छैन, कृतिम फुलमालाले रंगियो जुम्लाको खलङ्गा


जुम्ला ः नेपालीको दोस्रो महान चाँडपर्व तिहारको चहलपहल सुरु भएसँगै जुम्लाको सदरमुकाम खलङ्गा बजार कृतिम फुलमाला झकिझकाउ भएको छ । यहाँ अहिले स्थानीय उत्पादनको फुलमाला छैन ।
यसबर्ष तिहार मंसिरमा परेको यहाँको तामक्रम माइनसमा झरेपछि थोरै भएपनि स्थानीय उत्पादिन फुल सुकेर गएपछि कृतिम फुलमालाले बजार झकिझकाउ भएको हो ।
यसवर्षको तिहारका लागि १५ लाख बढीका कृतिम माला जुम्लामा भित्रिएका छन् । यहाँको मुख्य व्यापारी केन्द्र खलङ्गा बजारका व्यापारीले तिहारका लागि १५ लाख बराबरका कृतिम (प्लाष्टीक र जुसे) माला ल्याएका हुन् ।


अदीबा कस्मेटीक सेन्टरले दुई लाख, सरल सपिङ कम्पलेक्सले दुई लाख, तमन्ना कस्टमेटिक पसलले दुई लाख, जय रामनारायण टेर्डसले एक लाख, न्यु निशा कस्टमेटिक पसलले ५० हजारका कृतिम जुम्ला भित्राएका छन् । भने महत किसारा पसलले १५ हजार तथा चन्दननाथ हाईसस्कुल लाईनका एक दर्जन बढी टहराले १० हजारका दरले करिब एक लाख बराबरको कृत्रिम माला ल्याएको पाइएको छ ।
खलंगाका मुख्य व्यापारीसँगको गरिएको कुराकानी अनुसार जुम्ला १५ लाख जतीको माला ल्याइए छ । तुलनात्मक रुपमा दशैभन्दा तिहारमा जुम्लाको आर्थिक गतिविधि ह्वातै बढेको बताएका छन् । माला, तिहारका सामग्री, नयाँ कपडा, खाद्यन्न खरिद गर्नेको संख्या दशैभन्दा उल्लेखीय रहेको व्यापारी विष्णुमाया महतको भनाई छ । सरल सपिङ कम्पलेक्स संचालक महतले भनिन, “विगतका वर्षमा तिहारसम्म फाटफुटमा स्थानीय जातको माला पाइन्थ्यो । तर यसपाली तिहार मंसिरमा परेपछि जुम्ला लगाय माथिल्लो कर्णालीमा आयाति कृतिम मालाकै तिहार मनाउनु पर्ने छ ।” कोरोनाको डरले विक्री नहुने शंका माला विगतको भन्दा कम ल्याइयो तर दिनमा २५ देखि ३० हजार सम्मको माला बिक्री भईरहेको उनको भनाई छ ।
दशै भन्दा तिहारमा आर्थिक कारोबार बढेको र ८ महिनादेखि थलिएको व्यापार क्षेत्र अलि उठेको पाईन्छ । अर्का व्यापारी अदीबा कस्मेटीक सेन्टरका संचालक साविर अन्सारीले गत वर्ष तिन लाख बढीको माला ल्याएको यसपाली कोरोना डरले दुई लाखको मात्रै माला ल्याएको बताए । उनले भने, “व्यापार राम्रो नहुने शंकामा कम माला ल्याइयो, तर दिनको ३४ देखि ४० हजार बढीको माला विक्री हुन थाल्यो ।
तिहार मंसिरमा परेकोले जुम्ला मात्र नभई माथिल्लो कर्णालीमा कृतिम मालाको माग बढेको छ ।” मालासंगै तिहारको लागि अन्य सामग्री किन्नहरुको भिड थेगी नसक्नु भएको समेत उनको भनाई छ । त्यस्तै तमन्ना कस्टमेटिकका संचालक अनिल शाहीले दसैं भन्दा तिहारमा जुम्लाको अर्थतन्त्र थोरै भएपनि चलायमान भएको बताए । दसंैमा सुनसान जस्तै देखिएको जुम्ला तिहारमा कृतिम मालाले रंगीचंगी भएसंगै व्यापार पनि राम्रो भएको उनले उल्लेख गरे ।

प्रकाशित मिति : २०७७ कार्तिक २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस