
सागर परियार ।
यहाँको तातोपानी गाउँपालिका प्राकृतिक स्रोत संरक्षणमा जुटेको छ । शुक्रबार सम्पन्न आठौ गाउँसभा मार्फत “स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धी विद्येयक” २०७७ लाई अनुदान गर्दै प्राकृतिक स्रोत संरक्षणमा जुटेको हो ।
तातोपानी गाउँपालिका भित्र रहेको जल,जमिन,जडिबुटि,जंगल लगायत प्राकृतिक स्रोत संरक्षण प्रर्बद्धन गरी आर्थिक आम्दानी गर्ने लक्ष्यका साथ नयाँ विद्येयक ल्यायएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।
प्राकृतिक स्रोत संरक्षणका साथै पालिकाभरी फोहोर व्यवस्थापन, वाताबरण संरक्षण,जैविक विविधता संरक्षण,वन तथा हरित क्षेत्रको संरक्षण र व्यवस्थापन, संंस्थागत व्यवस्थापन,कसुर जरिवाना तथा क्षतिपुर्ति र विविध गरि ८ वटा परिच्छेदको प्राकृतिक संरक्षण विद्येयक २०७७ आठौ गाउँ सभाबाट बहुमतले अनुमोदन भएको अध्यक्ष न्यौपानले जानकारी दिनभभयो ।
गाउँसभाबाट अनुदान भएको विद्येयकलाई आउदो कार्यपालिकाको बैठकले पारिक गरि अक्षंस कार्यान्वयनमा जोड दिईने अध्यक्ष न्यौपानेले दाबी गर्नुभयो । साथै जथाभावी प्राकृति स्रोतको दोहन गर्ने, ऐन कानुन विपरित प्राकृति स्रोत प्रयोग गर्नेलाई १५ हजार देखि ३ लाख सम्म जरिवानाको व्यवस्था गरिएको छ ।
वडा विभाजन प्रस्ताव पारित
तातोपानी गाउँपालिकाको आठौ गाउँसभाले वडा विभाजन गर्ने प्रस्तावलाई पनि अनुमोदन गरेको छ । तातोपानी ७ नम्बर वडामा रहेका चार गाउँलाई दुई वडामा विभाजन गर्ने प्रस्ताव अनुमोदन भएको हो । ७ नम्बर वडाका साविकका ताम्ती र बारगाउँलाई एक वडा र सर्मी र सुर्की गाउँलाई एक वडा बनाउने योजना रहेको अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।
कार्यपालिकाबाट वडा विभाजनको निर्णय गराई मुख्यमन्त्री कार्यालयमा पठाउने र प्रदेशबाट प्रधानमन्त्री कार्यालयमा पुगेपछि स्वीकृत हुने प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आठौ गाउँसभाले प्राकृति स्रोत संरक्षण विद्येयक २०७७, वडा विभाजन प्रस्ताव सहित ५ वटा महोत्वका प्रस्ताव अनुदान भएका छन् । कार्यपालिका सदस्य आदि प्रसाद न्यौपानले सधै विद्येयक अनुमोदन र पास गर्ने मात्र नभई पुर्ण अक्षंस कार्यान्वयनमा पनि जोड दिनुपर्ने बताउनुभयो ।
प्राकृति स्रोत जथाभावी प्रयोग गरे १५ हजारदेखि ३ लाख जरिवाना गर्ने बुदालाई संशोधन गर्नुपर्ने सुझाब राख्नुभयो । त्यस्तै कार्यपालिका सदस्य मुन बहादुर डाँगीले छरिएका बस्तीको विकास, संघियताको मर्म अनुसार घरघरमा विकास पुराउन वडा विभाजन राम्रो निर्णय भएपनि आर्थिक, सामाजिक, प्राकृति रुपमा कुनै समस्या नआउनेगरी अघि बढनु पर्ने बताउनुभयो । व्ययभारलाई पनि मध्यनजर गरी वडा विभाजनमा ध्यान दिन उनको सुझाब छ ।