आज राष्ट्रिय सभा निर्वाचन, ३२ सिटमा ५२ उम्मेदवार मैदानमा

बुधबार, २४ माघ २०७४

काठ्माडौ ।
(निर्विरोध निर्वा्चित २४ जना
(६ वटा प्रदेशमा मात्रै निर्वाचन

राष्ट्रिय सभा सदस्यका लागि आज निर्वाचन हुँदै छ । ३२ सदस्यीय पदका लागि हुन लागेको निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान गर्ने कार्यक्रम तय गरिएको जानकारी दिए । प्रत्येक प्रदेशमा कम्तीमा तीन महिला, अन्यतर्फ तीनजना, एक दलित र एक अपांगता(अल्पसंख्यकसहित आठजना निर्वा्चित हुने व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रिय सभामा ५६ सदस्य निर्वाचनको माध्यमबाट र बाँकी तीन सदस्य राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक प्रावधान छ । ५६ मध्ये २४ जना निर्विरोध निर्वा्चित भएकाले बाँकी ३२ सदस्यका लागि मात्र निर्वाचन हुन लागेको हो ।

६ वटा प्रदेशमा मात्रै निर्वाचन
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी एक हजार पाँच सय ६ र सातै प्रदेशबाट निर्वा्चित प्रदेश सभा सदस्य पाँच सय ५० गरी कुल दुई हजार ५६ मतदाता छन् ।

प्रदेश २ बाट आठजना राष्ट्रिय सभा सदस्य निर्विरोध निर्वा्चित भइसकेकाले अन्य ६ प्रदेशमा मात्रै निर्वाचन हुने आयोगले जनाएको छ । आयोगले प्रदेश २ बाहेकका प्रदेशमा उच्च अदालत रहेका ठाउँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रदेश १ को विराटनगर, ३ को ललितपुरको पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

बुधबार निर्वाचनपछि तत्काल मतगणना सुरु गरिने र ढिलोमा २५ गतेसम्म सबै स्थानको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी आयोगको रहेको डा. यादवले बताए ।

३२ सिटका लागि ५२ जना प्रतिस्पर्धामा
बुधबार ३२ जना निर्वा्चित गर्नका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । ६ प्रदेशमा विभिन्न क्लस्टरबाट ३२ जनाभित्र पर्न ५२ जनाले उम्मेदवारी दिएका छन्।

प्रदेश १ बाट एकजना दलित सदस्य र एकजना अपांग÷अल्पसंख्यक सदस्यका लागि चारजना प्रतिस्पर्धा गर्दै छन् । दलित सदस्यमा कांग्रेसबाट विनबहादुर विश्वकर्मा र एमालेबाट खेमराज नेपाली तथा अपांग(अल्पसंख्यक सदस्यमा कांग्रेसबाट महेश जाजु र एमालेबाट अगमप्रसाद बान्तवा राई उम्मेदवार बनेका छन् । यो प्रदेशबाट निर्वा्चित हुने आठ सदस्यमध्ये तीन महिला सदस्य र तीन अन्यतर्फका सदस्य भने निर्विरोध निर्वा्चित भइसकेका छन् ।

प्रदेश २ मा आठजना नै निर्विरोध निर्वा्चित भइसकेका छन् ।

प्रदेश ३ मा आठजनाकै निर्वाचन हुँदै छ । तीन महिला सदस्यका लागि चारजना प्रतिस्पर्धामा छन् । कांग्रेसबाट धनाकुमारी खतिवडा, एमालेबाट उदया शर्मा (पौडेल) र दिलाकुमारी रावल थापा (पार्वती) तथा नेपाल मजदुर किसान पार्टीबाट गीता काफ्ले उम्मेदवार छन् । अन्यतर्फबाट निर्वा्चित हुने तीनजनामा चारजनाको उम्मेदवारी परेको छ ।

कांग्रेसबाट राधेश्याम अधिकारी, एमालेबाट बलराम बास्कोटा, माओवादी केन्द्रबाट रामबहादुर थापामगर तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङ प्रतिस्पर्धामा उत्रिएका हुन् । एकजना दलित सदस्यमा तीनजनाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट हरिशरण नेपाली, एमालेबाट सिंगबहादुर विश्वकर्मा र नेपाल मजदुर किसान पार्टीबाट श्मामु विसुंके प्रतिस्पर्धामा छन् । अपांग÷अल्पसंख्यक व्यक्तिबाट एकजनाका लागि कांग्रेसबाट मदनकृष्ण श्रेष्ठ, एमालेबाट रामचन्द्र राई र नेपाल मजदुर किसान पार्टीबाट हिमालयश्वरलाल मुलले उम्मेदवारी दिएका छन् ।

प्रदेश ४ मा अपांग(अल्पसंख्यक एकजना निर्विरोध निर्वा्चित भएकाले सातजनाका लागि निर्वाचन हुँदै छ । तीन महिला सदस्यका लागि चारजना प्रतिस्पर्धा गर्दै छन् । कांग्रेसबाट विन्दादेवी आले (राना), एमालेबाट दीपा गुरुङ र शान्तिदेवी अधिकारी (जिसी) तथा राष्ट्रिय जनमोर्चाबाट मीना पुन उम्मेदवार छन् । अन्यतर्फ तीनजनाका लागि चारजनाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, एमालेबाट गणेशप्रसाद तिमल्सिना, माओवादीबाट दीनानाथ शर्मा र राष्ट्रिय जनमोर्चाबाट कृष्णप्रसाद शर्मा अधिकारी प्रतिस्पर्धामा छन् । एक दलित सदस्यका लागि कांग्रेसबाट जितबहादुर नेपाली र एमालेबाट खिमबहादुर विकबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रदेश ५ मा पाँचजनाका लागि निर्वाचन हुँदै छ । अन्यतर्फ तीनजनाका लागि चारजनाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट दुर्गाप्रसाद उपाध्याय, एमालेबाट खिमलाल भट्टराई, माओवादीबाट चन्द्रबहादुर खड्का र राष्ट्रिय जनमोर्चाबाट रश्मिराज नेपाली प्रतिस्पर्धामा छन् । एक दलित सदस्यमा कांग्रेसबाट मैकुलाल वाल्मीकि र एमालेबाट रामलखन चमार उम्मेदवार छन् । त्यस्तै, एकजना अपांग–अल्पसंख्यक सदस्यमा कांग्रेसबाट लुटबहादुर खत्री र एमालेबाट राजकुमार कुँवर प्रतिस्पर्धामा छन् ।

प्रदेश ६ मा आठजनाका लागि निर्वाचन हुँदै छ । तीन महिला सदस्यका लागि चारजनाबीच प्रतिस्पर्धा हुँदै छ । कांग्रेसबाट सूर्यदेवी मल्ल, एमालेबाट कविता बोगटी र नन्दा चपाई तथा माओवादी केन्द्रबाट युटोल तामाङ उम्मेदवार छन् । अन्यतर्फ तीनजनाका लागि चारजना उम्मेदवार बनेका छन् । कांग्रेसबाट विष्णुबहादुर शाही, एमालेबाट ठगेन्द्रप्रकाश पुरी र भैरवसुन्दर श्रेष्ठ र माओवादी केन्द्रबाट कालीबहादुर मल्लबीच प्रतिस्पर्धा हुँदै छ । एक दलित सदस्यमा कांग्रेसबाट मित्रलाल सार्की र एमालेबाट नरपति लुवार तथा एक अपांग(अल्पसंख्यक सदस्यमा कांग्रेसबाट गोपालप्रसाद शर्मा र माओवादी केन्द्रबाट जीवन बुढा प्रतिस्पर्धामा छन् ।

प्रदेश ७ मा दुई सदस्यका लागि निर्वाचन हुँदै छ । एक दलित सदस्यमा कांग्रेसबाट शेरीराम पार्की र एमालेबाट चक्रप्रसाद स्नेही प्रतिस्पर्धामा छन् । एकजना अपांग(अल्पसंख्यक सदस्यमा कांग्रेसबाट छत्रराज जोशी र माओवादीबाट महेशकुमार महरा उम्मेदवार छन् ।

निर्विरोध निर्वा्चित २४ जना
प्रदेश १

महिला सदस्य तीनजना
सरिता प्रसाईं (कांग्रेस), नैनकला ओझा (एमाले), विना पोखरेल (माओवादी केन्द्र)

अन्यतर्फ तीनजना
रमेशजंग रायमाझी (कांग्रेस), परशुराम मेघी गुरुङ र हरिचरण सिवाकोटी (एमाले)

प्रदेश २
अन्यतर्फ तीनजना
रमेशप्रसाद यादव (राजपा), जितेन्द्रनारायण देव (कांग्रेस), सुमनराज प्याकुरेल (एमाले)

महिलातर्फ तीनजना
मुक्तादेवी यादव (कांग्रेस), शशिकला दाहाल (माओवादी केन्द्र), प्रमिला कुमारी (संघीय समाजवादी फोरम)

अपांग(अल्पसंख्यक एकजना
बृजेशचन्द्र लाल (राजपा)

दलित एकजना
रामप्रीत पासवान (संघीय समाजवादी फोरम)

प्रदेश ४
अपांग(अल्पसंख्यक एकजना
प्रकाश पन्त (कांग्रेस)

प्रदेश ५

महिलातर्फ तीनजना
अनिता देवकोटा (कांग्रेस), कोमल वली र मीना बुढा (एमाले)

प्रदेश ७
अन्यतर्फ तीनजना
बद्री पाण्डे (कांग्रेस), हरिराम चौधरी (माओवादी केन्द), शेरबहादुर कँुवर (एमाले)

महिलातर्फ तीनजना
तारादेवी भट्ट (कांग्रेस), कमलाकुमारी ओली र इन्दु कडरिया (एमाले)

निर्विरोध हुनेमा एमालेका उम्मेदवार धेरै
निर्विरोध निर्वा्चित राष्ट्रिय सभा सदस्यमा एमालेका उम्मेदवार धेरै छन् । एमालेका तर्फबाट उम्मेदवार बनेका नौजना निर्विरोध निर्वा्चित भएका छन् । कांग्रेसका आठजना, माओवादी केन्द्रका तीनजना, राजपाका दुईजना र संघीय समाजवादी फोरमका दुईजना उम्मेदवार निर्विरोध निर्वा्चित भएका छन् ।

प्रदेश सांसदलाई हरियो मतपत्र, स्थानीय तहका जनप्रतिनिधिलाई रातो
निर्वाचन आयोगले राष्ट्रिय सभामा प्रयोग गरिने मतपत्र सार्वजनिक गरेको छ । आयोगले प्रदेश सभा सदस्यले मतदान गर्नका लागि हरियो र गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका अध्यक्ष, उपाध्यक्षले मतदान गर्नका लागि रातो रङको मतपत्र बनाएको छ । आयोगले प्रदेश सभा सदस्य एकजनाको मतको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको एकजनाको मतको मतभार १८ तय गरेको छ ।

नँया पत्रिकाबाट साभार

प्रकाशित मिति : २०७४ माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस