
जुम्ला ः तिला गाउँपालिकाका कर्मचारीले गएको पुस महिनामा भुलबस एकै विद्यालयको खातामा २८ लाख रकम गएको क्रुटिलाई स्वीकार गरेका छन् । पुस महिनाको दोस्रो चौमासिकको निकासा दिँदा देउराली मावि जुम्ला कोटलाई ३ लाख १४ हजार १ सय १० रुपैया तलब बापत दिनुपर्ने हो । तर, कम्प्युटर टाईप गल्तीले निकासा दिँदा ३ लाख १४ हजार हुनुपर्नेमा ४ को पछि २ को अंक गल्तीले टाईप हुँदा अन्तत, ३१ लाख ४२ हजार १ सय १० रुपैया देउराली माविको खातामा जान पुग्यो । जुनकमजोरी लेखापाल, देखि प्रमुख प्रशासकिय अधिकृतले ठम्याउन सकेनन । एकै अंक गल्ती टाईपीङले गर्दा २८ लाख एउटै विद्यालय जाँदा, आबश्यक भन्दा बढि रकम खातामा आएको छ, भन्ने विषयमा देउराली माविका प्रअ रामभजन यादबले चासै दिएनन ।
दोस्रो चौमासिक गएकैबेला, एकपटक बढि रकम आयो भनेता पनि, त्यसपछि कसैलाई नसोधि, २८ लाख बारे कसैलाई जानकारी नदिई प्रअले व्यक्तिगत तथा विद्यालय प्रयोजनमा खर्च गरेको भेटियो । पुस महिनामा निकासा भएको २८ लाख बारे, प्रअले कसैलाई जानकारी नदिँदा गाउँपालिकाबाट हराए जस्तै भएको थियो । तर, साउन महिनाको अन्तिमतिर तिला गाउँपालिकाकी उपाध्यक्षले पत्रकार सम्मेलन मार्फत, शिक्षकको तलबको २८ लाख अनियमितता भएको जानकारी दिएपछि विषयबस्तु सार्वजानिक भयो । घटना बुझदै, जाँदा, शिक्षकले तलब नपाएको भन्दै, धर्ना दिँदा पनि प्रअले, २८ लाख बारे बोलेनन, जुनकुरा गाउँपालिका कर्मचारीले विर्सिसकेका थिए । जुन शिक्षकले २८ लाख बाटै पेश्की लिएर तलब खाएको छ, उहि शिक्षक तलब नपाएको भनदै गाउँपालिकामा आन्दोलन गर्न आएको पनि भेटियो । उपाध्यक्ष बुढाले पत्रकार सम्मेलन पछि विभिन्न संचार माध्यमबाट समचार आएपछि, तिला गाउँपालिकाका कर्मचारीले नैतिक रुपमा आफ्नो पेशागत मर्यादालाई कायम राख्दै, २८ लाख बारेको क्रुटि भएको स्वीकार गरेका छन् । जुम्लामा सोमबार छलफल गर्दै, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले, गल्ती भन्ने कुरो नसोचेरै हुने कुराको मनन भएको बताए । उनले भने, भुल गयो, पहिलो गल्ती, त्यस विषयमा सोधिखोजी नगर्नु, दोस्रो गल्ती, हाम्रो भएकै हो, यसमा अब निर्कै चनाखो भएर जाने छाने, गल्तीको महशुसले आत्मगलानी भएको समेत उनको भनाई छ । प्रावि, मावि विद्यालय लाई निकासा निकै राम्रो तरिकाले गरेको हुँ । लेखापाल, मुन बहादुर खत्रीले भने, तर देउराली उच्च माविलाई निकासा दिँदा, गल्तीले टाईपीङ भएको थाहै पाईन, यसमा मेरो शतप्रतिशत कमजोरी छ । आगामी दिनमा यस्ता कुरालाई सुधार गर्दै जाने, उनको प्रतिबद्धता छ ।
२८ लाख बारे मेरो कुनै नियत छैन्, गल्ती, गएकै हो, तर, विभिन्न योजनाका विषयमा दैनिक काममा बेस्थ ह्ुँदा थाहा भएन । तर, प्रअले पनि ८ महिना वितिसक्दा समेत नभन्दा समस्या निम्तीएको उनको भनाई छ । तर, देउराली माविका प्रधानाध्यापक रामभजन यादव भने, २८ लाखमा कसैको नियत नभएको दाबी गर्छन् । गल्तीले २८ लाख विद्यालयको खातामा आयो, शुरुमा बढि रकम किन आयो भनेर भनेकै हुँ, लेखापालले पछि हिसाब मिलान गरौला भनेको बताउन्छन् । तर, गाउँपालिकालाई नसोधि, बढि आएको रकम २८ लाख मध्यको १६ लाख खर्च, गर्नु कमजोरी भएको बताए । विद्यालय मर्मत, शिक्षकको पेश्की, तथा मसलन्दमा झण्डै १६ लाख कसैलाई नसोधि खर्च भएको थियो । जुन रकम गाउँपालिकाको खातामा जम्मा भईसकेको छ । शिक्षकले तलब पनि पाइसकेका छन् । तर, आठ महिना सम्म, प्रअ, चुप बस्नु, गाउँपालिका कर्मचारीले सोधिखोजी नगर्नु संशकाको विषय बन्नुु स्वाभिक भएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताईन । उनले भनिन, ८ महिना सम्म २८ लाखको २ रुपैया दरले ४ लाख ब्याज तिर्नुपर्छ, सम्बन्धी सबैलाई गाउँकार्यपालिकाको बैंठकले कस्तो कार्बाहि गर्ने भनि, निर्णय गर्ने उनको भनाई छ । उनका अनुसार २८ लाखमा प्रअको कमजोरी बढि देखिन्छ । भने, आम कर्मचारीले आफ्नो कमजोरीलाई स्वीकार गर्दै, आगामी दिनका लागि प्रभावका्ी रुपमा काम गर्ने तथा सच्चीने अबसरका रुपमा लिएको समेत बताएका छन् । भने, कसैलाई नसोधि, २८ लाख मध्य १६ लाख खर्च गरेको भन्दै गाउँपालिकाले सोधे अनुसारको स्पष्टीकरण प्रअ रामभजन यादबले बुझाएका छन् । स्पष्टीकरणमा १६ लाख खर्च, गर्नुको सबै कारण भने, उल्लेख गरिएको छ ।