जैविक विविधता संरक्षण अभियानमा जनप्रतिनिधि

जुम्ला ः स्थानीय सरकारका जनप्रतिनिधिहरु असन्तुलित बन्दै गरेको प्राकृतिक अर्थाता जैविक विविधतालाई संरक्षण गर्ने अभियानमा जुटेका छन् । जैविक विविधता विना मानवजीवनको कल्पना गर्न नसकि भन्दै यसको भरपुर संरक्षणमा जनप्रतिधिहरु जुटेका हुन् ।


स्थानीय सरकार संचालनको पहिलो आधार जैविक विविधता अर्थात प्राकृतिक सम्पदा जल जमिन जडिबुटि भएकाले पनि अव हामी जनप्रतिनिधिहरुको काँधमा संरक्षणको जिम्मेवारी आएको पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए । कर्णाली विकास हातेमालो सेवा समाज जुम्ला र रेडपाण्डा नेटवर्कको आयोजनमा जैविक विविधता संरक्षणमा स्थानीय सरकारका अवसर र चुनौती विषय दुई गोष्ठीमा उनले यस्तो बताएका हुन् । पृथ्वीमा जति पनि जिवित प्राणीहरु छन् ती सवै जिवित प्राणीको हामी जतिकै बाच्ने अधिकार भएकोले पनि जैविक विविधता संरक्षण गर्नुपर्ने उनको भनाई रहेको छ । जैविक विविधताको विषयलाई स्थानीय तहको कार्यनीतिमै राखेर संरक्षण गर्न विषयमा लागीपर्ने अध्यक्ष बोहोराले प्रतिवद्धता व्यक्त गरे ।
सिजा गाउँपालिकाका उपप्रमुख जन्मकन्या खत्रीले जैविक विविधता संरक्षण गर्नु हामी आम नागरिकको दायित्व हो, अहिले जथाभावी वनपैदावर चोरी निकासी गर्ने र आगजनी, डढेलो, फडानी जस्ता कार्य हुदै गएका छन् यसलाई तत्काल स्थानीय सरकारले रोक्न कदम चाल्नुपर्ने बताईन् । हिजो हाम्रा घर आगनमै आईपुग्ने रेडपाण्डा (हाव्रे) जस्ता वन्यजन्तुहरु अहिले भेटिन छोडेका छन्, जैविक विविधता संरक्षण नभएकै कारण अहिले हामी ति जिवजन्तु हराउदै गएका छौँ ।
स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु सहभागी भएको जैविक विविधता संरक्षणमा स्थानीय सरकारका अवसर र चुनौती विषयक गोष्ठीमा जैविक विविधता र स्थानीय सरकारको सम्वन्धमा भएका नीतिगत व्यवस्था, नेपालमा जैविक विविधता संरक्षणको महत्व, कानुनी अवस्था र वर्तमान सवालका विषयमा सम्वृद्धि फाउण्डेसन नेपाल प्रालिका डिरेक्टर कमल भण्डारीले सहजीकरण गरेका थिए । सहजीकरणका क्रममा डिरेक्टर भण्डारीले नेपाल संघीय संरचना पछि जनताले स्थानीय तहको समग्र विकास र समृद्धिका लागि जनप्रतिनिधिहरुलाई जिम्मेवारी प्रदान गरेका छन्, जनप्रतिनिधिको काँधमा आएको जिम्मेवारीलाई इमान्दार पुर्वक काम गर्ने बेला आएको बताए । उनले भने यसैमा जैविक विविधता संरक्षण गर्नु प्रमुख जिम्मेवारी हो । जैविक विविधता संरक्षण गरेको खण्डमा पृथ्वीमा पाईने सवै प्रकार जिवजन्तुहरुको पनि संरक्षण हुने उनको भनाई रहेको छ । अहिले विश्वमा दुर्लभ मानिएको रेडपाण्डा(हाब्रे) पनि संरक्षणको अभावमा रहेको छ । जनसंख्या बृद्धि हुदै गएपछि वनजंगल फडानी भएपछि रेडपाण्डा वन्यजन्तु लोप हुदै गएको हो । यसको प्रमुख कारण भनेकै जैविक विविधता संरक्षणको अभाव हो उनले भने । भदौँ ११ र १२ गते संचालित गोष्ठीमा पातारासी र सिजा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस