मानदत्त रावल
जुम्लामा उत्पादन हुने स्याउको बजारीकरण र प्रर्वद्धनका लागि कर्णालीमै पहिलो पटक स्याउ महत्वको आयोजना गरिएको छ । स्याउ महत्सवको माध्यमबाट स्याउ पर्यटनको प्रर्वद्धन र विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो । काञ्जिरोवा टाईम्स मासिक पत्रिकाले स्याउसँग सरोकार राख्ने निकायहरु कृषि विकास डिभिजन कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना स्याउ सुपरजोन, उच्च प्रर्वतिय कृषि अनुसन्धान परिषद् र चन्दननाथ नगरपालिका, गैरसरकारी संस्था लगायतको सहकार्यमा स्याउको परिकार उत्पादन सम्बन्धी प्रचारप्रसार गर्ने ध्येयका साथ जुम्लामा स्याउ महत्सवको आयोजना जनाएको छ ।
जुम्लाका किसानहरुले उत्पादन गरेका विभिन्न जातका स्याउ र स्याउबाट उत्पादित विभिन्न परिकार स्टलमा राखिएको थियो । पहिलो पटक आयोजना गरिएको महोत्सवमा ३८ जना स्याउ कृषकहरुको सहभागिता रहेको थियो । उनीहरुले रोयल डेलिसियस, गोल्डेन डेलिसियस लगायतका स्याउहरुको प्रदर्शनमा राखेका थिए । यस्तै एपि स्याउ डिस्टिलरी, आके स्याउ डिस्टिलरी लगायात स्याउका परिकार उत्पादक कम्पनीले परिकार प्रर्दशन गरेका थिए । विभिन्न किसिमका उत्कृष्ट स्याउ उत्पादक कृषकहरुलाई सम्मान पनि गरिएको छ । ३८ जना सहभागी मध्ये तीन जनालाई छनौट गरिएको सम्पादक महेन्द्र कार्कीले बताए । उनका अनुसार स्याउको गुणस्तर हेरेर उत्कृष्ट तीन जना कृषकलाई हामीले छनौट गरेका छौँ । उनीहरुको प्रोत्साहन स्वरुप एक हजार ५ सय रुपैयाका दरले पुरस्कार पनि प्रदान गरिएको छ । अन्य सहभागीलाई दुई सय रुपैयाका दरले प्रोत्साहन गरिएको उनकोे भनाई रहेको छ । ३८ जना मध्ये उत्कृष्ट तिन जना कृषक रतन बहादुर बम, हरिबहादुर बोहोरा र सम्झना कार्की रहेका छन् ।
स्याउ महत्सवमा स्याउका विभिन्न परिकारका स्टल राखिएको छ । स्याउको जुस, जाम, जेलि, लस्सि, एप्पल मिल्क सेक, मालिन चाना लगायतका परिकारहरु स्टलमा राखिएको छ । कृषकले आफ्नो बगैचामा उत्पादन भएको स्याउ महत्वमा ल्याएर प्रर्दशनी गरेका छन् । स्याउको महत्व झल्काउने र स्थानीय संस्कृतिको जोगेर्ना हुने गरी सांस्कृतिक कार्यक्रम समेत गरिएको छ । स्याउको सूचना केन्द्र राखेर स्याउको उत्पादन बजारीकरण सम्बन्धीका विषयमा जानकारी समेत दिइरहेको पत्रिकाका सम्पादक महेन्द्र कार्कीले बताए । बाह्य पर्यटकहरुलाई देखाउनका लागि स्याउको रुख पनि प्रदर्शनका लागि राखिएको छ ।
स्याउ पर्यटनको विकास गर्ने
हरेक बर्ष भदौँमा स्याउ भण्डारण तथा विक्रीवितरणका समयमा स्याउ महत्वस गर्ने विशेष गरी स्याउ पर्यटनको विकास गर्ने उद्देश्यका साथ स्याउ महत्वसको आयोजना गर्ने सम्पादक कार्कीले बताए । उनले भने बाहिरबाट आउने पर्यटकहरुले यहाँको दृश्य अवलोकन गर्नुका साथै जाँदा स्याउ पनि लिएर जाउन भन्ने चाहानाले हरेक बर्ष भदौँमा स्याउ महत्सव गर्ने योजना रहेको छ ।