दसैंमा जुम्लामा ट्राफिक चेकजाँचमा कडाई

मानदत्त रावल

जुम्ला । चाडपर्वको समयमा सवारी साधनको आवतजावतमा बढी हुने गरेकोले जिल्ला ट्राफिक कार्यालय जुम्लाले चेकजाँचमा कडाई गरेको छ । क्षमता भन्दा बढि यात्रु बोक्ने, ट्राफिक नियम कार्यान्वयन नगर्ने, भाडामा मनपरी गर्ने लगायतका यातायात क्षेत्रमा विगतदेखि मनपरी हुने गरेको भन्दै संम्भावित घटनालाई न्यूनिकरण गर्नको लागि ट्राफिक चेकजाँचमा कडाई गरेको हो ।

समय समयमा कर्णाली राजमार्गमा हुनेगरेको मनपरी भाडा असुलीले सहज यात्रा हुन नसकेको गुनासो आएपछि विभिन्न सवारी समस्याको मध्यनजर गर्दै, दसैंलाई लक्षित गरी ट्राफिक चेकजाँचलाई कडाई गरिएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।

भाडामा हुने मनोमानि तथा क्षमता भन्दा बढि यात्रु हाल्ने समस्यालाई नियन्त्रण गर्न गाउँ गाउँमा ट्राफिक चेकजाँचलाई कडाई पारिएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख माधव रावतले बताए । उनले भने, चाडपर्वको समयमा सबैको झमघट हुने र विशेषगरी मोटरसाईकलमा क्षमता भन्दा बढि मान्छे राख्ने, छोटा दुरीका सवारीमा बढी भाडा असुल्ने गरेको पाइएकोले नियमित ट्राफिक चेकजाँच अनुसार दसैंको अवसरमा विशेष कडाई गरिएको ट्राफिक प्रमुख रावतले बताए ।

ट्राफिक नियम पालानाको बानी बसाल्न तथा क्षमता भन्दा बढि यात्रु हाल्दा दुर्घटनाको जोखिम बढ्ने विषयमा सचेत बनाउन, नियमित ट्राफिक चेकजाँच आवश्यक रहेकोर यसलाई निरन्तरता दिने उनको तर्क छ ।

ट्राफिक प्रहरी, टेकेन्द्र थापाले भने, क्षमता भन्दा बढि मान्छे राख्ने, कागतजात साथमा नराख्नेलाई पाँच सय जरिवाना गरिएको छ । सबै सवारी साधन गरेर एक सय ५० भन्दा बढि सवारी एकै दिनमा कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा सबै भन्दा बढि मोटरसाईकल रहेको ट्राफिक प्रहरी थापाले बताए ।

जुम्लालाई ट्राफिक नियम पालाना गर्ने एक नमुना जिल्ला बनाउन नियमित ट्राफिक चेकजाँचको कार्यलाई जोड दिइने छ भने, सवारी चालक तथा यात्रुले पनि सुरक्षित यात्राबारे सोच्नु पर्ने र भीडभाडमा यात्रा गर्न नहुने कुराको सबैले मनन गर्नु पर्ने ट्राफिक प्रमुख रावतले जोड दिएका छन् । उनका अनुसार ट्राफिक नियमको पालाना नगरेको भेटिए, जो कोहीलाई नियम अनुसार कार्बा्हि जरिवाना गरिने छ । जुम्लामा सञ्चालन हुने साना तथा ठुला सवारीलाई ट्राफिक नियमको पालना गरि सवारी हाक्न अनुरोध समेत गरिएको छ ।

प्रकाशित मिति : २०७५ असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस