खाद्य संस्थाका निमित्त प्रमुख थापाका अनुसार धापा र जुम्लाकोट डिपोमा २५/२५ सय क्वीन्टलको कोटाको चामल आउनुपर्नेमा अहिलेसम्म डिपोमा चामल अाएकाे छैन् । संस्थानको चामल सदरमुकाम स्थित गोदाममा प्रशस्त थुप्रिएको छ । ग्रामीण क्षेत्रको डिपोमा टेण्डर आव्हान गरेर ठेकेदारले समयमा चामल नपुर्याउँदा समस्या भएको उनले बताए ।
गाउँको डिपोमा ल्याउँदा चामल बीच बाटोमै बिक्री हुने, डिपोमा आएपनि नजिकैका व्यापारीले बिक्रीमा राख्ने र समयमा चामल नपुग्ने भएकोले संस्थानको चामल प्रति स्थानीयको चासो घट्दै गएको स्थानीय मुनबहादुर बोहोराले बताए । दुर्गम क्षेत्रका बासिन्दालाई मध्यनजर गर्दै डिपो स्थापना भएको भएपनि डिपोमा चामल ल्याउनेमा निकै लापारबाही हुने गरेको दुखेसो स्थानीयको रहेको छ ।
सदरमुकाम खलंगामा जुम्लाको लागि अावश्यक पर्ने खाद्यान्न मौज्दात रहेको संस्थान निमित्त प्रमुख थापा बताए । उनका अनुसार नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लामा पाँच सय ५७ क्वीन्टल चामल मौज्दात छ ।
खाद्य संस्थान क्षेत्रीय कार्यालय नेपालगञ्ज, राजापुर र सुर्खेतदेखि वार्षिक १० हजार क्वीन्टल चामल जुम्लाको लागि आउने गरेको छ ।