तिला गाँउपालिकामा विद्यालयमै वडा कार्यालय

नन्दराम जैसी,
जुम्ला । जिल्लाको तिला गाउँपालिका ७ नम्बर वडा कार्यालय बिद्यालयमै खोलिएको छ । घाघेसिन, तुहि र प्रोखी, तिनवटा गाँउ मिलेर बनेको वडापालिकाको कार्यालय कुन गाँउमा राख्ने भन्ने बिषयमा स्थानियद्धारा जग्गा बिवाद भएपछि लामो समयसम्म उक्त बिवाद नसुल्झिदाँ विद्यालयमै कार्यालय संचालन भएको हो । स्थानियको बिवादलाई मध्यनजर गरी त्यँहाको तुईगाँउमा अवस्थीत कालिका आधारभुत विद्यालयमा वडा कार्यालय स्थापनाभएपछि त्यहिबाट सेवा प्रवाह हुँदै आएको छ । सानो, भत्किन लागेको विद्यालय भवनमा वडा कार्यालय बसेको हो । कोठा साँधुरो तथा धमिरा परेको अवस्थामा छ ।

तीनवटै गाँउका स्थानियले आ( आफ्नो गाउँमा वडा कार्यालय राख्नु पर्ने दाबि गर्दै आएका छन् । तीनै गाउँका स्थानीयले आ आफ्नो अडान कायम राख्दा बिबाद चुलिएपछि वडाको आफ्नै भवन नहुन्जेलसम्मका लागि विद्यालयलाई अस्थायी कार्यालय बनाईएको अध्यक्ष हस्तबहादुर बुढाले बताए । घोसेसिन, तुहि र प्रोखी गाँउका स्थानियले आ( आफ्नो गाँउ वडा कार्यालयका लागि उपयुक्त र पाईक पर्ने स्थान भएको दाबी गरिरहेका छन् । स्थानिय धनपति बुढाले गाउँपालिकाको केन्द्र पुग्नको लागि सबैको सहजताको हिसावले तुहि गाँउमा वडाकार्यालय राख्नुपर्ने बताए । वडाको बिकास र भौतिक संरचना निर्माण गरेर स्थानियलाई सिंह दरबार गाउँ गाउँमा पुगेको अनुभुति दिलाउन आफ्नै ठाँउमा कार्यालय राख्नुपर्ने स्थानियको माग छ ।

वडा अध्यक्ष हस्तबहादुर बुढाले ‘स्थानियको बिवादले गाँउमा कार्यालय खोल्न उपयुक्त घर पाएनौ, सार्वजनिक जग्गाको अभाव र पुर्वाधार व्यवस्थापनमा सकस हुँदा विद्यालयको कक्षा कोठालाई वडा कार्यालय बनाएका हौँ ।’ सार्वजनिक सम्पति तथा खाली विद्यालयको कोठा प्रयोग गर्दै वडा कार्यालय संचालन भएको उनले बताए । विद्यार्थीको पढाईमा समस्या नहुने गरी विद्यालयसंग समन्वय गरीएको उनको भनाई छ । स्थानीय सरकार संचालनको झण्डै दुई वर्ष बित्न लाक्दा पनि वडा कार्यालयको लागि उपयुक्त घर छनोट गर्ननसक्नु स्थानिय तहको पनि कमजोरी हो । विद्यालयमै वडा कार्यालय संचालनका कारण विद्यार्थीको पठन पाठनमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष असर परेको देखिन्न्छ ।

विद्यालयको सट्टा गाँउमै वडा कार्यालय संचालन गर्ने तयारी भैरहेको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताईन । ‘स्थानीय सरकारले अहिलेसम्म वडा कार्यालय व्यवस्थापन गर्न नसक्नु दुखद पक्ष हो, तर आ आफ्नै गाउँमा कार्यालय हुनुपर्ने स्थाीयको खिचातानी र बिबादले समस्या निम्त्याएको छ’ उनले भनिन, ‘एकातर्फ कार्यालयको लागि उपयुक्त घर पाईएको छैन, अर्कोतिर छिट्टै कार्यालय ब्यवस्थापन गर्नुपर्ने दबाब छ ।’ सबैको पाएक पर्ने गरी तुहि गाउँमानै सो वडा कार्यालय राख्ने विषयमा कार्यपालिकाबाट निर्णय हुन मात्रै बाँकि रहेको पनि उनले बताईन् । छिट्टै छलफल र सहकार्य गरेर सबैलाई हितहुने निर्णय गरीने उनको भनाई छ ।

वडामा सार्वजनिक स्थान नभएको र व्यक्तिगत जग्गा दिने विषयमा सहमति नभएका कारण बिद्यालय भवनमा अल्पकालिन वडाकार्यालय स्थापना हो । उक्त भवनको स्तरोन्नतीका लागि २ लाख ५० हजार बजेट विनियोजित गरीएको तिला गाउँपालिकाले जनाएको छ । खाली कोठाको सदुपयोग, त्यसको पुन ः निर्माण र सबैले भवनबाटै सेवा पाउने अपेक्षाका साथ विद्यालयमा वडा कार्यालय बनाउन मञ्जुर भएको विद्यालय स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस