२२ गते नै प्रतिष्ठानले यससम्बन्धि विशेषज्ञ चिकित्सक नभएको र भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनले विषय विशेषज्ञ तालिम प्राप्त चिकित्सकबाट मात्र यस्ता घटनाको स्वास्थ्य परीक्षण गर्न भनेकाले काम हुन नसकेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । उनले भने–‘यो सुविधा अहिले प्रतिष्ठानमा छैन । निकट भविष्यमै सेवा विस्तार गर्ने तयारीमा छौँ ।’
पीडितले न्याय पाउनु पर्छ भन्ने हिसाबले जुम्लामा नभएपनि कालिकोट जिल्लामा पुर्याएर स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक सिताराम रिजालले बताए । बलात्कार घटनाका चारै जना आरोपित फरार रहेका छन् । उनीहरू फरार भएकाले खोजतलास गर्न सजिलोका लागि नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।
सोही दिन ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पातारासी गाउँपालिका–२ पेरेगाउँका ४५ वर्षीय भैरे सार्कीलाई कात्तिक २० गते पक्राउ गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १८ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १९ गते प्रहरी चौकी डिल्लीचौरमा उजुरी दिएकी थिइन् । प्रहरी चौकी डिल्लीचौरले आरोपितलाई पक्राउ गरी कात्तिक २० गते नै जुम्लाको सदरमुकाम खलङ्गास्थित जिल्ला प्रहरी कार्यालयमा पुर्याएको थियो ।
पीडित महिलाको उजुरीका आधारमा आरोपित सार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत वैशाख महिनादेखि जुम्लामा सात ओटा बलात्कार घटना घटेका छन् । यी सबै घटनाको प्रहरीले अनुसन्धान गरी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय, जुम्लाले जनाएको छ ।