डिएसपि सिताराम रिजाल ।
नन्दराम जैसी,
जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले सोमबार जिल्लाको तिला गाँउपालिका दुई बाट ठुलो संख्यामा बिष्पोटक पदार्थ बरामद गरेको छ । अनुसन्धानमा खटिएका प्रहरीले दिएको जानकारी अनुसार ईन्सपेक्टर प्रकाश केसीको नेतृत्वमा गएको प्रहरी टोलीले बिष्पोटक पदार्थ बरामद गरेको हो ।
मंगलबार जिल्लामा पत्रकार सम्मेलन गर्दै प्रहरीले बिष्पोटक पदार्थमध्य ७३ वटा नन्ईलेक्ट्रोनिक्स डेटोनेटर, २९ वटा ईलेक्ट्रोनिक्स डेटोनेर, एक थान एलएमजीको म्यागेजिन र २८ फिट सेप्टिफ्युज बरामद गरीएको जानकारी दिएकोे हो । बरामद भएको सबै बिष्पोटक पदार्थ तिला गाँउपालिका दुई स्थीत ठाँटी भिरमा बेवारीसे अवस्थामा फेला परेका हुन् । उक्त बिष्पोटक पदार्थ कसले र किन राख्यो भन्ने बिषयमा अनुसन्धान जारी रहेको डिएसपि सिताराम रिजालले बताए ।
प्रकाशित मिति : २०७५ पुष ९ गते सोमवार