सर्वोदयको लेखापरिक्षण सम्पन्न, समुह प्रति ग्रामिण महिलाको बढ्दो आर्कषण

सागर परियार,
ग्रमिण क्षेत्रका महिला हरु पछिल्लो समय विभन्न समुह मार्फत समाज रपान्तरणको अभियानमा जुटेका छन् । एकता बिना कुनै पनि काम गर्न सम्बभव छैन् । त्यसै माथि विभिन्न कुरितिका विरुद्ध वकाल गर्न एक्लैले झनै अप्ठयारो छ । एकता बिना सामाजिक काममा लाग्दा असमर्थनको ओईरो लाग्छ ।

कुनै एक व्यक्तिले समाजका लागि उपलब्धी मुलक काम र कुरा गर्छ भनेपनि सजिलै समर्थन गर्ने हामी कसैको मानसिकता छैन् । जसले गर्दा, समुह एक आबश्यकताको विषय बनेको तिला गाउँपालिका ३ की वडा सदस्य महिला राजकली नेपालीले बताईन । उनले भनिन, समाजमा व्याप्त, छुईप्रथा, बाल बिबाह बहुविबाह, घरेलु हिंसा, जाडर रक्सी अन्त्य, लैगिंक असमान्ता, कार्यबोझ घटाउन लगायत अन्य कुरिती विरुद्ध वकालत गर्नका लागि समुह एक बलियो आधार भएको छ ।

वडानम्बर ३ मा पिपल चौतारा महिला समुह छ । समुहमा झण्डै ३० जना महिला आबद्ध छन् । जसले समाजका विभिन्न सबालमा रुपान्तरणको काम गर्दैै आएका छन् । समुह मार्फत काम गर्दा बहुमतको कदर हुने,विभिन्न संघसंस्थाहरुले पनि सहयोग गर्ने भएको हुँदा समुह प्रति बस्न ग्रमिण महिलाको आकर्षण बढ्दै गएको छ । राजकली नेपालीका अनुसार गाउँमा पहिले समुहमा बस्दैन भन्ने महिलाहरु, हिजो आज समुहमा आबद्ध हुन चासो देखाउने गरेका छन् ।

सर्बोदय नेपालले तातोपानी र तिला गाउँपालिकामा गठन गरेका महिला समुहले हरेक विषयमा प्रभावकारी काम गर्दै आएका छन् । महिला समुहकै अगुवाईमा केहि बस्ती छुईगोठ मुक्त घोषणा पनि भएका छन् । भने महिलाको नेतृत्व विकासका साथै क्षामता अभिबृद्धि समेत भएको छ । जजका कारण समुह प्रति ग्रमिण महिलाको लगाब बढ्दै गएको देखिन्छ ।

तत्तकाल गाउँमा थप महिला समुह गठन गर्न सर्वोदय नेपाल लाई महिलाले माग समेत गरेका छन् । शनिवार कुडारी स्वास्थ्य चौकीमा सर्वोदय नेपालको सामाजिक लेखा परिक्षणका अबसरमा समुहमा आबद्ध महिलाहरुले यस्तो माग राखेका थिए । कार्यक्रममा सर्वोदयका कार्यकारी निर्देशक कमलराज खत्रीले वर्ष भरी तातोपानी र तिलाका आफ्ना कार्यक्षेत्रमा १४ लाख बराबरको बजेटमा विभिन्न शिर्षकमा काम गरेको बताए ।

उनका अनुसार २ लाख बराबर बजेट फ्रिज गएको छ । भने, महिलाको जीविकोपार्जन तथा क्षामता अभिबृद्धि, घरेलुह हिसा अन्त्य, आधुनिक घट् निर्माण लगायत महिला मैत्री कामहरुलाई परियोजनाले विशेष महत्व दिएर काम गरेको उल्लेख गरेका थिए । छुईगोठ मुक्त घोषण, तरकारी खाने बानी, घरेलु हिंसा अन्त्य, लैगिंक समानता,हुनु, महिलाको कार्यबोझ घट्नु महिलाको समुहगत कार्यको उपलब्धी भएको कार्यकारी निर्देशक खत्रीको भनाई छ ।

महिला समुह बढाउने मागलाई सम्बोधन गरिने भएको छ । एकता बिना समृद्धी सम्भव छैन् । तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्यायले भनिन, समुह मार्फत सामाजिक काममा लाग्दा जोखिम हबन गर्न पनि सहज हुन्छ । महिलाहरु लाई सामाजिक क्ुरिती विरुद्ध ढिक्का भएर लाग्न समुह गठन गरी विभिन्न कुरामा अभिप्ररित गर्ने सर्बोदय नेपालको प्रसंसा गरिन ।

साथै अबका दिनमा स्थानीय तहले समन्वय गरी काम गर्नेसमेत बताईन । महिला आत्मनिर्भर बन्न संस्थामुखि पनि बन्न नहुने उनको जोड छ । समय सापेक्ष रुपान्तरणमा समुहगत रुपमा महिला लागि परेका छन् । तातोपानी गाउँपालिका ३ नम्बर वडाध्यक्ष डिल्ली रावलले भने, अझै संघर्ष गर्न बाँकी छ । नथाकी, आफै आत्मनिर्भर बन्न सुझाब दिए ।

माग्ने संस्थामुखि प्रबृति अन्त्य बिना महिला समृद्धी अझै हासिल नहुने उनको तर्क छ । महिलाका क्षेत्रमा भएका सम्भावाना हरुलाई अबसरमा बदल्न समुहनै चाहिने रावलको भनाई छ । छरिएर रहेका महिला लाई एकतामा बाध्न समुह गठन संचालनमा स्थानीय सरकार संग विशेष समन्वय गर्न कार्यक्रममा सहभागि अन्य वडाध्यक्षहरुले जोड दिएका थिए । सहजकर्ता धनबहादुर बुढाले समुह मार्फत गाउँमा काम गर्न निकै सहज भएकोे बताए ।

अझै पनि संस्थागत कमीकमजोरी लाई सुधार गरी सबै सरोकारवाला संग् समन्वय सहकार्य प्रभावकारी गरी अघि बढ्नु पर्नेमा जोड दिए । समग्र रुपमा सर्वोदय नेपालले तिला र तातोपानी गाउँपालिकामा संचालन गरेका विभन्नि कामहरु प्रभावकारी रहेको पाइएको छ ।

महिला सशक्तिकरण तथा जीविकोपार्जन सुधार कार्यक्रमले ग्रमिण महिलाको प्रत्यक्ष जीवनमा सुधार ल्याएको स्थानीय महिला माया बुढाले बताईन । शनिवार कुडारी स्वास्थ्य चौकीमा सम्पन्न सर्वोदय नेपालको सामाजिक लेखा परिक्षणमा, जनप्रतिनिधि महिला सहजकर्ता, समुहका महिला, स्वयमसेविका, पत्रकारहरुको सहभागिता रहेको सर्वोदयका फिल्ड सुपरभाईजर तिर्थ रावलले बताए ।

प्रकाशित मिति : २०७५ पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस