
नन्दराम जैसी,
जुम्ला । जुम्लाको तिलागाउँपालिका वडा नम्बर ४ स्थित श्री आधारभुत बिद्यालय नाभिडाँडा साँपुल्लि २०३२ सालमा स्थापना भयो । विद्यालय स्थापना पश्चात भौतिक तथा शैक्षिक क्षेत्रमा विभिन्न समस्याहरु विद्यालयले झेल्दै आएको थियो । भने विद्यार्थी, शिक्षक विद्यालय ब्यवस्थापन समिति र समुदायबिचको समन्वय र सहयोगी सम्बन्ध समेत धमिलो थियो । त्यो बेला भएका कक्षा कोठा, भौतिक संरचना, र शैक्षिक संरचना समेत खल्बलिएका थिए । मुख्यतया समुदाय नै तीन वटा राजनितिक धारमा विभाजित हुन थालेपछि सोहि असर विद्यालयको प्रगतिमा समेत परेको थियो ।
विस्तारै बिधालयमा समेत राजनितिक प्रभाबले समुदायहरु गाँउमा हुने राजनितिक भेला, आमसभा जस्ता कार्यक्रम विद्यालयमै गर्न थाले । पछिल्लो समय समुदायनै सचेत बन्दै गएपछि विद्यालयमा राजनितिक कार्यक्रम हुननदिन, बिद्यालयको भौतिक संरचना तथा शैक्षिक गुणस्तर सुधार ल्याउन गाँउमा अभियान संचालन भयो । २०७४ चैत महिनाबाट वल्र्डभिजन इन्टरनेसनल नेपाल र किर्डाक नेपाल जुम्लाको साझेदारीमा नाभिडाँडा विद्यालयमा शिक्षा परियोजना आन्तर्गत विभिन्न शैक्षिक जागरणका कार्यक्रम संचालन भएपछि विद्यालयका शिक्षकदेखि अभिभावक र विद्यार्थी सबै सचेत बन्दै गएका हुन् । परियोजना फिल्ड अधिकृत नरबहादुर शाहीका अनुसार जुम्लाका १५ बिद्यालयमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम सुरुको लागि आधर परिक्षण गर्ने क्रममा नाँभिडाँडा बिधालयको आउदो अबस्था परिक्षण गर्दा उक्त विद्यालयमा सो कार्यक्रम लागु गर्न आवाश्यक ठहरीएपछि शिक्षा परियोजना अन्र्तगत कार्यक्रम संचालन भएका थिए ।
“शिक्षा नै जीवनको ज्योती हो “बिधालय सरस्वतीको मन्दिर हो” भन्ने ध्ययेका साथ बिद्यालयलाई बालअधिकार मैत्रीपुर्ण बाताबरण सिर्जना गर्न र समृद्धि ल्याउन नाँभिडाँडा बिद्यालय शिक्षा कार्यक्रमका लागि छनौट भइ सो अनुसार बाल समृद्धिका लागि शैक्षिक गतिविधि अगाडी बढाइएको थियो । सोहि क्रममा २०७४ चैतमै पहिलो पटक कार्यक्रमबारे जानकरी बैठक सन्चालन गरियो । उक्त समयमा समुदायको खासै सक्रियता देखिएन । जब विद्यालयमा नियमित शैक्षिक गतिविधि, शिक्षक, अभिभावक भेटघाट कार्यक्रम, अभिभावक सचेतिकरण कार्य शालागोष्ठी, नागरिक आवज र कर्तव्य सम्बिन्धि बैठक, कक्षा कोठा आबोलोकन र पृष्ठपोषणका कार्यक्रम संचालन हुँदै गए । तब सबै सचेत मात्रै भएनन शिक्षा क्षेत्रलाई विकासको पहिलो प्राथमिकता र घरदेखि विद्यालयसम्म बालमैत्रि अधिकारको संरचना निर्माणमा जोड दिन थाले ।
सोहि क्रममा नागरिक आवज र कर्तव्य समिती गठन समेत भयो । उक्त समितिले आवाज बिहिन समुदाय, बिद्यार्थी र शिक्षकको आवज उठाँउदै सबै क्षत्रेलाई कर्तब्यष्टि तथा जबाफदेहि हुन सिकायो, सिक्यो र कार्यान्वयनको चरणमा समेत प्रवेश गर्दै गएको छ । विद्यालय संचालनको बेला पढाई शिबिर समेत सन्चालन हुन्छन् । समितिका सदस्य प्रदिप शाहि भन्छन्, ‘ नागरिक आवज र कर्तव्य बैठकको सिकाई र कार्यान्वयनमा जाँदाको अनुभवका कारण आजभोली हाम्रो समाज, हाम्रो बिधालय खुशी छ । भने काम गरेरै भएपनि हरेक अभिभावक आफ्ना बालबालिकाको शिक्षामा लगानी गर्न उत्साहीत छन् ।’ समुदायका बुद्धिजिवि दिपबहादुर शाहीको पनि उस्तै अनुभव छ । सबै सरोकारवालालाई एकै ठाउँमा बसाली बिद्यालयको भौतिक तथा शैक्षिक सुधारदेखि नीती नियमबारे जानकारी दिएर जबाफादेहि बनाउन भुमिका खेलेकोमा किडार्क नेपाल जुम्ला र वल्र्डभिजनलाई उनले धन्यवाद ब्यक्त गरे ।
कस्तो छ, अहिले नाँभिडाँडा
विस्तारै बन्दै गएको घरदेखि विद्यालयसम्म बालमैत्री बातावरणले नाभीडाँडा आधारभुत साँपुल्लिमा अध्ययनरत बालालिकाको अहिले पढाई गुणस्तर सुध्रीदै गएको छ । विद्यालयमा बालमैत्री पढाई, खेल, उदाहरण तथा विभिन्न शैक्षिक तथा मनोरञ्जनका क्रियाकलद्धारा बाल समृद्धि ल्याउने कार्य समेत भैरहेको छ । भने तिनै बालबालिकाको लागि प्रत्येक घरघरमा अभिभावकहरुले संभव भए घरको छुट्टै कोठा वा नभए एउटै कोठाको एउटा कुनामा पढाई कक्षाको ब्यवस्थापन गरी सजिलै पढ्ने बातावरण मिलाएका छन् । पहिले पहिले साँपुल्लि गाँउका विद्यालय नजाने बालबालिकाहरु समेत अचेल सहजै विद्यालय जान्छन् । पहिले कखरा नजान्नेले पनि अहिले सजिलै अक्षर चिन्न सक्ने भएका छन् । बालबालिकालाई विद्यालयमा शिक्षक, शिक्षिकाले होमवर्क दिने र त्यो होमवर्क आफ्नो बालबालिकाले गरे नगरेको बिषयमा घरमा आएपछि ललाईफकाई गरी सोध्ने बुझ्ने गरेको अभिभावकहरु बताउँछन् ।
सांकेतिक चिन्हको सहायता
नाभिडाँडा विद्यालयमा बालबालिकालाई शौचालयको प्रयोग र खानेपानी धारामा पहुँच वृद्धि गर्न, हात तथा खुट्टाको चित्र बनाइएको छ । शौचालय जानका लागि खुट्टाको चित्र बनाइएको छ । धारामा हातको चित्र कोरिएको छ । जसले सहजै रुपमा बालबालिका शौचालय जान्छन् र धारामा हात धुन्छन् भन्ने परिकल्पना अनुसार सांकेतिक चिन्ह कार्यक्रम प्रभावकारी बनेको हो । हरेक दृष्टिकोणबाट बालबालिकाको समृद्धि तथा शिक्षाका लागि काम भैरहेको प्रधानाध्यापक मान बहादुर शाहिले बताए । उनका अनुसार अधिंकाश विद्यार्थी पहिले शौचालय हुँदा पनि खुल्ला रुपमा दिसापिसाब गर्थे भने खानेपानीको धारा मैत्रीपूर्ण नहुँदा त्यसको पहुँचमा पनि थिएन । ज्ञानको अभावले कुनै अप्ठ्यारो नमानी शौचालय छोडी बाहिर दिसापिसाब गर्नु बालबालिको गल्ती भएपनि उनीहरुलाई बुझाउन नसक्नु विद्यालयको कमजोरी थियो । कतिपय छात्राहरु महिनावारी हुँदा विद्यालय समेत जाँदैन थिए ।
तर, किर्डाक नेपालको शिक्षा कार्यक्रमले शौचालयसहित खानेपानी र हात धुने बानीको विकास गर्न सांकेतिक चिन्ह बनाएपछि बालबालिकाको आनीबानीमा सुधार आएको छ ।’ संकेतका आधारमा पनि विद्यार्थी शौचालय जान थालेका छन् । शौचालयबाट आएर धारामा हात धुने पानी पिउने बानीको विकास भएको छ । विद्यालयमा फोहोर फाल्ने वा जलाउने खाल्डो, आवाश्यक भौतिक संरचना, खानेपानी, सौचालय लगाएत निर्माण भएका छन् । भने आगामी दिनमा अन्य विद्यालयमा थप क्रियाकलाप हुँदै जाने शिक्षा परियोजनाले जनाएको छ ।