लक्ष्मीकन्या बुढाको “कर्णालीमा महिला” पुस्तक बिमोचन

                                                                         कर्णालीका महिला गर्भबाटै हिसांमा

सागर परियार
महिला अधिकारकर्मी तथा राजनीतिकर्मी, लक्ष्मीकन्या बुढाको कर्णालीमा महिला भाग २ नामक पुस्तक बुधबार बिमोचन गरिएको छ । जुम्लाका सयौ हिंसा पिडित महिलाको उपस्थितीमा पुस्तकको औपचारिक विमचोन गरिएको हो । कर्णालीका महिलाले द्धन्द्ध कालदेखि आज भोगिरहेका विभिन्न पिडाहरुलाई पुस्तक मार्फत देखाइएकोले, महिलाको सहभागितामा पुस्तक लोकाअर्पण गरिएको हो । गुठिचौर ३ मा २०४५ सालमा जन्म भई, दश वर्षे जनयुद्ध देखि विभिन्न आन्दोन तथा महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी एक अधिकारकर्मी हुन् । उनले स्वयम महिला अधिकार कर्मीनै, हिंसाको चपेटामा किन छन भन्ने कुरा गम्भीर विषय बनेको बताईन ।

महिला संग सम्बन्धीत घटनाहरु दैनिक बढ्नुले महिला मुक्तिका नारा मात्र सिमित रहेको उनको भनाई छ । क्षामतावान महिलाको सम्मान छैन्, कर्णाली सहित देशका सबै महिलाहरुले कस्तो जीवन विताईरहेका छन् भन्ने विषयमा केन्द्रित रहेको बताईन । महिला मैत्री कानुनका कुरा पनि समाबेश गरिएको छ । पृत्तीसत्ताक पुरुष बादी सोचले भरिएकी महिला भएकै कारण, देशमा महिला आन्दोलन सफल हुन नसकेको दाबी गरिन । जब सम्म महिला समृद्ध हुनसक्दैनन्, तब सम्म सुखी नेपाली समृद्ध नेपाल हुन नसक्ने उनको भनाई छ । महिला हिंसा विरुद्ध अन्तिम अभियानका लागि आफ्नो पुस्तकले अभिप्रेरित गर्ने बताईन ।

बहुविबाह कानुनले दण्डनीय गरेपनि स्वयम महिलाले पुरुष छोड्नेहरुको संख्या बढेको छ । टोप्ला, गज्र्याकोट, सिंजा, डाँडाकोट लगायतका क्षेत्रमा बहुबिबाह बढेको छ । महिला हिंसा मुक्त जुम्ला घोषणाको लागि पुस्तक निकै फलदायी रहेको बताईन । उपाध्यक्ष उपमेयर महिलाका न्यायधिष हुन्, महिला मैत्री कानुन अझै बनाउन नसेको भन्दै गम्भीर हुन ध्यानकर्षण गराईन ।

महिला अब फुटेर हैन जुटेर अघि बढ्न सुझाब दिईन । उनले भनिन, सुन्दर कर्णालीको जिम्मेबारी महिलामा छ । पारिवारिक अन्तरविरोधले सबै भन्दा कर्णालीका महिला पिडित भएका छन् । महिला मुक्तिका लागि महिला जुट्नु पर्ने । सम्पत्तिमा, महिलाको हब बढाउनु पर्नेमा पुस्तकले जोड दिएको बताईन ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जुम्ला कर्णाली र समग्र देशको महिलाको वर्तमान अबस्था तथा भावी रणनितिको विषयमा प्रतिनिधित्व गर्ने बताए । कर्णाली किन पछि पर्यो, कर्णालीको विकास र समृद्धीका लागि परेको बाधा समेटीएको उल्लेख गरे । झण्डै ७५ प्रतिशत कर्णालीका महिलाको दिनचर्यामा फेरबदल भएको छ । । पुस्तक पढौ जीवन बदलौ भन्दै, कर्णालीका महिला हिंसा बाट मुक्त हुन, आफ्नो घरबाट शुरुवात गर्न सुझाब दिए ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले कर्णालीमा महिला पुस्तकलले कर्णालीका महिलाको प्रतिबिम्ब देखाएको बताए । नीति निर्माण तथा कार्यान्वयनमा जोड दिदै, कर्णालीका महिला लाई शसक्तिकरणको बाटोमा डोराउनु पर्ने जिम्मेवारी स्थानीय सरकार संग रहेको उनको भनाई छ । महिला आन्दोलन बहुआयामिक विषय हो, त्यसका लागि तीनै तहका सरकार नै गम्भीर हुनु पर्छ ।

अपराधमा शुन्य सहनशिलता र महिला लाई प्रथामिकता दिने अभियान शुरु गरिएको छ डिएसपी सिताराम रिजालको भनाई छ । यता हिमा गाउँपालिकी उपाध्यक्ष हिमाली रोकायाले महिला हिंसा अन्त्यका लागि घरबाटै शुरु गर्नु पर्नेमा सुझाब दिईन । चेतना बृद्धिमा स्थानीय सरकारले लगानी गर्छ, महिला मैत्री कानुन तयार गर्ने उनको दाबी छ .

कर्णालीका महिला गर्भबाटै हिसांमा

पुस्तक विमोचन कार्यक्रममा महिला अधिकारकर्मी भगवती श्रेष्ठले कर्णालीका महिला गर्भबाटै हिंसामा परेको दुखेसो गरिन, गर्भमै चेकजाँच गरेर, छोरी भए, पतन गराउने र छोरा भए जन्माउने समस्या बढ्दै गएको छ । यस विषयमा महिलाहरु शसक्त भएर बढ्न पनि सकेका छैनन् । पुस्तककले पुरुषबादी सोचले महिलाले भोगिरहेको कष्टलाई यर्थात चित्रण गरेकोले सबैलाई अध्यायन गर्न आग्रह गरिन ।

४÷५ छोरी भईसक्दा पनि छोरा जन्माउनु पर्ने बाध्यताले कर्णालीका महिला उत्पादनको सामानका रुपमा प्रयोग हुदै आएको महिला पत्रकार कृष्णमाया उपाध्यायले बताईन । उनले भनिन, छोरा नपाए, घर निकाला गर्ने, नागरिकता नदिने, गालीगलौज गर्ने जस्ता समस्या विद्यानै रहेका छन् । छोरी भए, गर्भबाटै भ्रुण हत्या गर्ने व्यक्ति तथा परिवार लाई कानुन अनुसारको दण्डनीय सजाय बढाउनु पर्नेमा उनले जोड दिईन ।

लिंग पहिचान गरी, गर्भ पतन गराउने समस्या कर्णालीमा बढ्दै गएको छ । छोराछोरी बीचको भेदभाव अझै कायमै छ । पुरुषबादी सोचले महिलाको शारिरिक अबस्था निकै खष्कदो अबस्थामा छ । गर्भबाटै महिलामा हुने हिंसाको अन्त्यका लागि स्थानीय सरकारले कडा कानुन बनाउने, उपाध्यक्ष हिमाली रोकायाको प्रतिबद्धता छ । हिमा गाउँपालिकामा महिला हिंसा अन्त्यको अभियानै शूरुवात गरेका छौ, विभिन्न खाले हिंसा न्युनिकरणका लागि योजनात्मक हिसाबले अघि बढ्ने उनको भनाई छ ।

महिलाको हिंसा र कानुनी सेवा

घरेलु हिंसा, घर निकला, गाली बेईज्जती, मानसिक यातना, नाता कायम नभएको, श्रीमानले नागरिकता दिन नमानेको, यौनजन्य दुव्र्यव्यवहार, सामाजिक संजाल बाट हिंसा लगायतका विभिन्न खाले हिंसाबाट कर्णालीका महिला पिडित रहेका छन् । अधिंकाश हिंसाका घटनाबको उजुरी आउदैनन् । आएकाले पनि समयमै न्याय पाउदैनन् ।

अधिवक्ता देबेन्द्रराज शर्माले भने, देशमा कानुन कम भएको, तर कार्यान्वयन भने फितलो भएकोले समस्या भएको बताए । महिला अधिकार प्रत्याभुत गराई, शसक्तिकरण तथा गरिबी निवारण गर्ने सरकारको योजना छ । तर कार्यान्वयन गर्ने व्यक्ति समुदाय सरोकारवाला कमजोरी रहेको उनले बताए । गत आर्थिक वर्षको अन्तिम सम्म ४४ जनलाई कानुनी सेवा गरिएको र जिल्ला सेवा केन्द्रबाट ५१ जनालाई पारिवारिक पुनर्मिलन गराईको उनले बताए ।

भने, यस आर्थिक वर्षको हाल सम्म झण्डै २१ ज्ना महिला लाई कानुनी सेवा दिइएको छ । कुटपिट १२, गाली बेईज्जती २, आर्थिक हिंसा १, नाता कायम २, कर्तव्य इान मार्ने दबाब दिने, २ जना, अलपत्र, १ गरी २१ ज्ना लाई सेवा गरिको छ । जुम्लामा बालविबाह ५० प्रतिशत अझ कायमै छ । तर जिल्ला प्रहरी कार्यालयमा बालबिबाहका उजुरी शुन्य रहेको बताए । घरेलु हिंसा ४३ वटा मदिरा पर्दाथ सेवन, २२ गरिबी, ७ लगायत सयौको संख्यामा हिंसा भईरहेका छन् ।

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस