
मानदत्त रावल,
जुम्ला । मध्य कर्णाली जलाशय क्षेत्रका स्थानीय तहले माछा व्यवस्थापन निर्देशिका बनाएको छ । माछाको दिगो सदुपयोग तथा संरक्षण गर्नका लागि व्यवस्थापन निर्देशिका बनाएको हो । मध्यकर्णाली जलाशय क्षेत्रमा पर्ने स्थानीयतह नरहरीनाथ गाउँपालिका, कालिकोट, आठविस नगरपालिका दैलेख, आठबिस गाउँपालिका दैलेख, कमलबजार नगरपालिका अछाम, तृर्मखाँद गाउँपालिका दैलेख र यूएसआईडीको सहयोग तथा रिसोर्सेस हिमालय फाउण्डेशन नेपाल र सर्बाेदय नेपाल जुम्लाको प्राविधिक सहयोगमा माछा व्यवस्थापन निर्देशिका बनाएको हो । स्थानीय तहमा जलवायू लचिलो जिविकोपार्जनका लागि मध्य कर्णाली जलाशय क्षेत्रमा माछा संञ्चयनका लागि स्थानीय दिगो रणनीति निर्माण कार्यक्रम अन्र्तगत माछा व्यवस्थापन निर्देशिकाको मस्यौदा माथि स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला निकायहरुबीच छलफल गरी निर्देशिका तयारी गरिएको हो ।
रिसोर्सेस हिमालय फाउण्डेशन नेपालका कार्यक्रम टिम लिडर डाक्टर कमल अधिकारीले माछाको दिगो सदुपयोग तथा संरक्षण गर्नका लागि माछा व्यवस्थापन निर्देशिका तयार गरी मध्य कर्णाली जलाशय क्षेत्रका गाउँत थानगरपालिका लाई हस्तान्तरण गर्ने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयोे निर्देशिका मस्यौदा माथि स्थानीयतहको सहभागितामा छलफल गरी आएका सल्लाह सुझाब समाबेश गरी पुर्णरुप दिएर नगर तथा गाउँपालिकालाई निर्देशिका हस्तान्तरण गरिएको छ । वातावरणीय कानुनविद् विष्णु थोकरले गाउँ तथा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी र माछा कृषकहरुसँग माछा व्यवस्थापन निर्देशिका मस्यौदा माथि समुहगत रुपमा छलफल गरी आएका राय सल्लाह, सुझाब निर्देशिकामा समाबेश निर्देशिका तयार गरिएको बताउनुभयो । उहाँले भन्नुभयोे माछा दिगो रुपमा सदुपयोग गर्नका लागि स्थानीय तह तथा सरोकारवालाले यसको संरक्षण गर्नुपर्ने आवश्यक रहेको छ । माछा सामाजिक तथा धार्मिक कार्यमा प्रयोगमा आउने भएकोले आजमात्र सदुपयोग गर्नु भन्दा भोलि आउने सन्ततीहरुका लागि पनि आवश्यक पर्ने भएकोले यसको संरक्षण गर्न आवश्यक छ ।
तृर्मखाँद गाउँपालिकाका उपाध्यक्ष अमृता बुढाले जलीय जीवजन्तुलाई संरक्षण गर्नुपर्ने सवैको कर्तव्य रहेको बताउनुभयो । स्थानीय तहक गाउँ तथा नगरपालिकाले जलीय जीवजन्तु संरक्षण सदुपयोग गर्नका लागि यस निर्देशिकाले महत्वपुर्ण मार्ग निर्देशन गर्ने भएकोले कार्यन्वयनमा ल्याउने उहाँले प्रतिबद्धता गर्नुभयो । यस कार्यक्रमले स्थानीय तहका जनप्रतिनिधि तथा आम नागरिकलाई माछा संरक्षण गर्न उत्प्रेरित गरेको छ । ठाँटीकाँध गाउँपालिका अध्यक्षधिर बहादुर शाहीले जलीय जीवजन्तुको संरक्षण र सदुपयोग गर्न यस निर्देशिकाले मार्गनिर्देश गर्ने बताउनुभयो । उहाँले यस निर्देशिकालाई गाउँकार्यपालिकाबाट पास गरेर स्थानीयतहको राजपत्रमा प्रकाशन गरी कार्यन्वयनमा ल्याउने प्रतिबद्धता गर्नुभयो ।