हस्त बुढा,
जुम्ला । पातारासी गाउँपालिकामा गुणस्तरी शिक्षाका लागि विद्यालयमा पटक पठक अनुगमन हुने गरेको छ । वल्र्ड भिजनको सहयोग किर्डाक नेपाल जुम्लाद्धारा संचालित शिक्षा परियोजना अन्र्तगत पातारासी गाउँपालिका क्षेत्रमा विभिन्न विद्यालय अनुगमन गरिएको हो । परियोजना लागु भएका पातारासीका विद्यालयहरुमा के कस्ता काम भईरहेका छन् र अनुगमन मापदण्ड के छ भन्ने विषयमा सरोकारवालाको सहभागितामा छलफल गरिएको छ । परियोजना पातारासीका ४,५,६ र ७ वडामा संचालित छन् ।
विद्यालयमा गुणस्तरिय शिक्षाका लागि आवश्यक सामाग्री सहयोग, पुर्ननिर्माण लगायातका काम गरिरहेको छ । अनुगमनको क्रममा परियोजना मार्फत विद्यालयहरुमा रहेका विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न समेत सहज भईरहेको पाईएको छ । परियोजनाले विद्यार्थीको स्तर अनुसार समुह बनाएर अध्ययपन गराईहेको छ । बालमैत्री धारा, पढाई शिविर संचालन, शिक्षक र अभिभावकको भुमिका मजबुत बनाउने लगायतका काम गरिरहेको पाईएको हो ।
आधारभुत विद्यालयका वि.व्य.स अध्यक्ष पातारासी गाउँपालिका ६ बाताका स्थानीय तिरबिर महताराले अहिले पनि सरकारी संयन्त्र नपुगेको र शिक्षा परियोजनाले गुण्स्तरिय शिक्षा आर्जनको लागि सहयोग गरेको भन्दै खुसी व्यक्त गरे । अहिले सम्म सरकार पुगेको छैन, पहिला हामी केहि भन्न पनि नसक्ने अवस्था थियौ, उनले भने, अहिले भने आफ्नो बालबालिकाको भविश्यको विषयमा सोच्न सक्ने भएका छौ । विद्यालयका प्रधानाध्यपक तुलसिंह महताराले विद्यालयमा अभाव भएका कुरा सस्थाले सहयोग गर्दा अध्ययनमा सहजता आएको बताए । अहिले हामीलाई निकै राहात पुगेको छ उनले भने, आगामी दिनमा यस्तो सहयोगको अपेक्षा गरेका छौ ।
नागरिक समाजका अध्यक्ष विर बहादुर महताराले जुम्लामा सडक नहुदा पनि स्थानीयको सहकार्यमा शिक्षाको विजारोपण गरेको बताए । उनका अनुसार अहिले भने घर वरिपरी नै विद्यालय भएकोले केहि सहज भएको उनको भनाई छ । वडा सदस्य कुसुमकली बुढाका अनुसार विद्यालयका रहेका तमाम अभावका वीच विद्यालयमा सहयोगको लागि पहल गरिएको बताईएको छ । साझेदारी सस्थाको तर्फबाट फिल्ड सुपरभाईजर गंगा महतले २०१८ देखी संचालनमा आएको परियोजनाले जुम्ला जिल्लाका कार्यक्रम लागु भएका विद्यालयमा नमुना बनाउने बताईन् । अनुगमनमा जिल्लास्थित सरोकारवालाको सहभागिता रहेको थियो ।