जुम्लामा प्रहरी प्रतिक्षालयबाटै ‘डिजिटल सुचना’

नन्दराम जैसी,

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले जनचेतनामुलक सन्देश प्रवाहका लागि डिजिटल सुचना प्रशारण गर्न थालेको छ । केहि दिन अघिदेखि जिल्ला प्रहरी कार्यालय परिसरको प्रतिक्षालयबाटै शुरु गरीएको डिजिटल सुचना प्रवाह कार्यका बिषयमा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो । डिजिटल सुचना प्रवाहका लागि प्रतिक्षालयमा एलईडी टिभि सहित ब्याकपको ब्यवस्था गरीएको छ । कामका लागि प्रहरी कार्यालयमा आउने जो सुकै ब्यक्तिले प्रतिक्षा गर्नुपर्दा सो अवसरमा प्रहरीले दिने सेवा तथा ट्राफिक नियमबारे सन्देश मार्फत जानकारी लिने गरेका छन् ।

डिएसपि सिताराम रिजालका अनुसार आगामी दिनमा प्रोजेक्टर मार्फत बजारका मुख्य क्षेत्र तथा मानिसको धेरै भिडभाँड हुने स्थानमा गएर प्रहरीले डिजिटल सन्देश प्रवाह गर्ने तयारी गरेको छ । साथै प्रहरी कार्यालयको नागरीक वडापत्र र बालबिवाह, बालश्रम, मानव बेचबिखन लगाएतका अन्य सुचना समेत प्रहरीले डिजिटल मार्फत प्रवाह गर्ने प्रहरी गरेको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस