सागर परियार
“पहिला स्कुल बाट घर भागेर जाने बालबालिकाहरु हिजो आज प्रारम्भीक पढाई कार्यक्रमको संचालन पश्चात घरदेखि भागेर विद्यालयमा आउने गरेका छन् ।”
पातारासी गाउँपालिका ५ माथि लोर्पाका ४ वर्षिय लोकेन्द्र बोहोरा कक्षा २ मा पढ्छन् । १० बजे विद्यालय जाने र ११÷१२ नबज्दै घर भागेर आउने उनको बानी परेको थियो । घर नजिककै शंकर आधारभुत विद्यालयमा पढ्ने लोकेन्द्र बोहोरा कुनै दिन पनि १० देखि ४ बजे सम्म स्कुलमा बस्दैनथे । सधै घर भागेर आउने बानीले उनको पढाई समेत प्रभावित भएको छ । भने, अर्का ३ वर्षिय बालक हेमन्त बोहोरा पनि दैनिक स्कुलबाट भागेर घर गरेको उनकी आमा सुनकली बोहोरा बताउन्छन् । हेमन्त कक्षा १ मा पढ्थे ।
जति स्कुल जान भनेपनि, मान्थेन आमा बोहोराले भनिन, जति फकाएपनि नमान्ने सधै भागेर आउँदा कसरी स्कुल पठाउने भन्ने चिन्ताले सताउने गरेको उनको भनाई छ । एक वर्ष पहिले लोकेन्द्र, हेमन्त, शुसिला, विपना लगायत धेरै बालबालिकाको समस्या यस्तै थियो । अभिभावकहरुमा भएको चेतनाको कमीले आफ्ना छोरा छोरी प्रति त्यति गम्भीर देखिदैनथे ।
फोटो क्याप्सन ः आधारभुत विद्यालय लुमका विद्यार्थी ः तस्बिर ः सागर परियार
तर गाउँ गाउँमा संचालन भएको प्रारम्भीक पढाई कार्यक्रमले गर्दा पहिला भागेर जाने बालबालिकाहरु अहिले विद्यालयको पहुँचमा पुगेका छन् । माथि लोर्पा गाउँका सम्पुर्ण बालबालिका अहिले विद्यालयमा छन् । झण्डै २ बढि घरधुरी रहेका लोर्पा गाउँका सम्पुर्ण बालबालिका विद्यालयमा भर्ना भएको शंकर आधारधुत विद्यालयका प्रअ दान बहादुर बुढाले बताए ।
हिले पातारासी गाउँपालिकाको साक्षरता दर ४० प्रतिशत मात्रै छ । अझै ६० प्रतिशत साक्षरता दर हासिल गर्न दशौको लाग्न सक्ने चिन्ता यहाँका सरोकारवालाहरुमा छ । सानै देखि विद्यालय बाट भागेर जाने विद्यार्थीहरुको बानी सुधार गर्न, उनिहरुको रुचि चाहाना अनुसारको पढाई गर्न, तथा विद्यालय भन्दा घरबाट भागेर विद्यालय आउने वाताबरण बनाउनु पर्ने सरकारको पनि धारणा हो । तर यहि धारण तथा सरकारी लक्ष्य लाई ईटा थप्दै, वल्र्डभिजन र किर्डाक द्धारा पातारासीमा संचालित प्रारम्भीक पढाई कार्यलयले बालबालिकाई सिकाई बृद्धिमा महत्वपुर्ण भुमिका खेलेको छ । प्रारम्भीक पढाई कार्यक्रम कर्णाली प्रदेशका सुर्खेत र डोल्पामा सरकारले संचालन गरेको छ ।
किर्डाका दिपराज रावतले भने,जुम्लामा वल्डर्भिजन, किर्डाकले संचालन गरेको छ । बालबालिका प्रति अभिभावकलाई जिम्मेबार बनाउने तथा बालबालिकाको सिकाई बृद्धि गर्ने कार्यक्रमको लक्ष्य रहेको किर्डाका जिल्ला संयोजक रेशम शाहिले बताए । उनले भने, अझै पनि बालबालिका प्रति अभिभावकहरु गम्भीर देखिदैनन,जसले पछि गएर समस्या हुन सक्छ, त्यसैले बाल सिकाई बृद्धि सहित अभिभावक शिक्षा पहिलो प्रथामिकतामा छ ।
फोटो क्याप्सन ः शंकर आधारभुत विद्यालय माथि लोर्पामा अनुगमन गर्दै सरोकारवाला ः तस्बिर ः सागर परियार
प्रारम्भीक पढाई प्रभाकारी बन्यो
विद्यालय देखि दैनिक भागेर घर जाने, घरमै धुलोमाटो खेल्न रुचाउने, तर विद्यालयमा एक घण्टा बस्न नसक्ने यहाँका सयौ साना बालबालिका हिजो आज एकाएक घरदेखि भागेर विद्यालय आउन थालेका छन् । यहाँका अभिभावहरु पनि अचम्ममा परेका छन् । एक स्थानीय अभिभावक जालकली बुढाले भनिन, पहिले त स्कुल जाउ भनेर भन्नु पथ्र्यो, तर अहिले विहान हुदै, हातमुख धोएर, ड्ेस लगाएर, झोला बोकेर स्कुल जान तयार हुँदा निकै खुसी लाग्ने गरेको सुनाईन ।
घरकै कामकाजले कहिले काहि खान बनाउन ढिला हुन्छ, तर खान नखाएपनि, ढिला हुने डरले भागेर स्कुल जाने गरेको उनको भनाई छ । घरदेखि विद्यालय भागेर जाने अबस्था कसरी आयो ? भन्ने एक प्रश्नमा पढाई केन्द्रकी सहजकर्ता उमा बोहोरा भन्छन, यसको एक वर्ष पहिले विद्यालय बाट घर भागेर आउने कुरा सत्य यर्थात नै थियो । तर अहिले विद्यालय आफै जाने अबस्था सृजना प्रारम्भीक पढाई कार्यक्रमले गरेको उनको दाबी छ ।
फोटो क्याप्सन ः शंकर आधारभुत विद्यालयमा सांकेति चिन्ह राखि निर्माण गरिएको मैत्रीपुर्ण धारामा पानी पिउदै विद्यार्थी ः तस्बिर ः सागर परियार ।
बालबालिका लोभिने पढाई कस्तो ?
किर्डाक नेपालले जुम्लाका विभिन्न गाउँमा पढाई केन्द्र संचालन गरेको छ । बालबालिको सर्वाणि विकासका लागि विभिन्न माध्यमबाट पढाई हुने गर्दछ । पढाई केन्द्रमा बालबालिकाहरु आफ्नै क्षामता अनुसारको क्रियाकलपा गर्न बेस्त हुने वाताबरण छ । बालबालिकाले बुझ्ने गरी, कथा, गित, कहानी, स्थानीय स्रोत साधानहरुको माध्यम बाट अभ्यास गराई पढाउन्छु, सहजकर्ता,उमा बोहोराले भनिन, हप्ताको शनिबार मात्रै पढाउन्छु ।
अहिले दैनिक विद्यार्थीहरु बढ्दैछ्न, झण्डै ४० जना बालबालिका प्रत्यक शनिवार पढ्न आउने गर्दछन् । अभ्यास पुस्तीका मार्फत चित्रद्धारा पढाउन लगाउने गर्दा निकै खुसी हुनछन् । भने यदि निदाउन चाहेमा पनि आनन्दले सुताउने व्यववस्था छ । त्यसका साथै, विभिन्न किसिमका घरेलु सामाग्रीहरु निर्माण गरी उनीहरुका बारेमा भन्न लगाउने गर्दछु ।
पढाई केन्द्रमा बालबालिको चाहाना अनुसार दैनिक स्वतन्त्र खेल, गित गाउने, विषय वस्तुको बारेमा जानकारी, कथा भन्ने, सुनाउने, क्रियाकलाप, सामग्री बनाउने, नाच्ने, लगायत सात चरणमा पढाउने गरिनन्छ । ९० मिनेट पढाउने भएता पनि बालबालिका संग रमाउदै घण्र्टा समयकाृ गएको थाहा नहुने सहजकर्ताहरु बताउन्छन् । घरदेखि विद्यालय भागेर जाने वाताबरण सृजना गर्ने प्रारम्भीक पढाई कार्यक्रम हो । उनले भनिन, प्रत्यक शनिवार गाउँमा पढाएको प्रभाव बालबालिकाले विद्यालयमा गएर देखाउने गरेका छन् ।
किनकी, किर्डाकले पातारासी क्षेत्रका विभिन्न विद्यालयमा प्रारम्भीक पढाई कार्यक्रम लागु गरेको छ । जसले गर्दा, नमुना विद्यालय घोषणा गर्ने लक्ष्य रहेको समेत रहेको छ । जुन लक्ष्य नजिक पातारासीको शंकर आधारभुत विद्यालय पुगिसकेको छ । नमुना विद्यालय ४५ सुचक मध्य ३० सुचक पुरा गरीसकेको छ ।
फोटो क्याप्सन ः किर्डाकद्धारा आयोजित संयुक्त अनुगमनमा सहभागी सरोकारवालाहरु ः तस्बिर ः सागर परियार
२५ वटा पढाई शिविर संचालन
किर्डाक नेपालको शिक्षा परियोजना अन्तरगर्त जुम्लाका पातारासी, तातोपानी, सिंजामा विभिन्न गतिविधि भईरहेका छन् । जसले गर्दा शिक्षा क्षेत्रको उन्नयनका लागि महत्वपुर्ण भुमिका खेलेको नागरिको विश्वास छ । जसमा बालबालिकाको सिकाई बृद्धिका पातारासी गाउँपालिका भरि २५ वटा पढाई केन्द्र संचालनमा रहेको शिक्षा परियोजना संयोजक दिपराज रावतले बताए ।
उनका अनुसार पढाई केन्द्रलाई पिपि फर्म, कार्पेट, ६० प्रकारकार विभिन्न, कथा समेटीका किताब सहयोग गरेका छौ । भने, बेला बेला अभिभावक शिक्षा पनि प्रदान गरिएको उनको भनाई छ । आफ्ना बालबालिका प्रति जिम्मेवार बनाउन अभिभावक शिक्षा लाई विशेष महत्व दिइएको हो । २५ जना सहजकर्ताले प्रत्यक शनिबार बालबालिकालाई पढाउने गरेकी छन् । एक पढाई केन्द्रमा कम्तीमा पनि २० जना बालबालि पढ्न आउन्छन् ।
फोटो क्याप्सन ः अनुगमनका क्रममा प्रथानामा सहभागी आधारभुत विद्यालय लुमका विद्यार्थी ः तस्बिर ः सागर परियार
पढाई केन्द्रमा पढेदेखि बालबालिका सजिलै विद्यालय जाने आउने गरेका छन् । पढाई केन्द्रका साथ साथै विद्यालय हरुमा पनि प्रारम्भीक पढाईका अबधाराणाहरु लागु गरिएकाले विद्यालय जान बालबालिका निकै उत्साहित हुने गरेको शंकर आधारभुत विद्यालयका प्रधानाध्यापक हरि बहादुर बुढाले बताए ।
वल्र्डभिजन तथा किर्डाक नेपाल र काष्डाद्धारा संचालित शिक्षा तथा कृषि परियोजनाका विभिन्न कार्यक्रमहरुको जिल्ला स्थित सरोकारवालाको सहभागितामा बुधबार पातारासी क्षेत्रमा संयुक्त अनुगमन गरिएको छ । अनुगमनका क्रममा प्रारम्भीक पढाई कार्यक्रमको प्रभावकारीले स्थानीय नागरिक निकै खुसी भएको पाइएको थियो ।
सागर परियारले तयार पारेको अनुगमनमा आधारित रिर्पोट