
सागर परियार
तातोपानी ६ का १३ वर्षीय रवि खड्का जुम्लाको रेडियो कर्णालीमा बाल बालिकाका विषयमा समेटिएको रेडियो कार्यक्रम बाल बाटिका संचालन गर्छन् । दुर्गा मावि लाम्रामा कक्षा ९ मा अध्ययनरत खड्काको पछि पत्रकार बन्ने ठुलो चाहाना छ । उनी जस्तै सोही विद्यालयमा कक्षा आठमा अध्ययनरत कर्ण कामी पनि रेडियो नारी आवाज जुम्लामा बालकालिका सम्बन्धि चेतना मुलक कार्यक्रम चलाउने तयारीमा छन् ।
आफु संगै पढ्ने साथी रेडियोमा कार्यक्रम चलाउने भएपनि यहाँका बालबालिकामा पत्रकाकारिता प्रति मोह बढ्दै गएको पाईन्छ । रेडियोमा बोल्ने र पत्रिकामा समचार लेखेर बालबालिकाको हक अधिकार संरक्षण र्गे तथा समाज सुधारमा योग्दान पुराउने यहाँका रवि कर्ण जस्ता सयौ बालबालिकामा जागर पलाएको छ । बिद्यार्थीमा बाल पत्रकारिता सम्बन्धि चाहना देखेर जुम्लाको दुर्गा मावि लाम्राले बाल पत्रकारिता सम्बन्धि अभिमुखिकरण समेत सम्पन्न गरेको छ । बालबालिकामा देखिएको पत्रकारिता प्रतिको रुचिलाई उचित कदर गर्दै बाल पत्रकारिताको अभिमुखिकरण गराइएको प्रअ प्रेम बहादुर शाहिले बताए ।
अभिमुखिकरणमा सहभागि ४० जना बढि बालबालिका सहभागि थिए । सहभागी बालबालिकाले आफु भविष्यमा पत्रकारिता गर्न चाहेको उल्लेख गरे । कार्यक्रममै एक जना बालकले कार्यक्रम संचालक भएर पनि देखाए । जिल्ला मै पहिला पटक आयोजना गरिएको बाल पत्रकारिताको अभिमुखिकरणमा बालबालिको पत्रकारिता सम्बन्धीका प्रश्न सुनेर शिक्षक तथा प्रशिक्षक निकै खुसी भएका थिए । जसमा पत्रकारिको मोह झल्किएको थियो ।
अभिमुखिकरणमा सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा सगिंता कामीले आफु भविष्यमा पत्रकारिता गर्न चाहेको बताईन् । उनले पनि प्राक्टीकल गरेर देखाईन । पत्रकारिताको माध्यमबाट समाज सेवा गर्ने मेरो लक्ष्य छ, उनले भनिन्, विषेश गरि महिलाका विषयमा केन्द्रीत रिपोटिङ्ग गर्ने छु । समाजमा छाउपढि,छुवाछुत लगायतका कुरिती अन्त्य गर्न समाजमा चेतना फैलाउछु । उनका अनुसार बालबालिकाले पनि अवसरमा पाएमा समाज रुपान्तरणमा भुमिका देख्न सक्दछन् ।
बिद्यार्थी कै सक्रियतामा आयोजना गरिएको अभिमुखिकरणमा बोल्दै विद्यालयका शिक्षक धनविर परियारले बालबालिकालाई उनीहरुको चाहना अनुरुप अवसर दिएमा सोचेको सफलता हासिल गर्न सक्ने बताए । बालबालिका मुखी सिर्जनात्मक खालका कार्यक्रम स्थानीय तहले पनि गर्नु पर्ने उनको धारण छ । अभिमुखिकरणमा समाचार लेखन, रेडियो कार्यक्रम संचालन भित्रे पत्रिका प्रकाशन लगायतका विषयमा प्रशिक्षण गराईएको थियो ।
बाल पत्रकारिता क्लव गठन
जुम्लामै मै पहिलो दुर्गा मावि लाम्रामा बाल पत्रकारिता क्लब गठन गरिएको छ । दुर्गा माविका बालबालिकाको सक्रियता, विद्यालयको समन्वय र जिल्लास्थित क्रियाशिल पत्रकारहरुको सहभागितामा क्लव गठन गरिएको हो । दुर्गा माबिका विद्यार्थी जगदिश चौलागाईको अध्यक्षतामा २० सदस्सीय पत्रकारिता क्लव गठन भएको हो ।
जसको उपाध्यक्षमा संगिता कामी, कोषाध्यक्षमा सरस्वती आचार्य रहेका छन् । यस्तै जुम्ला कै कान्छो बाल बाटिका रेडियो कार्यक्रमका प्रस्तोता रवि खड्का सचिवमा चयन भएका छन् । क्लवले आगामी दिनमा विद्यालयमा भित्र पत्रिका प्रकाशन, सरसफाई कार्यक्रम र अतिरिक्त क्रियाकलाप आयोजना गर्ने अध्यक्ष जगदिश चौलागाईले बताए ।
।