बिन्दु कुवँरलाई सहयोग रकम हस्तान्तरण

नेपालगन्ज २२ बैशाख÷महिला विकास अधिकृत बिन्दु कुवँरलाई उपचारको लागि बिन्दु कुँवर उपचार सहयोगार्थ समितिले ५ लाख ५४ हजार ४३६ रकम सहयोग हस्तान्तरण गरेको छ । बिन्दु कुँवर उपचार सहयोगार्थ समितिका सहसंयोजक नमस्कार शाहले सामाजिक सन्जाल मार्फत सहयोगको अपिल गरेको जानकारी दिनुभयो र सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो ।


नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणा तथा बिन्दु कुँवर उपचार सहयोगार्थ समितिका सदस्यहरुले सहयोग रकम हस्तान्तरण गरेका थिए । सोही अवशरमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले आफनो १ महिनाको तलब भत्ता बराबरको ५० हजार रकमपनि हस्तान्तरण गर्नु भएको छ । बिन्दु कुँवर उपचार सहयोगार्थ समितिका सदस्य साहिल अन्सारीले बाल तथा महिला अधिकारको लडाईमा सदैव लागिरहेको बिन्दु कुवँरलाई बचाउन आग्रह समेत गरे ।

प्रकाशित मिति : २०७६ बैशाख २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस