
सागर परियार,
अन्तरसरकारी वित्त हस्तान्तरण ऐन, २०७४ बमोजिक सबै स्थानीय तहले असार १० भित्र बजेट ल्याउने नियम अनुसार जुम्लामा स्थानी तहले पनि सोमबार आर्थिक २०६६÷७७ का नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । गत वर्ष असार ९ मै आठ वटै स्थानीय तहले एकैसाथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
तर यो वर्ष भने, गुठिचौर, पातारासी र तातोपानी मात्रै सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । जस अनुसार शिक्षा स्वास्थ्य, सडक पर्यटनलाई प्रथामिकता दिदै जुम्लाका तातोपानी, गुठिचौर र पातारासी भने आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको स्थानीय तहले जानकारी दिएका छन् । जसमा तातोपानी गाउँपालिकाले कृषि, युवा स्वरोजगार पर्यटनमा प्रथामिकता दिदै, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । एक घर एक उद्यमी निर्माण गरी बेरोजगारी अन्त्य गर्ने, युवालाई निब्याजी ऋण दिने नीति लाई निरन्तरता दिदै तातोपानी गाउँपालिकाले अध्यक्ष नवराज न्यौपानले नीति तथा कार्यक्रम सार्वजानिक गरेका हुन् ।
भने ग्रामिण पर्यटन प्रर्बद्धनका लागि तातोपानीका ८ वटै वडामा एक वडा एक होमस्टे कार्यक्रम संचालन गर्ने कार्यक्रम विशेष प्रथामिकता दिइएको छ । भने,आगामी आवको बजेट असार १० गते प्रस्तुत गरिने छ । यता, पातारासी गाउँपालिको भने, जिल्लाकै नमुना नीति तथा कार्यक्रम ल्याएको छ । मातृ तथा शिशु मृत्युदर घटाउनका लागि स्वास्थ्य संस्थामा बच्चा जन्मीने बच्चाको नाममा बैंकमा खाता खोलि ३ हजार रुपैया जम्मा गरिने नीतिलाई प्रथामिकता दिइएको छ । भूगोल अनुसार गाउँमै सुत्केरी भएर जोखिम मोल्दै आएका महिलाको राहातका लागि यो कार्यक्रमलाई प्रथामिकता दिदै, गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले नीनि तथा कार्यक्रम प्रस्तुत गरे । पातारासीले पर्यटन, कृषि र शिक्षालाई प्रथामिता दिएको छ ।
भने शिक्षामा विशेष अनुदान विपन्नका छोराछोरीलाई उच्च शिक्षाका लागि शिक्षामा सिकाई अनुदान कार्यक्रम मार्फत ५० प्रतिशत अनुदान सहयोग गर्ने नीति लिएको छ । भने, गुठिचौर गाउँपालिकाका अध्यक्ष हरि बहादुर भण्डारीले डिजिटल पालिका र पुर्वाधार निर्माणलाई प्रथामिकता दिदै, नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । एउटा व्यक्ति एक पटक कुनै पनि योजनाको उपभोक्ता समितिमा बसीसकेपछि पुन नदोहोरिने नीतिलाई समेत प्रथामिकता दिइएको छ ।
युवा स्वरोजगार, विपन्न समुदायको उत्थान, सामाजिक सुरक्षाको सुरनिश्चिता लगायतका विषयमा विशेष जोड दिएका छन् । अन्य चन्दननाथ नगरपालिका तिला, गाउँपालिका, हिमा, सिंजा र कनकासुन्दरीले १० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छ । भने बजेट असार १५ सम्म ल्याउने छन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐन, २०७४ बमोजिक जुम्लाका तीन गाउँपालिकाले मात्रै, बजेट नीति तथा कार्यक्रम ल्याएका छन् ।