सार्वजानिक सुनुवाई नहुँदा, बहुमतले चन्दननाथको नगरसभा स्थगीत

कर्णाली पोष्ट,
अन्तरसरकारी वित्त हस्तान्तरण ऐन, २०७४ बमोजिम सबै स्थानीय तहले असार १० भित्र बजेट ल्याई सक्नुपर्ने नियम छ । त्यो भन्दा अगााडी नीति तथा कार्यक्रम कार्यक्रम ल्याउनु पर्छ । असार १० भित्रै आगामी वर्षको लागि आर्थिक ऐन सर्वसहमतीले पारित हुनु पर्दछ । तर कर्णालीकै पहिलो चन्दननाथ नगरपालिकाले भने तोकिएको मितिमा बजेट ल्याउन सकेको छैन् ।

असार १० मा बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भनिएको थियो । तर चालु आर्थिक वर्षको सार्वजानिक सुनुवाई हुनुपर्ने भन्दै कार्यापालिका सदस्यहरुको बहुमतले नगरसभा बहिष्कार गरिएको थियो । अन्य स्थानीय तहले पाँचौ गाउँसभाबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् । तर चन्दननाथ नगरपालिकाले चालु आर्थिक वर्षको आर्थिक, भौतिक तथा सामाजिक लगायत विभिन्न विषयमा सार्वजानिक सुनुवाई नगरेको भन्दै नगर सभा हुन सकेको छैन् ।

असार १० गतेकै दिन उपमेयर अप्सरादेवि महतलेको नेतृत्वमा कार्यपालिका सदस्यहरुको बहुमतले सार्वजानिक सुनुवाईको माग गर्दै, नगरसभा बहिस्कार गरे । सार्वजानिक सुनुवाई ऐन २०५५ र नियमावली २०५६ अनुसार सरकारी तथा गैरसरकारी निकायले अनिवार्य रुपमा सार्वजानिक सुनुवाई गर्नुपर्ने प्राबधान छ । तर तर नगरपालिकाले आव २०७४÷७५ को सार्वजानिक तथा आव २०७५÷७६ को समिक्षा गर्नु पर्ने माग सहित पाँचदिनका लागि नगरसभा रोकिएको थियो ।

निरन्तर छलफल गरी असार १५ मा नगरसभा हुने भनिएपनि सार्वजानिक सुनुवाईका लागि प्रक्रिया पुरा नहुँदा आईतबार अर्काे सूचना नभए सम्मका लागि नगरसभा स्थगीत गरिएको छ । मेयर कान्तिका सेजुवालले तत्तकालीन लेखाअधिकृत तिल बहादुर डाँगी सरुवा भएको र खर्च विवरण नभेटिएकोले सार्वजानिक सुनुवाई हुन नसकेको बताईन । लेखाअधिकृत डाँगीलाई फोन गर्दा, नउठाउने गरेका छन् ।

सडक, निर्माण, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विभिन्न शिर्षकमा भएको खर्च विवरण जुट्न नसक्दा सार्वजानिक सुनुवाई हुन नसकेको मेयर सेजुवालको भनाई छ । असार १० गतेको नगरसभामा असार १५ मा हुन्छ भनेपनि खर्चका सत्य तथ्य श्रेस्ता नभेटिकोले अन्नतः नगरसभा स्थगीत गर्नु परेको सूचना सुनाएकी छन् । कहा कति खर्च भएको भन्ने बारे कुनै विवरण नभेटिएपछि नगरसभा स्थगीत हुन पुगेको हो ।

हाल भर्खर आएका लेखापाल पुर्ण ठकुरीका अनुसार बरबुझारथ नगरी गएकोले कुनै पनि खर्च विवरण आफुलाई थाहा नभएको बताउँछन् । सार्वजानिक सुनुवाई नभए सम्म नगरसभा चल्न नदिने कार्यपालिका सदस्यहरुको चेतावनीले चन्दननाथको नगरसभा अनिश्चिकालिन रुपमा स्थगीत भएको छ ।

चालु आर्थिक वर्षमा भएका विभिन्न गतिविधिको स्पष्ट रुपमा सार्वजानिक सुनुवाई नभएको भन्दै कार्यपालिका सदस्यहरु आक्रोस व्यक्त गरिरहेका छन् । सरकारले तोकेको भन्दा पछि आएको बजेटलाई सरकारले मान्यता नदिने पिर जनप्रतिनिधि चिन्तामा छन् । तर कार्यपालिका सदस्यको बहुमतले भने, सार्वजानिक सुनुवाई नभए नगरसभा चल्न नदिने दाबी गरेका छन् ।

प्रकाशित मिति : २०७६ असार १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस