
जुम्ला । स्थानीय तह कर्मचारी युनियनको प्रथम राष्ट्रिय भेलाबाट जुम्लाका मिमराज खत्री कर्णाली प्रदेश बरिष्ठ उपाअध्यक्षमा चयन भएका छन् । राष्ट्रिय भेला तथा कार्यशाला गोष्ठीले कर्णाली प्रदेश स्तरीय १३ सदस्यीय स्थानीय तह कर्मचारी युनियन गठन गरेको हो । बरिष्ठ उपाअध्यक्षमा चयन भएका मिमराज खत्री, चन्दननाथ नगरपालिका ९ जुम्लाका स्थायीबासी हुन् ।
समितिको अध्यक्षमा किरण ओली, खुला उपाध्यक्षमा मिमराज खत्री, महिला उपाध्यक्षमा पदमा कुमारी शाही, सचिबमा नारायण भट्टराई लगायत १३ सदस्यीय कार्य समिति गठन भएको छ ।
स्थानीय तह कर्मचारी युनियनको प्रथम राष्ट्रिय भेला तथा कार्यशाला गोष्ठी उद्घाटन नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । भने कार्यक्रमको समापन महामन्त्री पुर्णबहादुर खड्काले गरेका हुन् ।
को को छन् कार्य समितिमा ?
प्रकाशित मिति : २०७६ असार १६ गते सोमवार