तातोपानीका अध्यक्ष न्यौपानेको अभिव्यक्ति प्रति महासंघका आपत्ति

जुम्ला ः तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेको अभिव्यक्ति प्रति पत्रकार महासंघ शाखा जुम्लाले ध्यानाकर्षण भएको जनाएको छ । भदौ ३ गते जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजनामा उद्योग वाणिज्य संघ जुम्लाको सभालहलमा आयोजित सरकारी कार्यालयहरुको नागरिक सुनुवाई कार्यक्रममा जुम्ला तातोपानी गाउँपालिका अध्यक्ष न्यौपानेले पत्रकारिता पेशा माथि आँच आउने गरी अभिव्यक्ति दिएपछि एक ध्यानाकर्षण पत्र जारी गरी महासंघले गम्भिर ध्यानकर्षण भएको जनाएको हो ।

कुनै एक जनाले बोलेको कुरामा पत्रकारले सूचना नदिए गलत समाचार लेखिदिन्छु भन्दै धम्की दिने गरेको खुल्लासा गर्दै आम पत्रकारको पेशामा आँच आउने अभिव्यक्ति दिएको हुँदा सो विषयमा नेपाल पत्रकार महासंघ जुम्लाको गम्भिर ध्यानकर्षण भएको महासंघका अध्यक्ष बरमबहादुर महतद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, आगामी दिनमा कसैले यस्तो समाचार र व्यवहार गर्ने पत्रकार किटान समेत गरेर महासंघ, प्रेस काउन्सिल जस्ता निकायमा उजुरी गर्न समेत अपिल गरिएको छ ।

जारी ध्यानाकर्षण पत्रमा भनिएको छ स्थानीय सरकारले गरेको कामका विषयमा जुम्लाका पत्रकारले सकरात्मक समाचार प्रकाशन तथा प्रशारण गरेको सर्ववितिदै छ । स्थानीय सरकारसँग पत्रकार सकरात्मक भएर समन्वय तथा सहकार्य गर्दे आएका छन् । गाउँपालिकामा पत्रकार महासंघको शाखा स्थापानाको विषय उठाए पनि महासंघको विधान अनुसार शाखा विस्तार गर्न नसकिने व्यहोरा समेत ध्यानाकर्षण पत्र मार्फत जानकारी गरिएको छ ।

आफ्नो कामको पारदर्शितामा नेपाल पत्रकार महासंघ शाखा जुम्ला प्रतिवद्ध रहेको र सरकारका नियमित सरकारी कार्यालयका कार्यक्रम जस्तै महासंघमा कार्यक्रम नभएकाले त्रैमासिक समिक्षा हुन नसकेको ध्यानाकर्षण पत्रमा भनिएको छ । आर्थिक वर्ष २०७५।०७६ को जिल्ला स्थित स्थानीय तह, सरकारी कार्यालयको सार्वजनिक सुनूवाई गर्न र खर्च विवरण प्रकाशन र प्रशारण गर्न नेपाल पत्रकार महासंघ जुम्ला अपिल गरेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस