बाध्यताले कालापहाड पुगेका ४० हजार नेपाली कामदारका पिडा, मलम लगाउदै एकता समाज

सागर परियार,भारत हिमाचल प्रदेशबाट । 

जुम्ला तातोपानी गाउँपालिका २ का हर्केश दमाई भारतको हिमाचल आउन थालेको करिब डेड दशक भैईसक्यो । उनी हिमाचल प्रदेशको किनौर जिल्लाको एक भाडा पसलमा काम गर्छन् । त्यहि कमाईबाट उनको घर व्यवहार चलेको छ । साथै जुम्लाका रतन तिरुवा पनि भारतमा काम गर्न थालेको एक दशक बित्यो ।

घरमा रोजगारीको कुनै उपाय लागेन उनले भने, धेरै कमाउ भनेर अन्य देश जान आर्थिक अबस्थाले पुगेन अन्तिम विकल्पका रुपमा भारतमा आएर काम गर्न शुरु गरेको सुनाए । साथै रुकुम पश्चिमका नारायण विष्ट पनि हिमाचलमा भारी बोक्ने काम गर्छन् । उनले भने भारत आएको ९ वर्ष बित्यो, स्थानीय सरकार आएपछि बीचमम घर गए । तर रोजगारीको कुनै मावल राम्रो नदेखेपछि फेरि फर्किएको उनको भनाई छ ।
साथै जुम्लाका बल बहादुर दमाई पनि (पल्लीदारी) भारी बोक्छन् ।

तीन छोरा श्रीमतीको लालन पालनका लागि भारतकै कमाईलेनै धानेको बताए । त्यसका साथै, जुम्लाका डल्लो दमाई पनि हिचामलमा भारी बोकेरै नेपालको घरव्यवहार चलाईरहेका छन् । हिउदको चिसो र वर्खाको घाम नभनी भारी बोकेर पैसा पठाउने गरेको सुनाए । भारतकै कमाईले कतिले नेपालमा घर बनाएका छन् । छोराछोरीलाई उच्च शिक्षा दिएका छन् ।

बहादुर नारायण, हर्केशको परिवार मात्र हैन, हिमाचलमा आएर कमाई गरि करिब ४० हजार नेपालीको घरव्यवहार चलेको पाइएको छ । नेपालीहरुको सबै भन्दा बढि पहुँच भएको भारतको हिमाचल प्रदेशमा करिब ४० हजार नेपाली कामदार रहेको तथ्यांक छ । प्रतिव्यक्ति बाषिक ३ देखि ४ लाख कमाउछन् ।

विशेषगरी कर्णालीका नागरिकको रोजगार गन्तव्य नै हिमाचल प्रदेश रहेको छ । भारतको हिमाचल किनौर मुल प्रवाह अखिल भारत, नेपाली एकता समाज कार्यबाहक अध्यक्ष मिथुन सिंहले भने, हिमाचलमा नेपाली कामको संख्या बढ्दै गएपछि नेपाली एकता समाज गठन गरेका छौ । हाल सम्मको तथ्यांक अनुसार हिमाचलमा मात्रै ४० हजार नेपाली कामदार छन् ।

जो दैनिक भारी बोक्ने देखि होटल,घरमा काम गर्ने गर्छन् । कति त सरकारी जागिरे समेत भएका छन् । ४० हजार कामदार मध्य करिब २५ हजार पुरुष, बाकी महिला तथा बालबालिका रहेका छन् । गाउँठाउमा उपयुत्त रोजगारी नहुदा भारत आउनु बाध्यता हो । तर भारतका अन्य ठाउँ भन्दा हिमाचल प्रदेश नेपालीका लागि निकै सहज रोजगार गन्तव्य भएको नेपालीहरको भनाई छ । प्रतिव्यत्ति गणना गर्दा ४० हजार पुगेपनि एकै परिवारमा ५ र ६ जना पनि काम गर्न हिमाचल पुगेका छ्न् । पारिवारिक संख्या गणना गर्दा दुई लाख बढि हुन सक्ने नेपाली एकता समाजको अनुमान छ ।

नेपाली एकता समाजले वकालत गर्दै
आफ्नो देशमा रोजगारी नभएकै कारण विपन्न नेपालीरु कमाउनका लागि भारत पस्ने गर्छन् । तर धेरै नेपाली कामदार काम गरेर ठगिने गरेका छन् । भने धम्काउने थर्काउने समेत गर्छन् । नेपाली कामदारहरुको हक हितका लागि किनौरमा रहेको मुल प्रवाह अखिल भारत, नेपाली एकता समाज नगर समितिले एकता समाजले नेपाली कामदार कतै ठगिएमा, कतै कुटपिट भएमा वकालत गर्ने गरेको छ ।

समितिका काबअध्यक्ष मिथुन सिंह भने, भारत सरकार संग मुद्धा लडेर लामो समय हिमाचलमा काम गरेका नेपाली सरकारी जागिर हुनुपर्ने, काम गर्ने शिलशिलामा मर्दा ४ लाख राहत पाउनु पर्ने लगायत विषयमा मुद्धा जितेर नेपालीलाई सुसवदा उपलब्ध गराउदै आएको बताए । भने काम गरे ठगिएका तर पैसा नपाएका दर्जनौ नेपालीका उदार गरिएको समेत उल्लेख गरे ।

नेपाली श्याम तामाङको १२ लाख, सिन्दुपाल्चोक घर भएका विर बहादुरको २ लाख ५० हजार सिन्दुली घर भएका शुभास लामाको १ लाख ५० हजार, लगायत धेरै ठगिएका पैसा नेपाली एकता समाजले असुली गरेको छ । भने हाल सम्म हिमाचल भरी करिब १२ हजार नेपाली सरकारी जागिरे पनि छन् । समाजका कोषाध्यक्ष नरी परियारका अनुसार भारत ४७ जना लाबारिस्से नेपाली शबलाई जलाइयो छ ।

भन दर्जनौ नेपालीलाई भाडा गरी नेपाल पठाइएको छ । हिमाचलमा हजारौको संख्यामा नेपाली बढ्न थालेपछि हिमाचल सरकार संग समन्वय गरि कामको सिलिशलामा मृत्यु भएपछि ४ लाख अनिवार्य पाउने व्यवस्था गरेको समेत उल्लेख गरे ।  हाल सम्म करिब १५ जनाले मृत्यु भएवापतको प्रति व्यत्ति ४ लाख राहत पाईसकेका छन ।

भारतको हिमाचल प्रदेशको किनौर, रामपुर, नारखाण्ड, सोलन, शिमला, मनालै, काँगडा लगायतका १० जिल्लामा गरी हिमाचलमा मात्रै करिब ४० हजार नेपाली कामदार रहेको तथ्यांक छ । भारतका २७ प्रदेश मध्य एक हिमाचलमा मात्रै ४० हजार नेपाली कामदार छन् भने, अन्य प्रदेशमा कति होला । नेपालको रोजगारीको दुरावस्थाको पराकाष्ट नै हो ।

खुल्ला सिमानाले राहत
हिमाचलमा काम राम्रो पाईन्छ, मान्छे सहज हुन्छन्, कमाई राम्रो हुन्छ भनेर नेपालीहरूको रोजगारका लागि आकर्षण केन्द्र हिमाचल बनेको हो । तर हिमाचल प्रदेशमा मात्र नभई, नेपाली कामको खोजीमा भारतको सबै क्षेत्रमा पुगेका छन् । त्यसको सहज माध्यम भनेकै खुल्ला सिमाना हो ।
यदि भारतमा पनि भिसा सिस्टम हुन्थ्यो भने नेपाली यसरी आउन्थेनन् । रुपैडियाबाट एकदिनमा करिब १६ वटा बस छुट्छन् । एक बसमा ६० देखि ७० जना यात्रु हुन्छन् । सरदरमा एकदिनमा रुपैडिया नाकाबाट ८ सय देखि एक हजार नेपाली काम खोज्न भारत जाने आउने गरेका छन् । नेपाली कामदार बल बहादुर दमाईले भने, भारतमा खुल्ला सिमाना हुन्थेन भने मेरो परिवार बिचल्लीमा पथ्र्यो ।

अन्य खाडी मुलुक जाने पैसा थिएन्, घरबाट ६र७ हजार ऋण मागे भारतका जुनसुकै ठाउामा पुग्न सकिन्छ । भारतको खुल्ला सिमाना आफु जस्ता धेरै नेपालीलाई राहत गरेको उनको भनाई छ। भारतमा नेपाली कामदार बढ्नको मुख्य कारण भनकै खुल्ला सिमाना भएको बुझिएको छ । सजिलै जुनसुकै समयमा पनि आउन जान सक्ने भएकाले नेपालीका लागि भारत सहज रोजगार गन्तव्य भनेको नेपाली एकता समाजका सदस्य प्रकाश परियारले बताए । उनका अनुसार दैनिक रुपैयाडिया नाकाबाट आउने सयौ नेपालीले आफ्नै ठाउँमा केही गरौ भन्ने सोचको विकास स्थानीय सरकारले गर्न आबश्यक छ ।

युवा रोजगारका क्षेत्रमा छुटाएको बजेटलाई प्रभावकारी कार्यान्वयन गरि भारत लगायत अन्य देशमा जाने नेपालीलाई रोक्न आबश्यक छ । विदेशबाट आएर उधम व्यवसाय गर्नेलाइ अनुदानमा दिने,निरव्याजी ऋण दिने, युवामैत्री नीति तथा बजेट बनाउन अति आबश्यक छ ।

नेपालमा कृषि,पर्यटन उधोग, जडिबुटिमा रोजगारी प्रयाप्त सम्भावना हुदा पनि आबश्यक लगानी तथा सहि नीति नहुदा रोजगारीका हजारौ नेपाली घरछोड्न बाध्य भएका छन् । दैनिक हजारको संख्यामा देशबाट पलायन हुने जनशत्तिलाई गाउँमै रोजगारी दिनका लागि नितिगत व्यवस्था गर्न सरकार गम्भीर हुन आबश्यक देखिन्छ ।

प्रकाशित मिति : २०७६ पुष २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस