जुम्ला । एशियन लाईफ इन्स्योरेन्स क.लिको मिति ः २०७६÷१०÷२९ गते जुम्ला जिल्लाको सिंजा क्षेत्र नराकोेटमा कम्पनीको ९७ औं सिंजा उपशाखा सिजां गाउँपालीकाको उपाध्यक्ष श्री जन्ममाया खत्री र कम्पनीको जुम्ला शाखाको शाखा प्रबन्धक श्री बीर बहादुर भण्डारीले संयुक्त रुपमा ब्यानर द्धारा समुद्घाटन गरिएको छ ।
उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथी सिजां गाउँपालीकाको उपाध्यक्ष श्री जन्ममाया खत्री सभापती,जुम्ला शाखाको शाखा प्रबन्धक श्री बीर बहादुर भण्डारी,बिशेश अतिथी जुम्ला जिल्लाको इलाका प्रशासन प्रमुख श्री मधुशंकर उपाध्याय कम्पनीको हेडक्वार्टर क्लब मेम्बर श्री भगवती थापा बि.एम,अभिकर्ता बिमीत लगायत स्थानिय बुद्धीजिबी,समाजसेबी पत्रकार,ब्यपारी,बैक तथा बित्तिय संस्थाको कार्यलय प्रमुख,सुरक्षा कर्मीहरुकाबिचमा कार्यक्रम सम्पन्न भएको थियो ।
सिंजा उपशाखा जुम्ला जिल्लाकोे जुम्ला शाखा पछि दोस्रो उपशाखाको रुममा र जिवन बीमा क्षेत्रमा काम गर्ने १९ वटा जिवन बीमा कम्पनीहरुमध्ये एशियन लाईफले खोलेको यस शाखा सिजाँ क्षेत्रमै पहिलो हो ।
कार्यक्रमको प्रमुख अतिथी सिजां गाउँपालीकाको उपाध्यक्ष श्री जन्ममाया खत्रीले जीवन बीमा प्रत्येक नागरिकहरुलाई बचत र जोखिमले महत्वपुर्ण रहेकोले सबै नागरिकले जीवन बीमा गर्न जरुरी रहेको बताए । जुम्ला शाखाको शाखा प्रबन्धक श्री बीर बहादुर भण्डारीले कर्णालीको नागरिकहरुलाई सहज र सरल रुपमा घरमै बसी बचत र जोखिमको लाागी बीमा सेवा प्रदान गर्न कम्पनीले उपशाखा खोलिएको उल्लेख गरे ।
कम्पनीको ३४ शाखा र ९७ उपशाखा गरी नेपालभर १३१ स्थानबाट बीमा सेवा प्रदान गरिरहेको छ । २०७६ पौष मसान्त सम्ममा जीवन बीमाकोषमा १९ अर्ब ३१ करोड भन्दा माथी रहेको छ र कम्पनीको चुक्ता पुँजी २ अर्ब १ कारोड रहेको छ ।