महिला दिवसको अवसरमा विरामीलाई फलफुल


जुम्ला : ८ मार्च अन्तरािष्ट्रय महिला दिवसको अवसरमा यहाँको चन्दननाथ नगरपालिकाले बिरामीलाई फलफुल वितरण गरेको छ ।
नगरपालिकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बिरामी, गर्भवति तथा सुत्केरीलाई फलफुल बितरण गरेको हो । नगरपालिकाका मेयर कान्तिका सेजुवालले बिरामीलाई महिला दिवसको अवसरमा फलफुल उपलब्ध गराएकी हुन् ।

फलफुल वितरण कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल शिक्षण अस्पतलका शिक्षाध्यक्ष डा. निरेश थापा, प्रशासकिय अधिकृत द्धोन्द्धबहादुर शाही सहितको टोली पनि थियो ।
अस्पतालका ८५ जना बिरामीलाई फलफुल बितरण गरिएको चन्दननाथ नगरपालिकाकाले जनाएको छ । कोरोना भाईरसको रोगथामका लागि कुनै ठूलो कार्यक्रम गर्न नसकिएको भन्दै सामान्यतया विरामीलाई फलफुल बितरण कार्यक्रम गरिएको मेयर सेजुवालले बताइन् । उनले अस्पतालमै १ सय १० औ महिला दिवसको अवसरमा शुभकामना दिएन् । कोरोना भाईरसको रोगथामका लागि सरकारले भेला तथा कार्यक्रम नगर्न भनेपछि अहिले भेला तथा कार्यक्रम समेत कम हुन थालेका छन् ।

चन्दननाथ नगरबालिकाले कोरोना संक्रमणबाट बच्नका लागि सचेतना गर्दै निशुल्क माक्स पनि वितरण गरेको जनस्वास्थ्य अधिकृत क्षेत्रबहादुर महतले बताए । उनले भने यसका लक्षण घाटी र टाउको दुख्ने, सय डिग्री भन्दामाथि ज्वरो आउने, सास फेर्न समस्या हुने र रुघाखोकी लाग्ने रहेका छन् भने बच्ने उपाय राम्रोसँग साबुन पानीले हात धुने, घरमा रहदा तथा बाहिर रहदा माक्सको प्रयोग गर्ने, पशुपक्षीबाट टाढा बस्ने, मासु अण्डा राम्रोसँग पकाएर खाने, रुघाखोकी र ज्वरो आएको व्यक्तिसँग नजिक नबस्ने र ज्वरो आउने घाटी दुख्ने भएमा तुरुन्त अस्पताल जाने गर्नु पर्दछ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस