कार्यविधिको अन्यौलता ः कारबाहिको अधिकार नहुँदा उत्खनन् रोकिएन्

सागर परियार जुम्ला ।
स्थानीय सरकार संचालन ऐन २०७४ ले आन्तरिक स्रोत व्यवस्थापन तथा अनुगमन निरिक्षणको जिम्मा जिल्ला समन्वय समितिलाई दिएको छ । नदीजन्य बस्त (ढुंगा,गिट्ी, बालुवा) खानी,उद्योग,प्राकृति स्रोत व्यवस्थापन तथा परिचालन गर्ने जिम्मेवारी जिससलाई छ । सोहि अनुसार अवैध उत्खनन् भईरहेको समचार र स्थानीयको गुनासाका आधारमा जिससले धेरै पटक अनुमगन समेत गर्यो ।

अनुगमनकै क्रममा अवैध उत्खनन् गरेको भेटाउँदा पनि कारबाहि गर्न सकेन् । अनुमगन मात्रै गर्ने कारबाहि नगर्ने भन्ने खालको गुनासो आएपछि जिससले कारबाहि गर्न नसक्नुको कारण, कार्यविधिका अन्यौलता र अप्ठयाराहरुलाई पत्रकारहरु माझ सार्वजानिक गरेको छ ।
विहिबार जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले भने, पहिलो समस्या कर्णालीमा आफ्नै कार्यविधि नबन्नु हो । दोस्रो संघिय सरकारको कार्यविधि अनुसार अघि बढ्दा अनुमगन मात्रै गर्ने तर कारबाहिको अधिकार नदिएकाले अवैध उत्खनन् रोक्न चुनौती देखिएको छ ।

उनले भने, जिल्ला समन्वय समितिको फागुन २३ को निर्णय अनुसार अवैध उत्खनन्मा पुर्ण रुपमा रोक लगाउन, अनुमगन संगै कारबाहि गर्न, अधिकार सहित निर्देशन माग गर्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको जानकारी दिए ।
स्थानीय सरकारको आन्तरिक आम्दानीको स्रोत भनेकै खानीजन्य बस्तु हुन । वाताबरणिय प्रभाव मुल्यांकन बिनै उत्खननु निकासी भईरहँदा पनि नियमन गरेको छैन् । स्थानीय सरकार संचालन ऐनमै सबै स्थानीयतहले अनिवार्य वाताबरणिय प्रभाव मुल्यांकन (आईईइ) गर्ने व्यवस्था छ ।
तर पटक पटक (आईईइ) गर्न निर्देशन दिँदा पनि जुम्लाका चन्दननाथ नगरपालिका,तिला,गुठिचौर,सिंजा, कनकासुन्दरी गाउँपालिका गरी पाँच स्थानीयतहले निर्देशन अटेरी गरेका छन् । साथै पातारासी, हिमा र तातोपानी गाउँपालिकाले मात्रै प्रारम्भीक (आईईइ) गरेको भेटिएको छ ।

भने, हिमा गाउँपालिकाले मात्रै नदीजन्य बस्तु उत्खनन, संकलन विक्रीका लागी ठेक्का सम्झौता गरेको पाइएको छ । माथिबाट निर्देशन नआए सम्म अवैध उत्खनन गर्नेलाई कारबाहि जरिवाना केहि पनि गर्न नपाईने जिसस उपप्रमुख कामा बुढाको भनाई छ ।
यसअघि व्यवहारिक रुपमा कारबाहि गर्ने भनिएपनि नियमन हुन नक्सदा अधिकार मागेका छौ, अनुमगन संगै जरिवाना कारबाहिको अधिकार दिए चाडै नियमन गर्ने उनको दाबी छ । अहिले कारबाहि नहुँदा अवैध उत्खनन् धमाधम भईरहेको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस