वन जंगलविहिन समुदायलाई ग्यास चुलो वितरण


जुम्ला : जुम्लाको हिमा गाउँपालिका – ४ खेतु गाउँको स्थानीय बासीको प्रयाप्त वन जंगल छैन । यहाँका स्थानीय विहान बेलुका खाना पकाउन वन जंगलबाट ल्याएर दाउरा नै प्रयोग गर्ने हुन् । तर खेतु गाउँका २५ घरधुरीको पहिलो देखि चरी चरण गर्दै आएको वन जंगल छैन ।
अन्य छिमेकी गाउँको वन जंगलबाट दाउरा ल्याउन दिदैनन स्थानीय मुन शाहीले भने हामीलाई विहान बेलुका खाना पकाउन निकै समस्या हुने गरेको थियो । यसै समस्यालाई मध्यनजर गर्दै हामी सवै स्थानीयको सल्लाहमा वडापालिकामा बैकल्पीक इन्धनको रुपमा प्रयोग हुने ग्यास चुलोको माग गरेको उनले बताए ।


वडापालिकामा माग गरेपछि वडापालिकाले गाउँपालिकामा माग पेश गरेपछि स्थानीय बासीको समाधान गर्नका लागि ग्यास चुलो वितरण गरिएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । उनले भने हामीले पनि प्रत्यक्ष रुपमा खेतु गाउँबासीको वनजंगल नै छैन ।
उनीहरुलाई विहान बेलुका खाना पकाउन निकै समस्या भएकोले केही सहयोग होस भनेर ग्यास चुलो वितरण गरिएको स्थानीय नेकपा युवा नेता अमरराज शाहीले बताए । खेतु गाउँका २५ घरधुरीलाई एक एक सेट ग्यास चुलो वितरण गरिएको उनले बताए ।

प्रकाशित मिति : २०७६ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस