हिमाको पुर्वतयारीः संक्रमित भेटिए निशुल्क उपचार देखि गाउँमा खाद्यन्न पुराउने

सागर परियार  जुम्ला । 
यहाँको हिमा गाउँपालिकाले कोरोना भाईरस(कोभिड–१९) संग जुद्न पुर्वतयारीमा जुटिरहेको छ । जिल्लामा अन्य स्थानीयतहले भन्दा नमुनाका रुपमा कोरोनाको प्रतिकार्य गरिरहेको हिमाले फेरी नयाँ योजना तयार गरेको छ ।

विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) बाट कोहि संक्रमित भएको खण्डमा गाउँपालिकाले निशुल्क उपचारदेखि आबश्यकता मध्यनजर गरी गाउँगाउँमा खाद्यन्न पुराउने तयारी भएको हिमा गाउँपालिका अध्यक्ष रज बहादुर शाहिले बताउनु भयो । उहाँका अनुसार नाका बन्दी र गाउँका विपन्न नागरिकको आबश्यकतालाई मध्यनजर गरी गाउँमा खाद्यन्न पुराईने छ ।

वडापालिका संग समन्वय गरेर चामल,नुन तेल घरघरमा पुराउने योजना रहेको अध्इक्ष शाहिले जानकारी दिनुभयो । भने, हाल पालिकाको क्वारेन्टाईन्मा रहेका ४६ जना लगायत अन्य कोहि कोरोना संक्रमित भेटिए सम्पुर्ण उपचार निशुल्क रुपमा गाउँपालिकाले गर्ने प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढाले बताउनु भयो ।

लकडाउनको अवधि लम्बीएको खण्डमा र गाउँका विपन्न समुदायको अबस्था हेरी वडाध्यक्ष मार्फत ७ वटै वडामा खाद्यन्न पुराईने पुर्वतयारी भएको छ । हाल क्वारेन्टाईन्मा हरेको करिब ४६ जनाको लागि आबश्यक खाद्यन्न २० बोरा चामल, दाल, नुन तेल सबै पठाइएको बुढाले जानकारीदिनुभयो । हिमा गाउँपालिकामा प्रबेश गर्ने जोसुकैलाई अनिवार्य क्वारेन्टाईन्मा बस्ने व्यवस्था गरिएको छ ।

हिमा गाउँपालिकाले हाल ३० शैयाको क्वारेन्टाईन निर्माण गरी संचालनमा ल्याएको छ । कोरोना संक्रमणबाट सजग गराउन हिमा गाउँपालिकाको सिंगो टिम दिनरात नभनी घरदैलो अभियनामा समेत जुटेको छ । जुम्लामा लकडाउनको पाचौ दिनलाई अझै कडाईका साथ कार्यान्वयन गर्न प्रहरी गाउँगाउँमा परिचालन गरिएको प्रमुुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनु भयो । लकडाउनको अवज्ञा गरे कारबाहि गर्न तथा नियन्त्रणमा लिन समेत प्रशासनले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस