तातोपानीमा ५० बेडको क्वारेन्टाईन तयार, २ जना आजै क्वारेन्टाईनमा

सागर परियार जुम्ला । 
तातोपानी गाउँपालिकाले ५० बेडको क्वारेन्टाईन तयार गरेको छ । भारत लगायत अन्यदेशबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाईन्मा राख्ने निर्णय अनुसार दुर्गा मावि लाम्रामा ५० बेडको क्वारेन्टाईन तयार भएको पालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार आजै दुईजनालाई क्वारेन्टाईनमा राखिएको छ ।

भने, पालिकाभरीका प्रत्यक वडामा तत्तकाल १० बेडको क्वारेन्टाईन बनाउन निर्देशन दिएको छ । केहि प्राविधिक समस्याले क्वारेन्टाईन निर्माण ढिला भएपनि व्यवस्थित रुपमा क्वारेन्टाईन रहेका विरामीलाई खाना नास्ताको व्यवस्था गरिएको अध्यक्ष न्यौपानेको भनाई छ ।

पालिकाका लेखा अधिकृत मिलन बुढ्थापाका अनुसार ५० वटै बेडमा पानीको बोतल,ब्रोस कोल्गेट,साबुन, एकजोर चप्पलको व्यवस्था गरिएको छ । भारतबाट आएका चेकजाँच नगरेकाहरुलाई खोजेर भएपनि अनिवार्य क्वारेन्टाईन्मा राख्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस