
जुम्ला ः विश्वभर फौलिदो कोरोना भाइरसले (कोभिड–१९) नेपाल लगायत हिमाली जिल्ला जुम्ला संकटमा विज्रीरहेको अवस्थामा सत्तपक्ष र अरु सानादल पूर्णरुपमा “लकडाउन” बसी रहेको अवस्थामा प्रतिपक्ष नेपाली काँग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले आफ्नो सक्रियता बढाएका छन् ।
प्रतिपक्ष नेपाली काँग्रेस जुम्लाका सभापति र अन्य अगुवा नेता गुमनाममा रहेको अवस्थामा युवा नेता शाहीले भने आफ्नो जन्मभुमि हिमा गाउँपालिकामा आम नागरिकलाई कोरोना भाइरस संक्रमणबाट बचाउन जुटेका हुन् ।
राजनीतिक दलका नेता कार्यकर्ता र सामाजिक संघ संस्थाका अगुवाले सामाजिक संजालमा कोभिड–१९ का विषयमा होहल्ला गरिरहेको बेला उनी भने चामलका कट्टा बोकेर क्वारेन्टाइनमा पुग्ने गरेका छन् ।
युवा नेता शाही भन्छन् देश संकटमा परेको बेला थोरै भएपनि सहयोग गर्न खोजिएको हो । उनले भने अरुले सस्तो लोकप्रियताका लागि गरेको भने होलान तर सवैको थोरै थोरै सहयोगले ठुलो सहयोग हुने हो । यसै मान्यतालाई आत्मसाथ गरी आफु कोभिड–१९ बाट आम नागरिकलाई कसरी बचाउन सकिन्छ भन्ने अभियानमा जुटेको उनले बताए ।
हिमा गाउँपालिकामा रहेका चारवटा क्वारेन्टाइन स्थल राहदेब माबि मोफ्ला, कालिका माबि बड्की, भानु माबि पातरखोला, र भैरब आधारभुत विद्यालय जोगीबाडामा रहेका भारतबाट आएका करिब ४० जनालाई नेपाली युवा नेता शाहीले दैनिक उपभोग्य बस्तु उपलव्ध गराएको हुन् ।
क्वारेन्टाइनमा बसेका ब्यक्तिलाई युवा नेता शाहीले चामल, दाल, नुन, तेल, चिनी, चियापत्ति, साबुन, माष्क लगायतका सामग्री क्वारेन्टाइन स्थलमै पुगेर हस्तान्तरण गरिएको बताए । उनले भने ६३ हजार ४ सय रकम बराबरको दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो ।
राहत सामग्री दिँदै शाहीले क्वारेन्टाइन स्थलमा रहेका ब्यक्तिहरुलाई दैनिक साबुन पानीले हात धुन, घरभित्रै बस्न, आत्मबल बढाउन, मास्कको प्रयोग गरी सुरक्षित रहन पनि अनुरोध गरिएको उनको भनाइ छ । गएको स्थानीय तहको निर्वाचन ०७४ मा तत्कालीन माओवादीबाट पराजित काँग्रेसका पालिका अध्यक्ष उम्मेदवार शाहीले यस अघि पनि हिमा गाउँपालिकाको विभिन्न स्थानमा सर्वसाधारणलाई करिब एक हजार थान मास्क बितरण गरेका थिए ।