तातोपानी गाउँपालिकाले कोरोना रोकथामका लागि गरेका १५ वटा प्रयासहरु केके हुन पढौ ?

सागर परियार ।
जुम्लाका आठै स्थानीयतहले कोरोना भाईरसको रोकथामका लागि विभिन्न काम गरिरहेका छन् । गाउँगाउँमा गएर मास्क, साबुन वितरण देखि कोरोनबारे सचेतना फैलाउने काम आठै स्थानीयतहले गरिरहेका छन् । विभिन्न कठिनाईका बीच पनि माहामारीको प्रतिकार्यका लागि पालिकाको पुरै टिक जुटेको लेखाअधिकृत मिलन बुढ्थापा बताउँछन् ।

सोहि अनुसार तातोपानी गाउँपालिकाले ताम्ती क्षेत्रमा गाउँमा डुलिरहेका बाहिरबाट आएका यूवालाई २० बेडको क्वारेन्टाईन् निर्माण गरी बसालेर आएको तातोपानीका सूचना अधिकारी ऋषिकेश उपाध्याले बताए । अध्यक्ष नवराज न्यौपाने सहितको उपस्थितीमा क्वारेन्टाईन निर्माण, युवलाई क्वारेन्टाईनमा बसाल्ने, गाउँमा सचेतना फैलाउने समेतको काम भएको उपाध्याले जानकारी दिए । उनका अनुसार कोरोना रोकथामका लागि तातोपानल्ेि गरेका प्रयासहरु बुदागत रुपमा प्रस्तुत गरिएको छ ।

१, वडा नं १ देखि ८ सम्म गापाका जनप्रतिनिधिहरु र कर्मचारीहरुबाट माईकद्वारा (कोभिड–१९) कोरोना भाइरस सम्बन्धि जनचेतना फैलाउने

२, गापाका अध्यक्ष ,उपाध्यक्ष र वडा अध्यक्ष र गापाका कर्मचारीहरुबाट माक्स वितरण

३, तातोपानी गापाद्वारा गापास्तरिय ५० बेडको क्वारेन्टाईन दुर्गा मा वि लाम्रामा स्थापित भइ सुचारु

४, तातोपानी गापाका विभिन्न वडाले १० बेडको वडा क्वारेन्टाइनको व्यवस्था गरी भारत लगायत अन्य देशबाट आएका नागरिक लाई क्वारेन्टाइनमा राख्न सुरु

५, तातोपानी गापाको वडा नं ७ मा गापास्तरिय २० बेडको क्वारेन्टाईन लामा बगर स्थापित भइ सुचारु

६, गापाका अध्यक्ष ,उपाध्यक्ष र वडा अध्यक्ष र गापाका कर्मचारीबाट सबै वडाका प्रत्येक परिवारलाई अनिवार्य रुपमा हात धुनको लागि साबुन वितरण

७, तातोपानी गाउँपालिकामा भारत लगायत अन्य देशबाट आउने व्यक्तिहरुको लगत राख्ने काम आजका दिन सम्म जारी जसमा आजका दिन सम्म ६५ जना सम्पर्कमा आएका

८, तातोपानी गापाका क्वारेन्टाइनमा जसमा दुर्गा मा। विमा ५० वेडमा २ जना ताम्ति लामाबगर २०बेडमा १० जना र टोप्लामा १० बेडमा ६ जना भारत लगायत अन्य देशबाट आएका व्यक्तिलाई राखी निगरानी सुरु

९, तातोपानी गापाका जनतालाइ स्वाथ्य सम्बन्धि समस्या भइहालेमा तेस्को तत्काल रेस्क्यु गरी अस्पताल वा क्वारेन्टाइनसम्म लिनका लागि दुई ओटा भाडाका जिप जिल्ला प्रशासनको पास लिई संचालनमा

१०, तातोपानी गापाका जनप्रतिनिधिहरु र कर्मचारीहरु एक भइ सक्रीय रुपमा कोराना रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह आजका दिन सम्ममा जारी

प्रकाशित मिति : २०७६ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस