
मानदत्त रावल, जुम्ला : जुम्लाको तिला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलबभत्ताबाट १० लाख रुपैयाँको विपत् कोष स्थापना गर्ने निर्णय गरिएको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना भाइरसबाट जोगिन सबै जनप्रतिनिधि र कर्मचारीको श्रेणीअनुसारको पाउने तलब, भत्ताबाट विपत् कोषमा रकम जम्मा गरिने गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने देश संकटमा गुज्रीरहेको अवस्थामा सवैले आफ्नो तहबाट व्यक्तिगत रुपमा भएपनि सहयोग गर्नुपर्ने अवस्थाले आएकोले गाउँपालिकाले यस्तो निर्णय गरेका हो ।
गाउँ कार्यपालिका सदस्य ४७ जना, शिक्षक एक सय २० जना र स्वास्थ्यकर्मी र अरु कर्मचारी गरी ७२ जनाको एक÷एक दिनको तलबभत्ता विपद् कोष स्थापना कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताइन् । उनले भनिन् पालिकाको विपद् कोषका लागि पाँच लाख रकम रहेको र बाँकी पाँच लाख रकम जनप्रतिनिधि र कर्मचारीको तलबभत्ताबाट जम्मा गरी १० लाख रकमको विपद् कोष बनाएको हो ।
त्यसैगरी गाउँपालिकाले मास्क, सेनिटाइजर लगायतको औषधि खरिद गरेर वडाध्यक्ष मार्फत हरेक नागरिकको घरदैलोमा पु¥याउन थालिएको प्रवत्ता सन्तविर रावतले बताए । उनले भने ९ वडाका वडाध्यक्षलाई सामग्री हस्तान्तर गरिएको छ । गाउँपालिका भित्र रहेका २ हजार ७ सय ७१ घर धुरीमा सावुन माक्स स्यानिटाइजर वितरण कार्य थालिएको छ ।
भारत तथा खाडीमुलुकबाट आउनेहरुका लागि अनिवार्य निगरानी केन्द्रमा राख्ने गरि विभिन्न ४ स्थानमा गरेर ५३ वटा निगरानी केन्द्र स्थापना गरेको छ । अहिले गाउँगाउँमा मास्क र साबुन पु¥याइसकेको छ ।
अतिविपन्नलाई खाद्यान्न दिने निर्णय
जुम्लाको तिला गाउँपालिकाले अतिविपन्न घरपरिवारलाई दैनिक उपभोग्य बस्तु खाद्यान्न उपलव्ध गराउने भएको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले लकडाउनका कारण अतिविपन्न वर्गले ज्याला मजदुरी गरी छाक टार्न समस्या भएका घर परिवारलाई खाद्यान्न उपलव्ध गराउने निर्णय गरेको हो ।
गाउँपालिकाले वडाध्यक्ष मार्फत अतिविपन्न व्यक्तिहरुको लगत संकलन गर्ने र विपद् व्यवस्थापन कार्यविधि अनुसार फाराम भरी आएका व्यक्तिलाई दैनिक उपभोग्य बस्तु उपलव्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष योगीले बताए । उनले भने गाउँपालिका भरीका अतिविपन्न व्यक्ति जसले ज्यालामदजुरी गरेर जिविकोपार्जन गरेका छन् । अहिले लक डाउनका कारण उनीहरुलाई खाना खान समस्या भएको छ । उनीहरुका लागि मात्र गाउँपालिकाले विपन्न राहत योजना बनाएको उनले बताए ।
तिला गाउँपालिका – १ का जिते दमाई अतिविपन्न व्यक्ति हुन् वडाध्यक्ष परबहादुर रावतले भने अहिले उनको घरपरिवारमा निकै समस्या छ । उनका ४ जना बालबच्चा छन् । दैनिक ज्याला मजदुरी खाने खाने परिवार हो । लकडाउनका कारण ज्याला मजदुरी गर्न पाएका छैन वडाध्यक्ष रावतले भने जिविकोपार्जनमा समस्या भएकाले राहत उपलव्ध गराउन आवश्यक रहेको छ ।
त्यसै गरी २ नम्बर वडाकी असोजी परियार, ३ नम्बर वडाका धनकृष्ण जैसी, कुमारो सार्की, सुर्य शाहीलाई खाद्यान्न उपलव्ध गराउने योजना बनाएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताइन् । तिला गाउँपालिका – ५ का लोकबहादुर शाही, कृष्ण शाहीलाई खाद्यान्न उपलव्ध गराइने जनाएको छ । ६ नम्बर वडाका आइते रावत, ९ नम्बर वडाका मुन बहादुर बुढालगायतका घरपरिवारलाई राहत गराउने निर्णय भएको उपाध्यक्ष बुढाले बताइन् ।
गाउँपालिकाले अतिविपन्नलाई तत्कालि प्रतिघर परिवार ३० केजी चामल, ३ केजी दाल, २ केजी नुन, २ प्याकेट तेल र ४ चक्की साबुन उपलव्ध गराउने निर्णय गरेको प्रबत्ता सन्तविर रावतले बताए ।
कोभिड– १९ रोकथाम अभियान
जुम्लाको तिला गाउँपालिका उपध्यक्ष बुढाले गाउँपालिका भित्रका स्थानीय गाउँबस्तीमा पुगेर कोभिड–१९ रोकथाम अभियान थालेकी छन् । कोरोना संक्रमण फैलिनबाट जोगाउनका लागि हरेक गाउँबस्तीमा पुगेर माइकिङ गरी स्थानीयबासीलाई सचेतीकरण गर्दै आएकी हुन् ।
उपाध्यक्ष बुढाले भनिन् यतिबेला कोरोनाको त्रासबाट त्रसित नभएर अहिले जनचेतनाकै लागि स्वास्थ्यकर्मी सुरक्षाकर्मी सहितको टोली गाउँपालिका भरीका सबै बस्तीमा पुगेर स्थानीयलाई कसरी सुरक्षित बनाउने भन्ने उद्देश्यले अभियानमा जुटेका छौँ ।
स्थानीय तहको निर्वाचनमा नागरिकको घरदैलोमा जसरी भोट माग्न पुगेकी थिइन् त्यसरी नै लकडाउनका कारण नागरिकको दैनिकीमा परेको असरका बारेमा र कोरोनाबाट बच्ने उपायका बारेमा सचेतना दिन स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहित घरघरमा पुगेको उपाध्यक्ष बुढाले बताइन् ।
कोरोना भाइरसबाट आफुमात्रै सुरक्षित रहेर हुदैँन् आफ्ना नागरिकलाई पनि सुरक्षित बनाउने हाम्रो दायित्व भएको हो ‘हामी सुरक्षित मास्क स्यानिटाइजर लगायत सुरक्षित सामग्रीको कसरी प्रयोग गर्ने भन्ने बिषयमा जानकारी दिएको हो ।
उनले भनिन् यहाँका ‘नागरिकलाई पनि मास्कको प्रयोग गर्न घर भित्रै सुरक्षित बस्न पोषणयूक्त खानेकुरा खाने जस्ता सचेतनाका कार्यक्रम गर्दै आएका छौँ ।