हिमाका १७८५ यूवा सय दिनको रोजगारका लागि सूचिकृत

जुम्ला ।
हिमा गाउँपालिका जुम्ला मा आ।ब २०७६्७७ को लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार व्यवस्थापन सुचना प्रणालिमा १७८५ सूचिकृत भएका छन । बेरोजगार दर्ताका लागि निबेदन दिएका २४६० मध्ये आफनो पूर्ण विवरण दिएका १७८५ जना सूचिकृत भएका हुन ।

सूचिकृत भएका बेरोजगार व्यक्ति लाई स्वचालित प्रणलिमा भएको प्राथमिकता को आधारमा क्रमश रोजगार कार्यक्रममा खटाइने रोजगार संयोजक दिपेन्द्र पौडेलले बताए । यस आर्थिक बर्षमा हिमा गाउँपालिकालाई सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३२ लाख सर्शत अनुदानको रुपमा बजेट पठाएको छ ।

सूचिकृत भएका बेरोजगार व्यक्ति लाई न्युनतम १०० दिन रोजगार आयोजनामा लगाउनुपर्ने प्राबधान रहेको छ । यदि न्युनतम १०० दिन पनि रोजगार दिन नसकेमा अर्को आर्थिक बर्षमा निश्चित मापदण्ड पूरा गरि सरकारले निर्बाह भत्ता दिने गरि २०७५ फागुन १ गते देखि प्रधानमन्त्री रोजगार कार्यक्रम अघि ल्याएको हो ।

गत आर्थिक बर्षमा १३० जनालाई १५ दिन रोजगार दिईएको थियो, यस आर्थिक बर्षमा १०० दिन रोजगार दिने भनियता पनि विश्वव्यापि कोरोना भाइरसले गर्दा कार्यक्रम अघि बढन नसकेको पौडेलले उल्लेख गरे ।

प्रकाशित मिति : २०७६ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस