तिलाका तीन जना क्वारेन्टाइनमा

विजय रावत, जुम्ला ः तिला गाउँपालिकाले तीन जनालाई क्वारेन्टाइमा राखेको छ । सो गाउँपालिका वडा नं ४ का एक जना र वडा नं ७ का २ जनालाई सेती मावि नुवाकोटको विद्यालयको क्वारेन्टाइनमा राखेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर शाहीले बताए ।
अमिन पढाईको सिलसिलामा उनीहरु काठमाडौँ पुगेका थियो, मुलुकभर लकडाउन भएपछि उनीहरु कोलपुरमा १४ दिन क्वारेन्टाइमा बसेर घर फर्केपछि गाउँपालिकाले पुन थप ७ दिन राखेर २१ दिन सम्मका क्वारेन्टाइमा राखेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।
बाहिरबाट आएकाहरुमा कोरोनाको सङ्क्रमण हुने सम्भावित खतरालाई मध्यनजर गर्दै ती युवालाई क्वारेन्टाइनमा राखिएको अध्यक्ष योगीले बताए । तिला गाउँपालिकाले ५३ बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस