म्याद नाघेको नुनको विषयमा प्रशासनले जवाफ माग्यो


मानदत्त रावल, जुम्ला ः जिल्ला प्रशासन कार्यालय जुम्लाले म्याद नाघेको आयोडिनयूक्त नून वितरण भएको विषयमा जिल्ला प्रशासन कार्यालयले साल्टटे«डिङ कर्पाेरेशन लिमिटेड डिपो कार्यालय सिंजा, जुम्लालाई लिखित जवाफ दिन आदेश गरेको छ । म्याद नाघेको नुनमा आयोडिनको गुणस्तरको अवस्थासहित सत्य तथ्य लिखित जवाफ दिन प्रशासनले आदेश गरेको हो ।
विश्वभर फैलिदो कोरोना भाइरस(कोभिड–१९) त्रासमा देशमा राज्यले लकडाउन भएपछि दैनिक उपभोग्य बस्तु राहत वितरण गर्ने क्रममा हिमा गाउँपालिकाले म्याद नाघेको नून वितरण भएको प्रशासनमा उजुरी परेपछि तत्काल म्याद नाघेको नून वितरणमा प्रशासनले रोक लगाएको छ ।
म्याद नाघेको नून वितरण भएको मौलिक र लिखित उजुरी प्रशासनमा आएपछि सम्वन्धित बस्तु स्थितिको शुक्रबार अनुगमन गर्दा हिमा गाउँपालिका – १ का नरेन्द्र विक र बबरजंग शाहीको घरमा प्राप्त भएको नूनको उत्पादन मिति क्रमश सन् २०१६ र २०१७ भएको र सोही नूनको प्याकेटमा दुई बर्षसम्म नून प्रयोग गर्न बेश लेखिएको पाएइएको थियो ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भनिन् वितरण गरिएको म्याद नाघेको नूनले मानव स्वास्थ्य असर गर्छ या गर्दैन पत्र प्राप्त भएको मितिले तीन दिन भित्र नूनको गुणस्तर सत्य तथ्य आधिकारिक सुनिश्चित गरी लिखित जवाफ दिन साल्टटे«डिङ कर्पाेरेशन लिमिटेड डिपो कार्यालय सिंजा, जुम्लालाई आदेश गरिएको छ । वितरित नूनका कारणले सार्वजनिक शान्ति सुरक्षा खलल पु¥याउने सम्भावना देखिएकोले तत्कालिन नून वितरण गर्न रोक लगाएको उनले बताइन् ।
हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार राहत वितरण गर्ने क्रममा म्याद नाघेको नून भेटिएको हो । उनले भने स्थानीय प्रशासनले म्याद नाघेको नून वितरण कार्य तत्काल रोक्न भनेपछि अहिले वितरण गरिएको छैन ।

साल्टटे«डिङ कर्पाेरेशन लिमिटेड जुम्लाका प्रमुख खगेन्द्र मल्लका अनुसार नून प्लाष्टिकको प्याकेटमा हुने भएकोले आयोडिन उडेर जाने सम्भावना कम हुन्छ । गोदामा धेरै पुरानो नून हुने भएकाले मान्छेलाई चाहिने मात्र भन्दा पनि बढी आयोडिन राखिएको हुन्छ । म्याद नाघेको नूनमा आयोडिन भए नभएको विषयमा जानकारी पाउनका लागि ल्याव परीक्षण गर्ने तयारी भईरहेको उनले बताए । अहिले उक्त नून वितरण गर्न रोकेका छौँ उनले भने ।
हिमा गाउँपालिकाले लकडाउनको समयमा स्थानीय बासीलाई चामल र नून वितरण गर्ने क्रममा म्याद नाघेको नून वितरण भएपछि बड्की गाउँकी स्थानीय प्रतिभा शाहीले प्रशासनमा लिखित उजुरी समेत दिएको बताइन् ।

त्यसैगरी नेपाली काग्रेसका नेता लक्ष्मण शाहीले म्याद नाघेको नुन वितरण गरिएको समाचार र समाजिक सञ्जालमा भाइरल भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यस विषयमा स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय जुम्लालाई निश्पक्ष छानविन गरी कारवाहीको माग समेत गरिएको उनले बताए ।
जुम्लाका एक नगरपालिका र सात गाउँपालिकाले यहाँका स्थानीय विपन्न ज्याला मजदुरी गर्ने घरपरिवारलाई राहत स्वरुप चामल, दाल, नून, तेल दैनिक उपभोग्य बस्तु वितरण गर्दै आएका छन् । जिल्ला समन्वय समितिले यहाँका स्थानीय तहलाई एकद्धार प्रणालीमा राहत सामग्री वितरण गर्न ध्यानाकषर्ण गरिएको उपप्रमुख कार्मा बुढाले बताए ।

प्रकाशित मिति : २०७६ चैत्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस