जुम्लामा मानवअधिकार अवस्था अनुगमन समिति गठन


जुम्ला ः कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम र निन्त्रयणका लागि भईरहेको लकडाउकनको अवस्था अनुगमन तथा समस्या सहजीकरण गर्ने उद्देश्यले जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन गरिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग मार्फत केन्द्र, प्रदेश र जिल्लामा समिति बनाई काम गर्नुपर्ने निर्देशिका अनुसार जुम्लामा गैसस महासंघ जुम्लाका अध्यक्ष अमर रोकायाको संयोजकत्वमा ६ सदस्यीय एक समिति गठन गरिएको छ ।
समितिका सदस्यहरुमा नेपाल पत्रकार महासंघ जुम्लाबाट नेत्रबहादुर शाही, उच्च बारएशोसियसन जुम्लाका अध्यक्ष देवि सेजुवाल, राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका नरेन्द्र खत्री, इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावल र अपाङ्ग पुनस्थापन तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धिताल सदस्य रहने गरी एक समिति गठन गरिएको हो ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका प्रमुख रमेश कुमार थापाका अनुसार कोभिड १९ रोकथाम र नियत्रणका लागि भएको लकडाउनको अवस्थामा कार्यविधि नै बनाएर सो समयन्त्रका लागि निर्देशन भए अनुसार जिल्लामा पनि समिति गठन गरिएको छ ।
यसैगरी राष्ट्रिय मानव अधिकार आयोगले नेपाल पत्रकार महासंघ, नेपाल बारएशोसिएशन, गैसस महासंघ बीच भएको सहमति अनुसार मानवअधिकार अवस्थाको नेटवर्क अन्तरगत चार तहमा समिति गठन गरी काममा सहयोग पु¥याउन जानकारी सहित ७५ वटै जिल्ला प्रशासन कार्यालयमा पत्राचार समेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरी राष्ट्रिय मानव अधिकार आयोग प्रदेश, वारएशोसियशन , पत्रकार महासंघ र गैसस महासंघमा गरिएको वोधार्थ पत्रमा जानकारी गरिएको छ । आयोगले पठाएको पत्रमा उच्च स्तरीय समिति, केन्द्र, प्रदेश र जिल्ला स्तरीय चार वटा समिति गठन गरिएको जानकारी गरेको छ ।
चार तहमा समितिको समन्वय गर्नेगरी आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको संयोजकत्वमा उच्च स्तरीय मानव अधिकार अवस्था अनुगमन तथा समन्वय समिति, केन्द्रमा आयोगका निर्देशक यज्ञप्रसाद अधिकारीको संयोजकत्वको समिति, प्रदेशमा आयोगका प्रदेश प्रमुखको संयोजकत्वको समिति र जिल्लामा पनि समिति गठन गर्ने निर्णय भएको छ ।
समितिले जटिल परिस्थतिमा लड्न नेपाल सरकारबाट भईरहेका कामहरु, स्वास्थ्य उपचारको अवस्था, आम उपभोक्ताहरुको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तब्य पालन लगायत कोभिड १९ बाट प्रभावित अन्य अवस्थाको अनुगमन गरी स्थानीय स्तरमा देखिएका समस्याको सामाधान गर्ने काममा समितिलाई निर्देशिन गरिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस