जुम्ला ः युवा स्वयम्सेवी समुह जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रक्तदान कार्यक्रम गरेको छ । अस्पतालमा उपचार गर्न आउने विरामीलाई सधै रगतको अभाव हुने भएकाले युवाले सामुहिक रुपमा रक्तदान गरेका हुन् ।
युवा स्वयमसेवी बालकृष्ण बुढाका अनुसार अस्पतालमा उपचार गर्न आउने विरामीहरु सधै रगत अभाबले भौतारीने र विरामीको ज्यानै जोखिम हुने अवस्था देखिपछि सामुहिक रुपमा रक्तदान कार्यक्रम गरिएको हो । उनले भने यस्तो अभियान पटक पटक गर्नुपर्ने अवस्था छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षाध्यक्ष डा निरेश थापाका अनुसार जुम्लाका युवा स्वयमसेवीले सामुहिक रुपमा १६ प्वाइन्ट रगत डोनेट गरेका हुन् । आइतबार विहान एक रक्तदान कार्यक्रम नै गरेर रगत सहयोग गरिएको उनले बताए ।
यस्ता प्रकृतिको रक्तदान कार्यक्रम नहुने भएकाले पटक पटक अस्पतालमा रगत अभाव देखिने गरेको छ । बेला बेलामा यहाँका स्वास्थ्यकर्मीले रक्तदान गरेर कतिपय विरामीका पनि ज्यान बचाएका छन् । उनले भने रक्तदान नै जीवन दान हो । त्यसैगरी यहाँ रक्तदान (ब्लड बैंक)को रुपमा नेपाली सेनाले पनि सहयोग गर्दा आएको छ ।
युवा स्वयमसेवी समुहद्धारा जुम्ला अस्पतालमा रक्तदान
प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस