
सागर परियार ।
जुम्लामा एकैदिन ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णालीमै पहिलो सबैभन्दा बढी संख्याका रुपमा विहिबार जुम्लाका ५६ जनामा एकैसाथ कोरोना पृष्टी भएको हो । हिमा गाउँपालिकाका ५१ जना र नाग्म बजारका ५ जना गरी ५६ जनामा कोरोना संक्रमण भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिए ।
हिमा गाउँपालिकाका १ सय ३३ जनाको स्वाब संकलन गरिएकोमा गाउँपालिकाका कर्मचारी सहित ५१ जना र नाग्म बजारका ५ जना व्यापारी गरी ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हिमा गाउँपालिकाका १ देखि ७ नं. वडाका सबै बस्तीमा कोरोना संक्रमण फैलिसकेको समेत आशंका गरिएको छ ।
सहायक प्रजिअ देवकोटाले भने,“अघिल्लो पटक हिमामा ८६ जनाका नमुना संकलन गर्दा ८ जनामा पोजेटिभ देखिएको थियो । अहिले १ सय ३३ जनाको स्वाब परिक्षण गर्दा ५६ जनाको रिपोर्ट पोजेटिभ आउनुले समुदायमै कोरोना पुगेको समेत पृष्टी भएको छ ।”
स्वाब परिक्षण गराउने १ सय ३३ जनामा १० जना पत्रकार पनि रहेका थिए । पिसिआर परिक्षण गराएका १० जनै पत्रकारको रिर्पोट नेगेटिभ आएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताउनु भयो । उनका अनुसार “हिमा गाउँपालिकाको सबै बस्तीमा कोरोना पुगिसकेको छ । त्यहाँ नियन्त्रण तथा रोकथाम प्रभावकारी नभएको खण्डमा जिल्लानै जोखिममा पर्ने देखिन्छ ।”
अघिल्लो पटक हिमा गाउँपालिकाका ८ र नगरपालिकाका १ जनामा संक्रमण देखिएपछि कन्ट्यााक्ट ट्रेसिङ गर्दा हिमा गाउँपालिकाका कर्मचारीसहित ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
कर्णालीमै जुम्लामा यति धेरै संक्रमित देखिएको पहिलो पटक हो । जुम्लाको चन्दननाथ नगरपालिकासहित सातवटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । गत शुक्रबारदेखि गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मको लागि गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।
हिमा गाउँपालिकामा अझ धेरै संक्रमित बढ्न सक्ने खतरा छ । प्रजिअ थापाले भन्नुभयो, “अब हिमा गाउँपालिकामै आईसोलेसन बनाउने तयारी गर्नुपर्छ । यस विषयमा हिमाका अध्यक्ष रज बहादुर शाहि र प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढापनि सकारात्मक भएका छन् । आबश्यक जनशक्ति प्रतिष्ठानले व्यवस्थापन गर्ने र आईसोलेसन खर्च पालिकाले व्यहोर्ने हिमाका प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढाले जानकारी दिए ।
यता प्रशासनले कोरोना भाइरस नियन्त्रणका लागि उच्च सतर्कता अपनाइरहेको बताएको छ । कोरोना भाइरसको संक्रमण देखिएका मानिसहरुको यात्रा विवरण र उनीहरुसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरेर पिसिआरको दायरा बढाउने तयारी छ । जुम्लाका आठै स्थानीयतहलाई पुर्ण रुपमा सिल गरिएको छ । भने, थप संक्रमितको स्वास्थ्य अबस्था सामान्यनै रहेको छ । अहिले सम्म जुम्लामा कोरोना संक्रमतिको संख्या ७२ पुगेको छ ।