कृषि र पर्यटनको प्रचुर सम्भावना भएको पालिका मध्य जुम्लाको कनकासुनदरी गाउँपालिका पनि एक हो । संघ र प्रदेशको बजेट आए संगै स्थानीयतहहरु नीति कार्यक्रम तथा बजेट ल्याउने तयारीमा जुटेका छन् । कनकासुन्दरीले बस्तीस्तरका योजना छनौट देखि विषयगत कार्यालय संग छलफल अघि बढाएको छ । यसै बीच कनकासुन्दरी गाउँपालिकाको आगामी नीति कार्यक्रम तथा बजेटका प्रथामिकताका क्षेत्र केके हुन भनेर कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नैनसिंह बुढाको संक्षिप्त विचार समेटेका छौ ।
सागर परियार ।
नागरिकको आबश्यकता के छ ? कस्तो नीति चाहान्छन् भन्ने बारे बुझन् हामीले विभिन्न चरणमा स्थानीयहरुलाई आगामी आवको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सुझाब संकलन गर्ने तयारी गरेका छौ । केहि विज्ञ सरोकारवाला बजेट निर्माण बारे सुझाब पनि मागि सकेका छौ ।
कोरोनाबाट प्रभावित क्षेत्रको उत्थान तथा पुर्नस्थापना कसरी हुन्छ, कृषि उत्पादन बढाउने रोजगारी सृजना कसरी हुन्छ यसका लागि संघ प्रदेश संग नदोहोरिने कार्यक्रमहरु स्थानीय सरकारले कस्तो बजेट र नीति कार्यक्रम बनाउनु पर्छ भन्ने विषयमा घनिभुत छलफललाई अघि बढाएका छौ । महिला, बालबालिका, जेष्ठनागरिक दलित यूवा सबैका माग आबश्यकता समेटीने गरी स्रोत भ्याउने गरी नीति कार्यक्रम तथा बजेट बनाउने तयारीमा छौ ।
कर्णालीको भुगोल सुहाउँदो, आर्थिक विकास,रोजगारी सृजनाको प्रचुर सम्भावना भएको कृषि क्षेत्रलाई प्रथामिकता दिएर नीति र बजेट ल्याउनु पर्ने सबैको सुझाब छ । पुरानै नीति कार्यक्रम दोहोराउने प्रबृत्तिको अन्त्य गर्नुपर्ने आबश्यकता देखिएको छ । कनकासुनदरी गाउँपालिकामा हामीले कृषि क्षेत्रलाई पहिलो प्रथामिकता दिएर नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छौ ।
कनकासुन्दरीको सबैभन्दा भन्दा सम्भावना भएको क्षेत्र भनेकै कृषि भएको र हाल सयौ यूवा घर फर्किएको हुनाले उनिहरुलाई राहत पुग्ने खालको कृति नीति बनाएर बजेट ल्याउने सोचमा छौ ।
कनकासुन्दरी गाउँपालिका जिल्लाको कृषि सम्भावना भएको मध्य एक पालिका हो । यसपाली कनकासुन्दरीले ओखर खेती प्रर्बद्धन गर्दै कृषि रोजगार र स्वास्थ्यमा प्रथामिकता दिएर बजेट ल्याउने सोचमा छौ ।
संघ र प्रदेशको बजेट सिलिङ प्राप्त हुनाबित्तिकै हामी बजेट ल्याउने तयारीमा जुट्छौ । तर हाल प्रदेश सरकारले भने कोभिड महामारी संज जुदन् स्वास्थ्य क्षेत्रमा नमुना नीति प्रयाप्त बजेट ल्याउनु पर्छ ।
भने बेरोजगारीको समस्या पनि उत्तिकै रुपमा चुलिदै गएको हुनाले रोजगारमा पनि प्रदेशको बजेट केन्द्रित हुनु पर्छ । कर्णालीमा कृषिबाटै रोजगारी, आर्थिक आम्दानी हुने सम्भावना भएकोले कृषि क्षेत्रमा लगानी बढाउन सरकारले कन्जुसाई गर्नुहुदैन् ।
अहिले विषम् परिस्थितीलाई हेर्दा कृषि रोजगार र स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकता दिनु पर्छ । भने, सडक पूर्वाधार, खानेपानी शिक्षा सिचाईलाई पनि त्रमिक रुपमा संगसंगै अगाडी बढाउनु पर्छ । कृषि क्षेत्रमा लगानी बिना कर्णालीको विकास सम्भव छैन् ।
जहाँ सम्भावना त्यहा प्रयाप्त लगानी हुनै पर्छ । तर प्रदेश सरकार विगतदेखि कृषिमा लगानी गर्ने कुरामा चुक्दै आएको छ । अहिले कोरोना महामारीले पनि कृषि र रोजगारीमा लगाउन बढाउन अपरिहार्य भएकोले गर्दा स्पष्ट नीति सहित प्रयाप्त आगामी आबको बजेट कृषिमैत्रीनै आवस भन्ने नागरिकको चाहाना छ हामी सोहि अनुसार अघि बढेका छौ ।
नैनसिंह बुढा
प्रमुख प्रशासकिय अधिकत,कनकासुन्दरी गाउँपालिका,जम्ला