सिंजाकाे प्रथामिकता स्वास्थ्य,कृषि र पर्यटन:बार्षिक बजेट ३२ कराेड विनियाेजन

उमेश बुढा सिंजा ।
सिजा गाउँ पालिकाकाे अाठौ गाउँ सभामा स्वास्थ्य कृषि,पर्यटनलाई प्रथामिकता दिदै अार्थिक वर्ष २०७८/७९ काे नीति तथा कार्यक्रम तथा बजेट ल्याईएकाे छ ।

आफ्नो माटाे आफै चिनौ, आफ्नो गाउँ आफै बनाउ,पौरख गरौँ पौरखि बनौं भन्ने नाराका साथ नीति तथा कार्यक्रम ल्याईएकाे सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।

सिजा गाउँ पालिका भित्र पर्ने प्रत्येक बिधायालयहरुमा इन्टरनेट जाेड्ने,गाउँ गाउँमा विधुत पुर्‍याउने , एक घर एक खानेपानी का धारा पुर्‍याउने र स्थानीय भेषभुषा,भाषा,कला,सस्कृतिकाे जाेगेर्ना गर्ने लगायतका विषयवस्तुलाई प्रथामिकतामा राखेर सिंजा गाउँपालिकाकाे अागामी अावकाे नीति तथा कार्यक्रम प्रस्तुत गरिएकाे छ ।

त्यस्तै पुर्वाधार तर्फ नराकाेट बजार देखि झिम्मिकुना सडक ,भकारी देखि केदारनाथ सडक ,धितालिहि शनिगाउ जाेडुभाडगाउ सडकमा सौर्य उर्जा मार्फत सडक बत्ती जडानका लागि रु २ कराेड सम्म रकमकाे व्यवस्था गरिने सभा अध्यक्ष रावलले बताए ।

उनका अनुसार स्थानीय स्तरमा उत्पादन भयका फलफुल तथा अन्य नगदे बालिहरु र जडिबुटी सङकलन गरि सुरक्षित भण्डारणका लागि पालिकालाई समेट्ने गरि शीत भण्डार व्यवस्था मिलाइनेछ ।

कृषि तथा पशुपालन कृषकहरुकाे माग र आबश्यकता अनुसारका कार्यक्रम बनाईने छ। र कृषि यान्त्रिकरणका सामाग्री बितरणका कार्यक्रमलाई प्राथमिकतामा राखिएकाे छ ।

प्रस्तुत नीति तथा कार्यक्रमलाई सफल बनाउने खालकाे कार्यान्यनमुखी बजेट ल्याउने समेत अध्यक्ष रावलकाे भनाई छ ।

वार्षिक बजेट ३२ कराेड
सिंजा गाउँपालिकाले अागामी अावका लागि ३२ कराेड २९ लाख बजेट विनियाेजन गरेकाे छ । स्वास्थ्य,शिक्षा,कृषि,पर्यटन,पुर्वाधार,खानेपानी,सिचाई लगायतकाे विकासका लागि ३२ कराेड बढीकाे बजेट ल्याईएकाे छ ।

जसमा,संघीय सशर्त अनुदान चालू तर्फ १४ कराेड ५४ लाख ,संघीय सशर्त अनुदान पुजिगत तर्फ ४७ लाख ,संघीय समानिकरण अनुदान तर्फ रु ९ करोड ६१ लाख,संघीय विशेष अनुदान तर्फ १ करोड ६६ लाख,प्रदेश अन्य अनुदान चालू तर्फ २ लाख, राजश्व बाँडफाँड तर्फ ५ कराेड ८९ लाख ८५ हजार ,आन्तरिक आम्दानी तर्फ १० लाख गरेर जम्मा ३२ करोड २९ लाख बजेट आर्थिक वर्ष २०७८/०७९ काे लागि विनियाेन भएकाे छ ।

स्वास्थ्य क्षेत्रमा सबै स्वास्थ्य चौकीमा ल्याप स्थापना गर्ने वर्थिङसेन्टर नभयका स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टर स्थापना गर्ने ,सिजा आँखा उपचार केन्द्रलाई व्यवस्थापन गर्ने र स्वास्थ्यका लागि अध्यक्ष काेष स्थापना गर्ने सिजा गाउँ पालिकाकाे आर्थिक वर्ष २०७८/०७९ काे निति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस