हिमामा आगामी आवका लागि ३७ करोड विनियोजनःहिलोमुक्त वडादेखि शिक्षा प्रथामिकतामा

सागर परियार ।

जुम्लाको हिमा गाउँपालिकाले आगामी आव २०७८÷८९ का लागि ३७ करोड १८ लाख २८ हजारको अनुमानित बजेट सार्वजानिक गरेको छ । पालिकाको नवौ गाउँसभाबाट कृषि शिक्षा,रोजगार,लक्षित वर्गको उत्थान,हिलोमुक्त वडा निर्माण तथा जेष्ठनागरिकको सुरक्षाका विषयबस्तुलाई प्रथामिकता दिदै ३७ करोड बढीको बजेट ल्याएको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले बताउनु भयो ।

उहाँका अनुसार कुल अनुमानित बजेट मध्य पुगिजग तर्फ ९ करोड र सर्सत,निर्सत, विशेष अनुदान गरी चालु तर्फ २८ करोड विनियोजन गरिएको हो । नीति तथा कार्यक्रममा कृषि,शिक्षा, रोजगार पर्यटन लगायतका विभिन्न कार्यक्रमहरु कार्यान्वयनका लागि अनुमानीत बजेट विनियोज भएको छ ।

उपाध्यक्ष रोकायाले भन्नुभयो,“अहिले ३७ करोडको डल्लो बजेट मात्रै सार्वजानिक गरेका हौ । शिर्षक अनुसारको ब्रेक डाउन हुन अझै बाँकी छ । प्रथामिकताका विषयबस्तुमा बजेट घटबट हुने छ । भने, नीति कार्यक्रम तथा बजेट माथि गहन छलफल चलाईने भएको छ ।”

साथै हिमा गाउँपालिकाका अध्यक्ष रज बहादुर शाहिले शिक्षा,कृषि,सामाजिक सुरक्षा तथा रोजगारका विषयलाई प्रथामिकता दिदै आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।

पलिका भित्रका स्वयम सेवक शिक्षकहरुलाई विद्यार्थीको चाप अनुसार दरबन्दी मिलान गर्ने, आवासिय विद्यालय संचालनलाई निरन्तरता दिने,शिक्षा सिकाईमा जोड दिने,लक्षित वर्गको उत्थान गर्ने, रोजगारी सृजना गर्ने, महिला, बालबालिका जेष्ठ नागरिकको राहत कोष खडा गर्ने लगायतका नीति तथा कार्यक्रम ल्याएको अध्यक्ष रज बहादुर शाहिले बताउनुभयो ।

साथै, विशेष प्रथामिकताका साथ हिमाका केहि वडालाई आगामी आव भित्र हिलोमुक्त वडा निर्माण गर्ने नीतिलाई अघि सारिएको छ । गाउँका सबै गोरेटा बाटाहरुलाई आरसिसि गरेर हिलो मुक्त बनाईने अध्यक्ष शाहिको प्रतिबद्धता छ ।

व्यवसायीक कृषि गर्ने अनुदान,कोभिडले रोजगारी गुमाएकालाई रोजगारी,दुर्गम बस्तीमा सडक निर्माण गर्ने लगायतका नीति कार्यक्रमहरुलाई जोड दिइएको छ ।

 

प्रकाशित मिति : २०७८ असार १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस