चन्दननाथसँग आयोगले जवाफ माग्यो फोहोर व्यवस्थापन किन हुन सकेन ?

जुम्ला ः जुम्लास्थित राष्ट्यि मानवअधिकार आयोगले चन्दननाथ नगरपालिका स्थानीय सरकारसँग फोहोर व्यवस्थापन हुन नसकेको विषयमा जवाफ मागेको छ । आयोगको कार्यालयले नगरपालिकालाई पत्र पठाएर जवाफ मागेको हो ।
जुम्लाको मुकाम खलंगा अर्थात चन्दनाथ नगरपालिकाको सहरी क्षेत्रमा जताततै फोहोर देखिन थालेपछि के कति कारणले फोहोर व्यवस्थापन हुन नसकेको हो भन्दै लिखित जवाफ मागेको मानवअधिकार अधिकृत किरण बरामले बताए ।
उनले भने नेपालको संविधानको धारा ३० मा नागरिकले स्वच्छ तथा स्वस्थ्य वातारवणमा बाँच्न पाउने मौलिक हकको हनन् हुन पुगेको छ । आयोगले अनुगमन गर्दा नगरपालिकाको सहरी क्षेत्रमा अनुगमन गर्दा फोहोरमैलाको उचित व्यवस्थापन हुन नसकेको पाइएको हुदा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ (ग) को बुदाँ ११ र फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३ र दफा ४ को कार्यन्वयन सम्वन्धमा कार्यप्रगति यथाशिघ्र जानकारी गराउन पत्रचार गरिएको हो ।
मुकामको मुख्य बजार जिल्ला प्रशासन कार्यालयको लाइनमा अव्यवस्थित फोहोरमैलाको तस्वीर स्थानीय सार्वजनिक सञ्जालमा पोष्ट गर्दै स्थानीयले विरोध जनाएको थिए । चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले स्थानीय तहको निर्वाचन २०७४ मा स्माटसिटि, इलेक्ट्रीसिटि र कनेक्टीभिटिको मुख्य चुवानी नारा बनाएकी थियो ।
लामो समयदेखि स्थायी डम्पिङ साइडको व्यवस्थापन नभएर बजारमा जताततै फोहोर देखिन थालेपछि स्थानीय बासीले स्माटसिटि भन्दै फोहोरको थुप्रोको सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै व्यङगे गर्दै आएका छन् ।

 

प्रकाशित मिति : २०७८ असार १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस